पेट्रोलियम पदार्थको मूल्य भारतमा भन्दा नेपालमा अझै सस्तो

    1355

    ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाउँदा पनि निगमलाई अझै प्रतिसिलिन्डरमा ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा छ ।नेपाल आयल निगमले हवाई इन्धनबाहेक सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरे पनि भारतको तुलनामा नेपालमा अझै सस्तो रहेको छ । डिजेल र पेट्रोलमा भारतमाभन्दा नेपालमा प्रतिलिटर २५ रुपैयाँ सस्तो पर्ने निगमले जनाएको छ । भारतमा दैनिक जसो इन्धनको मूल्य समायोजन गरिँदै आएको छ । पछिल्लो समय भारतमा इन्धनको मूल्य निकै मृत्यु भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै डलरको मूल्य बढेकाले निगमले पेट्रोल, डिजेल÷मट्टितेल र खाना पकाउने एलपी ग्यासमा मूल्य बढाएको छ । निगमले प्रतिलिटर पेट्रोलमा १, डिजेल र मट्टितेलमा ३÷३ तथा ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्यवृद्धि गरेको हो । पेट्रोल र डिजेलमा भारतको तुलनामा नेपालमा प्रतिलिटरमा २५ रुपैयाँ मूल्य सस्तो पर्छ । सीमा नाकाभन्दा नेपालमा तेल सस्तो हुँदा तस्करी भएर पुनः बाहिर जाने गरेको छ ।अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यवृद्धिसँगै डलरको समेत भाउ बढेपछि त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पुगेको हो । निगममको घाटा चुलिँदै गएपछि स्वचालित प्रणालीअनुसार बुधबार राति १२ बजेदेखि लागू हुने गरी इन्धनमा मूल्य बढाएको हो । निगम प्रवक्ता वीरेन्द्र गोइतले स्वचालित मूल्यअनुसार पेट्रोल, डिजेल÷मटितेल र ग्यासमा मूल्य वृद्धि गरिएको जानकारी दिए । ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य बढाउँदा पनि निगमलाई अझै प्रतिसिलिन्डरमा ३ सय ९ रुपैयाँ ७९ पैसा घाटा छ । निगमलाई ग्यासमा मात्र मासिक ३६ करोड घाटा छ । हवाई इन्धन र मट्टीतेलमा नाफा रहेकाले निगमको १५ दिनको घाटा ११ करोड ५५ लाख रुपैयाँमा झरेको छ । यसअघि ६४ करोड घाटा हुँदै आएको निगमको भनाइ छ ।

    नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १ सय १२, डिजेल प्रतिलिटर ९८ रुपैयाँमा बिक्रिवितरण हुने छ । खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २५ रुपैयाँले बढाएर १ हजार ४ सय रुपैयाँ कायम गरिएको छ । निगमले लामो समयपछि ग्यासमा मूल्य वृद्धि गरेको छ ।

    पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाली र भारतीय मुद्राको अवमूल्यन भएको र सोही अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी)ले १ सेम्टेम्बरमा पठाएको मूल्य बढेर आएकाले स्थानीय बजारमा मूल्य समायोजन गरिएको निगमले जनाएको छ ।

    स्रोत:करोबार