प्रदेश–१ का १० जिल्लाबाट ५६० मेगावाट विद्युत्

    1786

    जलस्रोतको धनी प्रदेश नम्बर एकमा सदुपयोग हुन नसकेका खोला तथा नदीबाट विद्युत् उत्पादन कार्य तीव्र रूपमा अगाडि बढिरहेका छन् । प्रदेश एकका १० जिल्लाबाट करिब ५ सय ६० मेगावाट उत्पादन गर्नेगरी काम भइरहेको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र मोरङ जिल्लाका विभिन्न नदीबाट विद्युत् उत्पादनका लागि धमाधम निर्माण कार्य भइरहेका छन् ।

    विद्युत् प्राधिकरणको क्षेत्रीय निर्देशनालयका प्रमुख दिनेशराज द्विवेदीका अनुसार सोलुखम्बुमा निर्माणाधीन ७ वटा आयोजना छन् । जसबाट ३ सय १५ मेगावाट विद्युत् उत्पादन हुनेछ । पाँचथरमा ५ वटा आयोजनाबाट १ सय मेगावाट, इलाममा १० वटा आयोजनाबाट ८० मेगावाट, संखुवासभाबाट ७ वटा आयोजनाबाट ४५ मेगावाट, ताप्लेजुङमा १४ मेगावाट, खोटाङमा ७ मेगावाट, ओखलढुंगामा ७ मेगावाट, तेह्रथुममा ४ मेगावाट, भोजपुरमा २ मेगावाट र मोरङमा १ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन छन् । यी जिल्लामा जम्मा ३७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । जलस्रोतको धनी प्रदेश नम्बर एकमा सदुपयोग हुन नसकेका खोला तथा नदीबाट विद्युत् उत्पादन कार्य तीव्र रूपमा अगाडि बढिरहेका छन् । प्रदेश एकका १० जिल्लाबाट करिब ५ सय ६० मेगावाट उत्पादन गर्नेगरी काम भइरहेको छ । खोटाङ, सोलुखुम्बु, ओखलढुंगा, भोजपुर, संखुवासभा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम र मोरङ जिल्लाका विभिन्न नदीबाट विद्युत् उत्पादनका लागि धमाधम निर्माण कार्य भइरहेका छन् । विद्युत् प्राधिकरणको क्षेत्रीय निर्देशनालयका प्रमुख दिनेशराज द्विवेदीका अनुसार सोलुखम्बुमा निर्माणाधीन ७ वटा आयोजना छन् । जसबाट ३ सय १५ मेगावाट विद्युत् उत्पादन हुनेछ । पाँचथरमा ५ वटा आयोजनाबाट १ सय मेगावाट, इलाममा १० वटा आयोजनाबाट ८० मेगावाट, संखुवासभाबाट ७ वटा आयोजनाबाट ४५ मेगावाट, ताप्लेजुङमा १४ मेगावाट, खोटाङमा ७ मेगावाट, ओखलढुंगामा ७ मेगावाट, तेह्रथुममा ४ मेगावाट, भोजपुरमा २ मेगावाट र मोरङमा १ मेगावाट क्षमताको विद्युत् आयोजना निर्माणाधीन छन् । यी जिल्लामा जम्मा ३७ वटा जलविद्युत् आयोजना निर्माणाधीन छन् । नेपाल विद्युत् प्राधिकरण र निजी क्षेत्रको लगानीमा सञ्चालित ५ सय ६० मेगावाटभन्दा बढी क्षमताको जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको पाइएको छ । आयोजनाबाट ५ लाख ६० हजार किलोवाट अर्थात ५ सय ६० मेगावाट विद्युत् उत्पादन हुने प्राधिकरणले जनाएको छ । विद्युत् विकास विभागले मुलुकभर १ सय ६८ आयोजनासँग विद्युत् खरिदबिक्री सम्झौता गरी निर्माण अनुमति दिएकोमा प्रदेश नम्बर एकमा  ३७ वटा आयोजना सञ्चालनका लागि स्वीकृत भएका थिए । खोटाङमा दूधकोशी पावर कम्पनीले रावा खोलाबाट ६.५ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यसहित काम अगाडि बढाइरहेको छ । १ अर्ब १५ करोडको लागतमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको रावा खोला जलविद्युत् योजनाले खोटाङबाहेक छिमेकी जिल्ला ओखलढुङ्गा, उदयपुर, भोजपुर, सोलुखुम्बुलगायतका जिल्लामा विद्युत् खपत गर्न सकिने प्रबन्धनिर्देशक प्रेम लामाले बताए । सरकारसँग २०६९ सालमा विद्युत् खरिदबिक्री सम्झौता गरिएको योजनाबाट वार्षिक २० करोड ५० लाख ८० हजार आम्दानी गर्ने लक्ष्य लिइएको छ । खोटाङकै साप्सु कालिका हाइड्रोपावर कम्पनीले मेवा खोलाबाट एक मेगावाट विद्युत् उत्पादन गरिरहेको छ । ७० प्रतिशत बैंक लगानी तथा ३० प्रतिशत उपभोक्ताको शेयरबाट सञ्चालनमा ल्याईएको मेवाखोलाले हाल विद्युत् उत्पादन गरिरहेको छ  । यस्तै, सोलुखुम्बुबाट सोलु खोला दूधकोशी जलविद्युत् ८६ मेगावाट, नुम्बर हिमालय हाइड्रोपावर प्रालिले लिखु खोला ए जलविद्युत् २४.२ मेगावाट, माथिल्लो सोलु हाइड्रोइलेक्ट्रिक कम्पनीले सोलुखोलाबाट २३.