महसुल नतिरेपछि धामाधम लाइन काट्दै प्राधिकरण

    1345

    ललितपुर–नेपाल विद्युत् प्राधिकरणले पछिल्लो सयमा धमाधम लाइन काट्न थालेको छ । बक्यौता रकम तिर्न अटेर गर्ने ललितपुर महानगरपालिकाका लगायतका संस्थाको लाइन काटिएको हो ।

    ती कम्पनीबाट करिब रु ५० लाख उठाउनुपर्ने छ । प्राधिकरणका अनुसार लाइन काटिनेमा जलस्रोत अनुसन्धान तथा विकास केन्द्र (पुरानो जल उत्पन्न प्रकोप विभाग), ललितपुर महानगरपालिका, साझा प्रकाशन, जयबुद्ध एग्रिगेट, मग्न म्याक्स प्रालि, बुङमति इँटा उद्योग, आर एन्ड आर होटेल एन्ड रिसोर्ट, समा प्रिनिसा प्रालि रहेका छन् ।

    यस्तै मेघा अस्पताल, कलर वर्क प्रिन्टिङ, नाङलो रेस्टुरेन्ट एन्ड गार्डेन, उमी समूह  र फर्मा प्याक प्रालि छन् । महसुल नतिर्ने कम्पनीहरूले ३० केभिएदेखि १००० केभिएसम्मको लोड प्रयोग गर्दै आएका छन् । बढी लोड खपत गर्नेमा ललितपुर महानगरपालिका (६१६ केभिए), समा प्रिनिसा (८०० केभिए), आर एन्ड आर होटेल (१००० केभिए) र मेघा अस्पतालले १०० केभिए लोड खपत गर्दै आएका छन् ।

    जलस्रोत अनुसन्धान केन्द्रले भने ५ महिनादेखि बक्यौता तिरेका छैनन् । केन्द्रले २ लाख ९६ हजार ३ सय २३ रुपैयाँ बक्यौता तिर्नुपर्ने छ । उसले बक्यौतासँगै ५९ हजार ५ सय २१ रुपैयाँ जरिवाना समेत तिर्नुपर्ने हुन्छ । यसैगरी, साझा प्रकाशनले ४ महिनादेखि महसुल नबुझाएपछि लाइन काटिएको छ । सबै ग्राहकले बक्यौता रकम र जरिवाना तिरेपछि मात्र विद्युत सुचारु हुने छ ।

     

    अर्थ संसार