पञ्चकन्यामाई हाइड्रोपावर आईपीओ निष्कासन गर्न पुग्यो बोर्डमा, ११ करोडको ल्याउने

    1423

    काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीले ११ करोड रुपैयाँ बराबरको ११ लाख कित्ता आईपीओ निष्कासन गर्न धितोपत्र बोर्डमा निवेदन दिएको छ ।

    कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो । यसअघि आयोजना प्रभावित स्थानीयबासिन्दालाई ११ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिसकेको छ । निष्कासन तथा बिक्रीप्रवन्धक सनराइज क्यापिटल लिमिटेड छ ।