जलविद्युत कम्पनीद्वारा ‘हेजिङ फन्ड’को तयारी

    1529

    जलविद्युत् लगानी तथा विकास कम्पनीले हेजिङ फन्ड स्थापना गर्नेबारे तयारी अघि बढाएको छ । वैदेशिक मुद्राको जोखिम व्यवस्थापन गर्न बनाउन कम्पनीले हेजिङ फन्ड स्थापनाका लागि रायसुझाव लिनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बिहीबार आयोजित छलफलमा यस्तो जानकारी दिइएको हो । अहिलेसम्म वैदेशिक लगानीबाट हुने जोखिम वा विदेशी मुद्रा (अमेरिकी डलर) मा उतारचढाव आउँदा व्यवस्थापन गर्ने संयन्त्र छैन । यही कारण अमेरिकी डलरमा विद्युत् खरिद सम्झौता (पीपीए) हुँदा विवाद हुने गरेको छ ।
    छलफलमा मन्त्रालयले जलविद्युत्मात्र नभई दीर्घकालसम्म पूर्वाधार आयोजनामा विदेशी लगानी हुँदासमेत व्यवस्थापन हुने गरी काम गर्नुपर्ने सुझाव दिएको थियो । कम्पनीले फन्ड स्थापनाबारे यसअघि अर्थ मन्त्रालयसँग पनि राय मागेको थियो ।
    छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले लागेको ‘हेजिङ फन्ड’ दिगो हुनुपर्नेमा जोड दिए । एक पटक फन्ड स्थापनापछि लामो समय काम गर्न सक्ने हुनुपर्ने उनको तर्क थियो ।

    -कारोबार