आफै मिटर रिड गरी अनलाइनबाटै बिजुलीको बिल तिर्न सकिने, यस्तो छ तरिका

2965

काठमाडौं । अब ग्राहकले आफैं मिटर रिड गरी अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्ने भएका छन् । कोरोना भाइरसको महामारीका कारण सबै काउण्टर बन्द भएपछि नेपाल विद्युत प्राधिकरणले यस्तो व्यवस्था गरेको हो ।

प्राधिकरणले मासिक एक लाख रुपैयाँसम्म महशुल हुने ग्राहकले अनलाइनबाटै बिजुलीको बिल तिर्न सक्ने जनाएको छ । यसरी अनलाइनमार्फत बिजुलीको बिल तिर्ने ग्राहकले नियमअनुसारको छूट समेत पाउने छन् ।

मासिक एक लाखभन्दा बढी महशुल हुने ग्राहकले भने सम्बन्धित वितरण केन्द्रसँगको समन्वयमा बैंकिङ प्रणालीमार्फत बिजुलीको बिल भुक्तानी गर्नुपर्ने छ ।

यस्तो छ प्रकृया

  • बिजुलीको बिल तिर्न सुरुमा यहाँ क्लिक गर्नुहोस् ।
  • दायाँ तर्फ युजर लग ईनमा रहेको रजिस्टर बटनमा क्लिक गरी आफ्नो युजर आईडी तयार पार्नुहोस् ।
  • अब युजर नेममा आफ्नो मोबाइल नम्बर र भर्खरै तयार पारेको पासवर्ड राखेर लग ईन गर्नुहोस् ।
  • त्यहाँ देखाइएको एड कञ्जुमरमा गएर आफ्नो ग्राहक विवरण (विद्युत महशुल भुक्तानी गर्ने शाखा, ग्राहक आईडी तथा ग्राहक नम्बर) भर्नुहोस् ।
  • आफ्नो मिटरमा देखिएको अंक हाल्नुहोस् । हालिएको मिटर अंक वास्तविक रहेको यकिन गर्नुहोस् ।
  • अब तपाईंले त्यहाँ मिटरमा उठेको बिल रकम देख्न सक्नुहुनेछ । ईसेवा, खल्ती, आईएमई पे, कनेक्ट आईपीएस लगायतका विभिन्न अनलाइन भुक्तानीका माध्यमबाट उक्त रकम सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

स्रोत : टेकपाना