बुटवल पावर कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा

    1802

    यस बुटवल पावर कम्पनी लिमिटेडको २५औं वार्षिक साधारण सभा आज मिति २०७५ जेष्ठ ८ (तद्नुसार मे २२, २०१८) का दिन कार्की ब्याङक्वेट, बबरमहल, काठमाण्डौमा सञ्चालक समितिका अध्यक्ष श्री पद्म ज्योतिज्यूको सभापतित्वमा सम्पन्न भयो । सो सभाले संचालक समितिवाट पेश भएका सबै प्रस्तावहरु पारित ग¥यो । जस अनुसार सञ्चालक समितिको प्रतिवेदन, आ.ब. २०७३।७४ को लेखापरीक्षकको प्रतिवेदन सहितको वित्तिय विवरणहरु तथा आ.ब. २०७३।७४ को खुद मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने सम्बन्धी प्रस्तावहरु पारित भए । सो सभाले आ.ब. २०७४।७५ को लागि लेखापरीक्षण गर्नका लागि बीआरएस नेउपाने एण्ड कम्पनीलाई लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक समेत निर्धारण गरेको छ । साथै, नयाँ शेयर निष्काशन पश्चात् सर्वसाधारण शेयरधनीहरुको शेयरको अनुपात अनुसार सर्वसाधारण शेयरधनीको तर्फवाट दुई जना संचालकहरुको प्रतिनिधित्व हुने गरी कम्पनीको नियमावलीको नियम १६(क)(ख)(ग) संशोधन गर्ने विशेष प्रस्ताव समेत पारित भयो ।

    यस कम्पनीको आ.व. २०७३।०७४ को कार्यसंपादन राम्रो रह्यो । कम्पनीको खुद मुनाफा गत आ.व.को तुलतनामा ७.८% ले बृद्दि भयो । सहायक तथा सम्बद्ध कम्पनीहरुको कार्यसंपादन समेत सन्तोषजनक रहेको थियो । यस कम्पनीले आ.व. २०७३।०७४ देखी आफ्नो वित्तिय विवरणहरु नेपाल वित्तिय प्रतिवेदन मापदण्ड (Nepal Financial Reporting Standard) अनुसार तयार तथा प्रस्तुत गर्न प्रारम्भ गरेको छ । यसवाट शेयरधनीहरु तथा लगानीकर्ताहरुलाई कम्पनीको समग्र कार्यसंपादन तथा अवस्थाका बारेमा बुझ्न तथा मुल्यांकन गर्नका लागि थप मद्दत गर्नेछ भन्ने अपेक्षा गरिएको छ ।

    यस कम्पनीले हालै आफ्नो चिनिया साझेदारहरु (SCIG International Limited, Xingchend International Investment Co. Ltd and QYEC International co. Ltd.) संगको संयुक्त लगानीमा मनाङ जिल्ला स्थित मस्र्याङदी नदीमा ६०० मेगावाटको माथिल्लो मस्र्याङदी–२ जलविद्युत आयोजना तथा २८२ मेगावाटको मनाङ मस्र्याङदी जलविद्युत आयोजना विकासको लागि दुबै आयोजनाहरुका आयोजना कम्पनीका शेयरहरु खरिदको सम्झौताहरु सम्पन्न गरी स्वीकृतिको प्रक्रियामा रहेको छ । सो आयोजनाहरुको बीचमा कम्पनीलेनै अध्ययन गरेको १४० मेगावाटको लोअर मनाङ मस्र्याङदी आयोजना रहेको हुँदा उल्लेखित तीनै आयोजनाहरु नदी वेसिन आयोजनाको रुपमा नेपाली बजारलाई लक्षित गरी प्रचलित निर्देशिका वमोजिम क्षमता पुनरावलोकन गरी विकास गर्ने सोच तर्फ कार्य भईरहेको छ । त्यसैगरी इन्फ्राको एसियासंगको संयुक्त लगानीमा हाल ३७.६ मेगावाटको कावेली ए जलविद्युत आयोजना तथा स्थानीय साझेदारसंगको संयुक्त लगानीमा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण कार्य भईरहेको छ । सो दुबै आयोजनाहरुमा कम्पनीको मुख्य लगानी रहेको छ । मनाङ जिल्ला स्थित ८.५ मेगावाटको चिनोखोला साना जलविद्युत आयोजनाको वातावरणीय प्रभाव मुल्यांकनको कार्य भईरहेको छ । हालै कम्पनीले १६० मेगावाटको मुगु कर्णाली आयोजनाको सर्वेक्षण अनुमतिपत्र प्राप्त गरी अध्ययनको कार्य अगाडि बढाइएको छ । उल्लेखित आयोजनको सफल कार्यन्वयनका लागि कम्पनीको संचालक समिति तथा व्यवस्थापनले ध्यान केन्द्रित गरेको छ । यसवाट शेयरधनीहरुको दिर्घकालिन हित सम्वद्र्धन हुने अपेक्षा तथा विश्वास लिइएको छ ।

    कम्पनीको २५औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने शेयरधनीहरु प्रति धन्यवाद व्यक्त गर्दछौं । साथै, कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले मार्ग दर्शन गर्ने तथा योगदान दिने नेपाल सरकार, नियमक निकायहरु, नेपाल विद्युत प्राधिकरण, ठेकेदारहरु, बैंकहरु, लेखापरीक्षकहरु, सेवाग्राही, संचारगृह तथा संचारकर्मीहरु, विभिन्न सम्बद्ध संस्थाहरु, शेयरधनीहरु तथा कम्पनीका कर्मचारीहरु सबैलाई हार्दिक धन्यबाद व्यक्त गर्दछौ ।