६९ मेगावाट क्षमताको विद्युतगृहबाट ३६ मेगावाट विद्युत उत्पादन

    1365

    दमौली – तनहुँको आँबुखैरेनी नगरपालिका–६ स्थित ६९ मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् परियोजनाबाट ३६ मेगावाट मात्रै विद्युत्  उत्पादन भएको छ ।

    नदीमा पानीको बहाव कम हुँदै गएपछि सो विद्युत् गृहबाट ३३ मेगावाट मात्र विद्युत् उत्पादन भएको हो ।

    विद्युत् गृहका प्रमुख रामकुमार यादवले अहिले ३६ मेगावाटसम्म विद्युत् उत्पादन भइरहेको बताए । नदीमा पानीको मात्रा घटेपछि उत्पादनमा कमी आएको हो “चैत मसान्तदेखि वैशाख महिनाभर भने चर्को घामले हिउँ पग्लेर नदीमा पानीको बहाव बढ्ने र क्षमताअनुसारकै विद्युत् उत्पादन हुन्छ” – उनले भने ।

    यस वर्ष विद्युत् गृहमा रहेको युनिट नं २ मर्मत गरिएको केन्द्रले जनाएको छ ।

    रासस