चर्नावती जलविद्युत्को ८० लाख शेयर संकलन

    3049

    -दोलखा, ७ असोज ।

    Charnawatiचर्नावती खोला जलविद्युत आयोजनाले प्रभावित स्थानीयवासीहरुलाई दिने १० प्रतिशतले हुन आउने सवा करोडको सेयर विक्री खुल्ला गरेको छ । आयोजना प्रभावितहरुले खोलेको चरङ्गे साना किसान कृषि सहकारी संस्थामापदुई महिनामा ८० लाख स्थानीयबाट शेयर संकलन गरेको सहकारी संस्थाका अध्यक्ष कृष्णबहादुर बस्नेतले जानकारी दिए ।

    स्थानीयले १ करोड ३४ लाख शेयर लगानी गर्न पाउने भए तापनि तत्कालका लागि १ करोड २० लाखको सेयर खुल्ला गरिएको हो । दोलखाको भीमेश्वर नगरपालिका–८, गाईघाटमा निर्माण सम्पन्न गरेको आयोजनाले प्रभावित भीनपा–८, ९ र ११ तथा मागापौवा र काटाकुटी गाविसका केही भागका करिब ६ सय घरधुरीको लागि सेयर विक्री खुल्ला गरेको सहकारीका बस्नेतले बताए ।

    प्रतिकित्ता १०० का दरले ३० देखि बढीमा ५ सय कित्तासम्म विक्री खुल्ला गरिएको सेयर सहकारीको कार्यालय तथा बैंकमार्फत खरिद गर्न सकिने व्यवस्था मिलाएको छ । सेयर विक्री प्रयोजनको लागि मात्र सहकारीले बैंकमा छुट्टै खाताको व्यवस्था मिलाएको छ । यसरी विक्री गरेको सेयर वापतको रकम आयोजनामा लगानी गरिने छ ।

    प्रस्तुति:कारोबर