५ मेगावाट तल्लो सोलुखोलाबाट ८२ मेगावाट बन्ने भएको जनाइएको छ  । हिमालय इनर्जी प्रालिले रामेछापसँग सीमा जोडिएको लिखु खोला प्रथम जलविद्युत्बाट ५१.४ मेगावाट, ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेडले लिखु खोला दोस्रो जलविद्युत्बाट ३३.४ मेगावाट र दोभान हाइड्रोपावर कम्पनीले सोलुखुम्बुको जुनबेशी खोलाबाट ५.२ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माणाधीन रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । अधिकांश निजी लगानीमा निर्माण हुन लागेका यी आयोजनामा वाणिज्य बैंकहरूले ऋण लगानी गरेका छन् । भोजपुरमा इष्टर्न हाइड्रोपावर कम्पनीले २.५ मेगावाट क्षमताको पिखुवाखोला जलविद्युत् आयोजना, ओखलढुंगामा मोलुङ हाइड्रोपावर कम्पनीले मोलुङखोला ७ मेगावाट बन्ने भएको छ । तेह्रथुम जिल्लामा रिलायवल हाइड्रोपावर कम्पनीले खोरुङ्गा खोलाबाट ४.८ मेगावाट विद्युत् उत्पादन गर्ने जनाइएको छ  ।  निर्माणाधीन विद्युत् आयोजना मध्ये पाँचथर पावर कम्पनी प्रालिको २ अर्ब २५ करोड रुपैयाँ लगानीमा १५ मेगावाट क्षमताको पाँचथरको हेवा खोला ‘ए’ जलविद्युत् आयोजना निर्माण कार्य सकिएको छ । पाँचथरमा अर्को माउन्टेन हाइड्रो नेपाल प्रालिद्वारा ३ अर्ब ६६ करोड लगानीमा २१ मेगावाटको तल्लो हेवा जलविद्युत् आयोेजना ९० प्रतिशत निर्माण कार्य भइसकेको  बताईएको छ  । काबेली इनर्जी लिमिटेडले पाँचथर र ताप्लेजुङको सिमाना काबेली खोला ए जलविद्युत् आयोजना ३७ मेगावाटको निर्माणको चरणमा रहेको प्राधिकरणले जनाएको छ  । काबेली बी–१ जलविद्युत् आयोजना २५ मेगावाट, खोरङगा खोला हाइड्रोपावर कम्पनीको ९ सय ९ किलोवाट क्षमताको विद्युत् निर्माणाको अन्तिम चरणमा पुगेको अरुण काबेली पावर लिमिटेडल अध्यक्ष गुरु मैनालीले बताएका छन् । इलाममा सानिमा हाइड्रोपावर प्रालिले माइखोलाबाट २२ मेगावाट, सोही कम्पनीको माइ क्यास्केड विद्युत् आयोजना ७ मेगावाट, माइभ्याली हाइड्रोपावर प्रा.लि.को माथिल्लो माइखोला विद्युत् आयोजना १० मेगावाट, सोही कम्पनीको माथिल्लो माइ खोला तेश्रो जलविद्युत् ५ मेगावाट, हिमाल दोलखा हाइड्रोपावर कम्पनीले माइखोला साना कस्केड आयोजना ८ मेगावाट, सोही कम्पनीले माइखोलाबाट ४.५ मेगावाट, इङगुवा हाइड्रोपावर कम्पनीले माथिल्लो इङगुवा खोलाबाट ९.७ मेगावाट, सन्भी इनर्जी प्रालिको जोगमाइ खोला ७.६ मेगावाट र पुवा खोला ए हाइड्रोपावर प्रालिले पुवा खोला–१ प्रथम ४ मेगावाट, जोशी हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको पुवामझुवा  माथिल्लो पुवा खोला प्रथम ३ मेगावाट विद्युत् आयोजना निर्माणाधीन रहेको छ । ताप्लेजुङमा शिवानी हाइड्रोपावर कम्पनीको ताप्लेजुङ फावा खोलाबाट ५ मेगावाट, संखुवासभामा माया खोला हाइड्रोपावर कम्पनीले माया खोलाबाट १५ मेगावाट, रिभरफल्स हाइड्रोपावर डेभ्लपमेन्ट प्रालिले तल्लो पिलुवा खोलाबाट ९.५ मेगावाट, दिपसभा हाइड्रोपावर प्रालिको सभाखोला ए ८ मेगावाट, वरुण हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको हेवाखोला जलविद्युत् आयोजना ४.५ मेगावाट, मेन्छियाम हाइड्रोपावर प्रालिको माथिल्लो पिलुवाखोला दोश्रो जलविद्युत् आयोजना ४.५ मेगावाट, दिव्यश्वरी हाइड्रोपावर प्रालिको सभाखोला जलविद्युत् ४ मेगावाट, अरुणभ्याली हाइड्रोपावर कम्पनीको पिलुवाखोला जलविद्युत् ३ मेगावाट र वानेश्वर हाइड्रोपावर प्रालिले संखुवासभाको तल्लो पिलुवाखोला ९ सय ९० किलोवाट उत्पादन हुने भएको छ । मोरङको माथिल्लो खदमखोलाबाट ९ सय ९० किलोवाट क्षमताको विद्युत् आयोजनाको निर्माण कार्य भइरहेको छ । उत्पादन भएका तथा उत्पादन हुन बााकी रहेका निर्माधीन जल विद्युत् आयोजनाहरूको विद्युत् केन्द्रीय प्रशारण लाइनमा जडान गरिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ  ।

    स्रोत:कारोबार