घरमै बसेर विद्युतको बील भुक्तनाी गर्न पाइने

    1386
    काठमाडाँ । नेपाल विद्युत प्रधिकरणका करिव ३३ लाख ग्राहकहरुलाइ छिटो छरितो एवं सहज ढंगले विद्युतको महशुल भुतmानी गर्नका लागि आजदेखि अनलाइन मार्फत विद्युत महशुल भुतmानी गर्ने प्रणाली शुरुवात गरिएको छ ।
    सो प्रणाली उर्जा मन्त्रालयमा आज आयोजित समारोहमा उर्जा मन्त्री मा. महेन्द्र वहादुर शाही द्वारा उद्घाटन गरियो । इन्टरनेट सेवा उपलव्ध भएको स्थान वाट तथा मोवाइल फोन मार्फत समेत यो सेवा लिन सकिन्छ । सो सेवा संचालनमा आएपछि ग्राहकले लामो समय देखि झेल्दै आएको सास्ती वाट मुक्ती पाउने छन् भने अर्को तर्फ नेपाल विद्युत प्रधिकरणको वाँकी वक्यैता अशुली गर्न र चुहावट नियन्त्रण गर्न यो प्रणालीले महत्वपुर्ण भुमिका खेल्नेछ । नेपाल विद्युत प्रधिकरणलाइ सूचनामैत्री वनाउँदै  प्रधिकरणको सेवा र प्रणालीलाइ थप आधुनिक वनाउन स्मार्ट ग्रीड र स्मार्ट मिटरिङ्ग लाइ पनि निकट भविष्यमा संचालनमा ल्याउने तयारी समेत भइरहेको छ । आयातित अन्य उर्जाको ठुलो हिस्सालाई विद्युत उर्जा मार्फत विस्थापन गदै उर्जामा देशलाइ आत्मनिर्भर वनाउँन विद्युत उर्जालाई सहज, सुलभ र भरपर्दो वनाउन जरुरी छ । यसको लागी समेत यो अनलाइन प्रणली सुरुवात गरिएको हो ।
    यो प्रणली मार्फत देशभरका जनताहरुको जीवन शैलि समेत सहज हुने अपेक्षा गरिएको छ ।