प्राधिकरणले सवा चार खर्ब लगानी गर्ने

1545

 फाल्गुन २९, २०७६

नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ । विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख छ । नेपाल विद्युत् प्राधिकरणले आगामी पाँच वर्षभित्र ४ खर्ब २६ अर्ब ८१ करोड लगानी गर्ने गरी कर्पोरेट विकास योजना तयार पारेको छ । विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मका लागि बनाएको कर्पोरेट विकास योजनामा ऋण र स्वलगानी (इक्विटी) मार्फत यतिधेरै लगानी गर्ने उल्लेख छ ।

चालू आर्थिक वर्ष २०७६-७७ देखि २०८०-८१ सम्मको योजनामा विद्युत् प्राधिकरणले सहायक कम्पनीमार्फत लगानी बढाउँदै जाने उल्लेख छ । चालू वर्षमा विद्युत् प्राधिकरणमार्फत विद्युत् उत्पादनका लागि ६ अर्ब ९१ करोड ९० लाख, २०७७-७८ सालमा ६ अर्ब ७७ करोड ७८ लाख र २०७८-७९ मा ३ अर्ब ८५ करोड ४० लाख लगानी गर्ने भएपनि त्यसपछि भने कुनै लगानी गर्ने छैन । सहायक कम्पनीमार्फत गर्ने लगानी भने बढाउँदै लैजाने प्राधिकरणको योजना छ । चालू वर्षमा ६ अर्ब ६० करोड ७० लाख लगानी गर्ने योजना बनाएको प्राधिकरणले २०७७-७८ सालमा २१ अर्ब ४२ करोड ३० लाख, २०७८-७९ मा २२ अर्ब ८५ करोड ३० लाख, २०७९-८० सालमा २८ अर्ब ३१ करोड ४० लाख र २०८०-८१ मा ३७ अर्ब २८ करोड १० लाख पु-याउने लक्ष्य छ । प्राधिकरणको तथ्यांक अनुसार, पाँच वर्षभित्र उत्पादनका लागि १७ अर्ब ५५ करोड खर्च गर्ने लक्ष्य राखेको प्राधिकरणले सहायक कम्पनीमार्फत भने १ खर्ब १६ अर्ब ४७ करोड ८० लाख लगानी गर्नेछ । तथ्यांकले विद्युत् प्राधिकरण उत्पादनभन्दा पनि लगानीकर्ताहरूको अघि बढ्न लागेको देखाएको छ ।

प्राधिकरणको योजनाअनुसार प्राधिकरणले पाँच वर्षभित्र प्रशारणका लागि १ खर्ब ५५ अर्ब ७० करोड ६० लाख, वितरणका लागि १ खर्ब ३४ अर्ब ५४ करोड ९० लाख तथा कर्पोरेटका लागि २ अर्ब ५५ करोड ३० लाख लगानी गर्ने योजना बनाएको छ । प्राधिकरण आवश्यक लगानीमध्ये विद्युत् प्राधिकरणको आन्तरिक राजस्वबाट ५० अर्ब ८५ करोड ४० लाख, ऋणबाट २ खर्ब ५९ अर्ब ९५ करोड ३० लाख तथा सरकारबाट १ खर्ब १६ अर्ब ७० लाख लगानी हुनुपर्ने योजना बनाएको छ । प्राधिकरणको योजनाले चालू वर्षमा ७० अर्ब १० करोड ५० लाख, २०७७-७८ सालमा १ खर्ब २ अर्ब ६२ लाख, २०७८-७९ मा ८६ अर्ब ६२ करोड ६० लाख, २०७९-८० मा ८४ अर्ब ४२ करोड २० लाख तथा २०८०-०८१ सालमा ८३ अर्ब ४ करोड २० लाख लगानी आवश्यक रहेको देखाएको छ । योजनामा ५ हजार मेगावाट बराबरको विद्युत् आदानप्रदानका लागि वितरण प्रणाली बनाउने, ५ हजार १ सय मेगावाट बराबरको उत्पादन पुर्याउने, प्रतिव्यक्ति विद्युत् खपत ७ सय युनिट पु-याउने योजना छ । प्राधिकरणले पाँच वर्षभित्र ४९ अर्ब बराबरको विद्युत् विक्री गर्ने लक्ष्य समेत राखेको छ ।

विद्युत् उत्पादन पाँच वर्षभित्र पु-याउन सम्भव भएपनि जलाशयुक्त आयोजनाहरू निर्माण गर्ने योजना भने पूरा हुन भने कठिन देखिएको छ । प्राधिकरण सहायक कम्पनी बनाएर अर्ध जलाशय तथा जलाशययुक्त आयोजनाहरू पाँच वर्षभित्र पूरा गर्ने लक्ष्य राखेको छ । प्राधिकरणले दूधकोशी लगायतका जलाशययुक्त आयोजना अघि बढाउन लागेको छ ।

स्रोत:कारोबार