चिलिमेलाई ४२० मेगावाटको बुढीगण्डकी प्रोकको लाइसेन्स

    1596
    काठमाडौ । सरकारले चिलिमे जलविद्युत कम्पनीलाई ४२० मेगावाटको बुढीगण्डकी प्रोक खोला जलविद्युत आयोजनाको सर्वे लाइसेन्स पाएको छ । सरकारले गोरखाको बिही,लोहो र प्रोकमा पर्ने आयोजनाको लाइसेन्स केही दिन दिएको कम्पनीले जनाएको छ ।
    सर्वे लाइसेन्स पाएकाले अब कम्पनीले आयोजनाको सम्भाव्यत्ता अध्ययन अगाडि बढाउने छ । कम्पनीले रसुवामा २२ मेगावाटको चिलिमे जलविद्युत केन्द्र सञ्चालन गरिरहेको छ ।
    कम्पनीको अगुवाईमा १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी,४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन गरी २७० मेगावाटका जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । आयोजनाहरुको लागत ३२ अर्ब रुपैया छ । १६ अर्ब इक्विटीबाट र १६ अर्ब कर्मचारी सञ्चय कोषबाट ऋण लिई लगानी जुटाइएको छ । सबै आयोजनामा नेपाल विद्युत प्राधिकरण, चिलिमे कम्पनी, स्थानीय तह, आयोजना प्रभावित, मुलुकभरका सर्वसाधारण लगायतको लगानी रहने छ ।
    बुढीगण्डकी प्रोक पनि अहिले निर्माण भइरहेको लगानी मोडलमै निर्माण गरिने कम्पनीले जनाएको छ । चिलिमेको वार्षिक आम्दानी एक अर्ब रुपैयाँभन्दा बढी छ । २७० मेगावाटका आयोजनाको निर्माण सकिएपछि चिमिेको आम्दानी झण्डै बढ्ने छ । जसले गर्दा बुढीगण्डकी प्रोकमा लगानी गर्न कम्पनीलाई कुनै समस्या हुँदैन । कम्पनीले आयोजनामा पर्याप्त लगानी गर्न सक्छ ।