६ वर्ष अघिका सञ्चयकर्ताले मात्रै सान्जेन जलविद्युतको सेयर पाउने

    565

    काठमाडौं । ६ वर्षअघि कर्मचारी सञ्चय कोषमा रकम जम्मा गरेका सञ्चयकर्ताले मात्रै सान्जेन जलबिद्युत् कम्पनीको सेयर किन्न पाउने भएका छन् ।कर्मचारी सञ्चय कोषका २२ मंसिर २०६८सम्म रकम कट्टा गरेका सञ्चयकर्ताले मात्रै कम्पनीको सेयरमा लगानी गर्न पाउने भएका हुन् ।

    त्यसपछि कोषमा रकम कट्टा गरेका सञ्चयकर्ताले कम्पनीको सेयरमा लगानी गर्न पाउने छैनन् । कोष, कम्पनी र चिलिमे जलविद्युत कम्पनीबीच ऋण सम्झौता भएको दिन २२ मंसिर २०६८लाई ‘कट अफ डे’ कायम गरिएको हो । धितोपत्र बोर्डले २६ मंसिरमा कम्पनीलाई सेयर निश्कासनको स्वीकृति दिएको छ । साञ्जेनले कम्पनीले निश्कासन गर्ने सय रुपैयाँ अंकित दरको तीन करोड ६५ (तीन अर्ब ६५ करोड रुपैयाँ)लाई कित्ता सेयरमध्ये सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार पाँच सय कित्ता (७१ करोड, १७ लाख र ५० हजार रुपैयाँ) छुट्टयाइएको छ ।

    कम्पनीले पहिलो चरणमा सञ्चयकर्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीलाई कर्मचारी, ऋणदाता संस्थाका कर्मचारीका लागि छुट्टयाइएको ८७ लाख ६० हजार कित्ता (८७ करोड ६० लाख रुपैयाँ) सेयर निश्कासन गर्ने गर्छ ।

    संस्थापक सेयरधनी नेपाल विद्युत प्राधिकरण, चिलिमे,रसुवाका तत्कालीन जिल्ला विकास तथा गाउँ विकास समितिका कर्मचारीका लागि १२ लाख ७७ हजार पाँच सय कित्ता, ऋणदाता कर्मचारी सञ्चय कोषका कर्मचारीका लागि तीन लाख ६५
    हजार कित्ता सेयर छुट्टयाइएको छ ।

    सेयर निश्कासनका लागि कम्पनीले नागरिक लगानी कोषलाई सेयर निस्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    कम्पनीको ३ अर्ब ६५ करोड रुपैयाँ जारी पूँजिमध्ये ४९ प्रतिशत अर्थात एक अर्ब ७८ करोड ८५ लाख रुपैयाँको साधारण सेयर कम्पनीले निश्कासन गर्ने निश्कासन गर्ने छ । सान्जेनमा चिलिमे जलविद्युत कम्पनीको ३८ प्रतिशत, नेपाल विद्युत प्राधिकरणको १० प्रतिशत र रसुवा जिविस तथा गाविसहरु ३ प्रतिशत संस्थापक  सेयर छ ।

    सारधारण सेयर सर्वसाधारण, कम्पनी प्रबद्र्धक संस्थाका कर्मचारी, स्थानीय जनता र आयोजनाका लागि ऋण लगानी गर्ने कर्मचारी सञ्चय कोषका कर्मचारी तथा सञ्चय कोषका सञ्चयकर्ताहरुलाई छुट्याईएको छ ।

    कम्पनीले पहिलो चरणमा ऋणदाता सञ्चय कोषका कर्मचारीका लागि छुट्टयाइएको १ प्रतिसत, संस्थापक सेयर धनी संस्थाका कर्मचारीको लागि ३ दशमलव ५ प्रतिसत र संचय कोषमा रकम जम्मा गरेका संचयकर्ता कर्मचारीलाई छुट्टयाइएको १९ दशमलव ५ प्रतिसत सेयर निश्कासन गर्ने छ । कम्पनीले प्रति कित्ता सयको दरले ८७ लाख ६० हजार कित्ता सेयर निस्कासन गर्न लागेको हो कम्पनीले १४.५ मेगावाटको माथिल्लो सान्जेन र ४२.५ मेगावाटको सान्जेन जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । माथिल्लो सान्जेन र सान्जेनको निर्माण अवधिको बाहेक अनुमानित लागत क्रमश २ अर्ब २१ करोड ८९ लाख र ५ अर्ब २ करोड ४३ लाख रुपैयाँ छ । आयोजनाको लगानी ऋण र स्वपूजि (इक्विटी) ५०।५० प्रतिशत छ ।