हाइड्रो एक्स्पोको तयारी अन्तिम चरणमा

    1660

    काठमाडौं । नेपालमा पहिलो पटक अन्तराष्ट्रियस्तरको हाइड्रो एक्स्पो
    आयोजना गरिने भएको छ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)
    र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिको आयोजनामा यही पुस २१
    गतेदेखि २३ गते सम्म काठमाडौंको भृकुटीमण्डपमा हिमालयन हाइड्रो एक्स्पो
    २०१८ आयोजना हुने भएको हो ।

    राजधानीमा तीन दिनसम्म चल्ने एक्स्पोमा हाइड्रो पावर निर्माता, हाइड्रो
    पावरका सामानउ त्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्स्योरेन्स
    कम्पनी, लगानीकर्ता र बैंक÷वित्तकम्पनीहरु लगायत झण्डै सय वटा भन्दा बढी
    स्टल रहने छन् । जसमध्ये करिब पचास प्रतिशत स्टल विदेशीकम्पनीहरुको
    सहभागिता रहने छ ।

    एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया,
    बुल्गेरिया, चेक रिपब्लिक, इटली, स्वीडेन, बेलायत,
    ब्राजिललगायतमुलुककाकम्पनीतथा सरोकारवालाहरुको सहभागिता रहने भएको छ ।
    दर्जनौं ंविदेशी कम्पनीहरुको सहभागिता रहने भएकाले नेपालको जलविद्युतको
    बजार बिस्तारका साथै अनुभवआदानप्रदानगर्न एक्स्पोले महत्वपूर्ण योगदान
    पुरयाउने विश्वास लिइएको छ ।

    सात वर्षमा १७ हजार मेगावाट विद्युत् उत्पादनगर्ने नेपाल सरकारको
    लक्ष्यलाई यो मेलाले विशेष सहयोग पुरयाउने इप्पानका अध्यक्ष शैलेन्द्र
    गुरागाईंले बताए ।

    एक्स्पो अवधीमा हाइड्रो पावरका मुख्य मुख्य विषयमा सेमिनार समेत संचालन
    हुनेछन् । पहिलो दिन पुष २१ गते हाइड्रो टनेलिङ, दोस्रो दिन पुष २२ गते
    बैंकिंग तथा इन्स्योरेन्स तथा अन्तिम दिन पुष २३ गते हाइड्रो पावर
    सम्बन्धिका सेमिनारहरु संचालन हुनेछन् । एक्स्पो अवधिभर दैनिक रुपमा फरक
    फरक बिषयमा ६ वटा भन्दाबढी सेमिनार संचालन गरिने छ ।
    हाइड्रो वस्तु तथा सेवा (प्रोडक्ट एण्ड सर्भिस) प्रतिस्प्रर्धा
    यसै गरी हाइड्रो पावरको विकास र विस्तारमा सहयोग पुग्नेगरी हाइड्रो पावर
    सम्बन्धी नयाँ अवधारणा बारे विद्यार्थीहरुएवं व्यक्तिगत तवरवाट आविष्कार
    गरेकावस्तु तथा सेवाबिच प्रतिस्पर्धा समेत गराइने भएको छ । यस क्षेत्रसँग
    सम्बन्धितनयाँवस्तु तथाअवधारणा विकास गर्नेहरु मध्येबाट उत्कृष्ट छनोट
    गरी पुरस्कृत समेत गरिने छ ।

    उक्तप्रतियोगितामाप्रथमहुनेले ५५ हजार ५ सय ५५ रुपैयाँपचपन्न पैसा
    तथाद्वितीय र तृतीयहुनेलाई क्रमश २२ हजार २२२ रुपैयाँ २२ पैसा र ११ हजार
    १११ रुपैयाँ ११ पैसा नगद पुरस्कार प्रदानगरिने छ ।

    एक्सपोलाई नेपाल सरकार राष्ट्रिय योजनाआयोग, उर्जा मन्त्रालय,
    जनसंख्यातथावातावरण मन्त्रालयको संरक्षकत्व रहेको छ ।
    नेपालविद्युतप्राधिकरण, नेपालउद्योग बाणिज्य महासंघ, नेपालउद्योग परिसंघ,
    नेपाल चेम्बर अफकमर्स, नेपाल बैंकर्स एसोसिएसन्स, युथ कम्युनिटी फर
    नेपलिज कन्ट्राक्टर्सले एक्स्पोलाई सहयोग गरेका छन् ।

    नेपाल टनेलिङ एसोसिएशन, नेपालजर्मन चेम्बर अफकमर्स एन्ड इन्डस्ट्रिज,
    नेपाल–भारत उद्योग बाणिज्य संध, नेपाल युरोपियन चेम्वर अफकर्मशएवं
    स्वदेशीतथाविदेशीकम्पनीहरुको पनिएक्स्पोलाई सहयोग रहेको छ । एक्स्पोको
    प्लाटिनियम प्रायोजक इटलीको सिएमसीदी रभेन्नाकम्पनीले गर्नेभएको छ ।
    अफिसियल पार्टनरको रुपमाहोटल अन्नपूर्ण, नेपालसिपिङ एण्ड एयर लजिस्टिक
    प्राली र एनएमबि बैंक लिमिटेड रहेका छन् ।
    तीनदिनसम्मचल्ने प्रदर्शनीको ५० हजार भन्दा बढीले अवलोकन गर्ने अनुमान छ ।