प्रधानमन्त्रीले गरे ढल्केबर—खिम्ती विद्युुत प्रशारण लाइनको उद्घाटन

    1174

    माघ २०, २०७३ ढल्केबर—खिम्ती विद्युुत प्रशारण लाइनको आज औपचारिक रुपमा उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले दोलखाको खिम्तीमा २ सय २० केभि प्रशारण लाइनको उद्घाटन गर्दै सधैंका लागि मुलुकबाट लोडसेडिङ अन्त्य गर्न प्रशारण लाइन र बिद्युत आयोजना निर्माण कार्यलाई तिब्रता दिएको बताउनुभयो ।

    प्रधानमन्त्री दाहालले भारतले किन्दैन कि भनेर विद्युत उत्पादनको गति रोक्ने अभियानमा कतिपय मान्छे लागेको भन्दै भ्रममा नपर्न आग्रह गर्नुभयो । २०६३ सालमा निर्माण थालनी भएको खिम्ति–ढल्केबर प्रसारण लाईनको सिङगल सर्किट १७ वर्षपछि सम्पन्न भएको हो ।

    एक अर्ब ९५ करोड रुपैयाँको लागतमा निर्मित ७४ किलोमिटर लामो प्रशारण लाइनमा बिश्व बैंकले ६७ करोड ५० लाख रुपैयाँ सहुलियत ऋण र ३७ करोड ५० लाख अनुदान सहयोग गरेको छ । नपुग रकम मध्ये नेपाल सरकारले ६८ करोड २५ लाख ३३ हजार र प्राधिकरणले २२ करोड २० लाख ७५ हजार रुपैयाँ ब्यहोरेको हो ।