माथिल्लो नौगाडमा २ वटा बैंकको १ अर्ब लगानी

    1948

    काठमाडौं । अपि पावर लिमिटेडले ८ मेगावाट क्षमताको माथिल्लो नौगाड जलविद्युत आयोजना बनाउन लगानी जुटाएको छ ।

    नेपाल एसबीआई बैंकको नेतृत्वमा प्रभु बैंकको समेत गरी १ अर्ब रुपैयाँ लगानी हुने भएको छ । आयोजनाको कुल लागत १ अर्ब ४४ करोड रुपैयाँ हुने अनुमान गरिएको छ ।

    यसमध्ये ७० प्रतिशत बैंक ऋण र ३० प्रतिशतले हुन आउने ४४ करोड रुपैयाँ सेयरधनीको लगानी रहने छ ।

    आयोजनामा नेपाल एसबीआईले ५५ करोड र प्रभुले ४५ करोड गरि १ अर्ब रुपैयाँ ऋण प्रवाह गर्ने सम्झौतामा हस्ताक्षर भएको छ । कम्पनीका कार्यकारी संचालक संजीव न्यौपानेले आयोजना ०७४ साल चैत मसान्तभित्र सम्पन्न हुने जानकारी दिए ।

    आयोजनाबाट उत्पादित विद्युत् शक्ति ८ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट नेपाल विद्युत प्राधिकरणको बलाँच सवस्टेशनमा जोडीने छ ।

    अपीले १७ महिनाको छोटो अवधिमा ८.५ मेगावाट क्षमताको नौगडगाढ जलविद्युत आयोजना सम्पन्न गरि ०७२ साल भदौदेखि राष्ट्रिय प्रसारण लाइनमा विद्युत प्रवाह गरिरहेको छ ।

    स्रोत:बाह्रखरी