क्षमता विस्तारमा भारतको अवरोध

    2346

    TRL_artविराटनगर — पूर्वमा लोडसेडिङ घटाउन नेपाल विद्युत प्राधिकरणले गरिरहेको कटैया प्रशारणलाइनको क्षमता विस्तारको काममा भारतले अवरोध गरेको छ । भारतीय पक्षले क्षमता बिस्तारका लागि प्राधिकरणले प्रयोग गरेको औजार र तारको भन्सार मागेपछि भारततर्फको काममा अबरोध उत्पन्न भएको हो।

    उद्योग संगठन मोरङका ऊर्जा संयोजक राकेश सुरानाका अनुसार मंगलबारसम्ममा नेपालतर्फको काम सम्पन्न हुने भए पनि भारतीय भन्सारको अवरोधका कारण भारततर्फको काम गर्न सक्ने अवस्था छैन । नेपाल सरकारले भारततर्फको प्रशारणलाइन मर्मत गर्न भारत सरकारको अनुमति नलिएका कारण भारतीय भन्सारले क्षमता विस्तारको काममा अबरोध गरेको सुरानाले बताए । उनले भने, ‘नेपाल सरकारकै लापरवाहीले क्षमता विस्तारमा भारतले अबरोध गरेको हो ।’ प्रशारणलाइन विस्तार गर्न थाले पनि नेपाल सरकारले अझै भारतसँग थप विद्युत आयातको सम्झौता पनि नगरेको सुरानाले जानकारी दिए । पूर्वमा कटैया १३२ केभीए प्रशारणलाइनबाट ८० मेघावाट विद्युत आयात भइरहेको थियो । सो लाइनको क्षमता वृद्धि गरी थप एक सय २० मेगावाट विद्युत ल्याउने प्राधिकरणको योजना भारतीय अबरोधका कारण अन्योलमा परेको छ ।

    मंगलबारसम्म नेपालतर्फको १३ किलोमिटर मर्मत सम्पन्न हुने भए पनि भारततर्फको तीन किलोमिटर काममा अबरोध आएको क्षमता विस्तार परियोजनाका इन्जिनियर अवधेश दुवेले जानकारी दिए । उनले भने, ‘भारत सरकारले विद्युत तार तथा औजारमा भन्सार महसुल बुझाउनुपर्ने बखेडा भिकेपछि क्षमता विस्तारमा अबरोध भएको छ ।’ उनले भारततर्फको क्षमता विस्तारमा अबरोध भएकाले तत्कालै परराष्ट्र मन्त्रालयमार्फत समस्या सुल्झाउन नेपाल सरकारलाई आग्रह गरेका छन् । हाल कटैया प्रशारणलाइन मर्मतका कारण विद्युत आपूर्ति बन्द हु”दा पूर्वाञ्चलको जनजीवन अस्तव्यस्त बनेको छ । लोडसेडिङका कारण १० दिनदेखि पूर्वका केही उद्योग बन्द छन् भने अधिकांश उद्योगले उत्पादन कटौती गरेको उद्योग संगठन मोरङले जनाएको छ ।

    Source : Nagarik News