Bhotekoshi Transmission line repair obstacle, became a negative precedent

    1021
    bhotekoshi१ कात्तिक । ४५ मेगावट माथिल्लो भोटेकोसी जलविद्युत आयोजनाका महाप्रवन्धक नरेन्द्र प्रजापतीले स्थानीयले भोटेकोसीमा अवरोध गर्न नहुने बताएका छन् । उनले समस्याको समाधान वार्ताबाट हुनेभन्दै विग्रिएको ट्रान्समिसन टावर मर्मत गर्न नदिनु र विद्युत उत्पादनमा अवरोध गर्नाले स्थानीले लगानी भित्र्याउनका लागि नकरात्मक वातावरण र नजिर बनाएको बताए ।
    कारोबार दैनिकसंगको कुराकानीमा महाप्रवन्धक प्रजापतीले वार्ता ३ चरणमा भएपनि उनीहरुको माग महत्वकांक्षी भएकाले वार्ता टुङ्गोमा नपुगेको बताए । ऐन कानूनमा जे छ त्यही हुन्छ उनले भने–“अभिभावक मन्त्रालयमा यस विषयमा कुराकानी भइरहेको छ । तर भोटेकोसी जलविद्युत आयोजनाको विद्युत उत्पादन र कामनै ठप्प पारेर आन्दोलनमा उत्रिनु जायज छैन यसले लगानीलाई खल्बलाउने मात्र हो ।”
    भोटेकोसीमा सबै राजनीतिक दलको साझा माग भएर आउनुपर्ने भन्दै प्रजापतिले राजनीतिक दलको आ–आफ्नै माग र अडानले वार्ता टुङ्गोमा नपुग्ने दावी गरे । उनले भोटेकोसीमा दलैपछिेको आन्दोलनले नकरात्मक वातावरण सिर्जना भएको बताए । काम सूचारु गरेर पनि वार्ताको लागि बस्न सकिन्छ तर राम्चे–मांखा पहिरोले विग्रिएको ५ वटा टावर समेत मर्मत सम्भार गर्न नदिनुले जलविद्युतमा लगानी भित्र्याउनमा नराम्रो सन्देश गएकै छ उनले भने –“अव फेरि केही दिनमा वार्ताको लागि पहल भइरेहको छ  र भोटेकोसीको समस्यालाई ध्यानमा राखेर समाधानमा हामी प्रतिबद्ध छौँ ।”
    सिन्धुपाल्चोक जिल्लावासीको लागि भोटेकोसी पावर कम्पनी प्रालिले ३५ प्रतिशत सेयरको आह्रवान गर्नुपर्ने, प्रत्यक्ष प्रभावित गाविसलाई प्रति गाविस वर्षको ५० लाख रुपैयाँ क्षतिपूर्ति वापत विकास निर्माणको लागि उपलब्ध गराउनुपर्ने, टावर प्रभावित भएका गाविसलाई प्रति टावरका दरले वर्षको ३ लाख रुपैयाँ दिनुपर्ने, अहिले सम्म प्रभावित गाविसलाई आएको सामान्य सहयोग समेत कटौती गर्न नपाइने जस्ता मागहरु राख्दै स्थानीयले झण्डै ३ महिनादेखि भोटेकोसीमा अवरोध पु¥याउँदै आएका छन् ।
    उता भोटेकोसी जलविद्युत संघर्ष समितिका संयोजक दपिेन्द्र श्रेष्ठले आफूहरुको माग पूरा नगरे आन्दोलन जारी रहने जानकारी दिए । केही हदसम्म लचकता पनि अपनाइन्छ उनले भने –“३५ प्रतिशत भनेको ठाउँमा २०–२५ हुन सक्छ तर स्थानीयलाई सेयर त चाहिन्छनै ।” अन्य मागहरुको सवालमा पनि त्यस्तै लचकता हुन सक्ने भन्दै उनले भोटेकोसीले आफ्ना मागहरु बेवास्ता गर्न नहुने बताए ।
    स्रोत: कारोबार