उज्यालो नेपालका लागि ‘कुलमानको कुदाई’

    1268

    कुलमान घिसिङ नेपाल विद्युत प्राधीकरणका कार्यकारी निर्देशक हुन् । प्राधीकरणमा आएपछि उनले कुशल व्यावस्थपकीय क्षमता देखाएर विद्युत विस्तार गर्ने काम मात्र थालेनन् । चुहावट नियन्त्रण गरेर नेपाललाई लगभग लोडसेडिङ मूक्त गराउने अभियानको थालनी कुशलता पूर्वक गरे । प्रभावकारी काम गरेर देखाइदिएपछि लोडसेडिङको मारले आजित भएका नेपालीको मनबाटै कुलमानले वाहवाही पाए । सबैको नजरमा सेलिब्रेटी कर्मचारी बने । धेरैको जिज्ञाशा छ तर के आजकल कुलमान आफ्नो प्रशंसा सुन्दै मख्ख परेर बसिरहेका छन् वा उज्यालो नेपाल अभियान सफल बनाउन अरू पनि काम गरिरहेका छन ? ८ पुसमा नेपाल विद्युत्त प्राधीकरणका कर्मचारीका लागि कार्य सम्पादन सम्झौता गर्न पूर्व आएका कुलमानलाई पत्रकार गणेश लम्सालले पछ्याए । हेरौं पूर्वमा कुलमानका ती दुई दिनका विस्तार–

    ८ पुस- दिउँसो १ बजेदेखि साँझ ७ बजेसम्म

    कार्यकारी निर्देशक कुलमान घिसिङ उर्जा सचिव अनुपकुमार उपाध्यायसहितको टोली विराटनगर कञ्चनबारीस्थित एयरपोर्टमा बुद्ध एयरबाट ल्याण्ड हुन्छ । त्यसपछि सोझै विराटनगर बसपार्कस्थित होटल जेनियल पुगेर कार्यक्रममा सहभागी हुन्छ । त्यहाँ क्षेत्रीय विद्युत प्राधीकरण विराटनगर कर्मचारी कार्यसम्पादन मूल्यांकनका लागि सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम आयोजना गरेको हुन्छ । घिसिङले वितरण केन्द्रका क्षेत्रीय प्रमुख बज्रभूषण चौधरीसँग कार्य सम्पादन सम्झौता गर्छन् । सोही कार्यक्रममा निर्देशनालयका उपकार्यकारी निर्देशक सुनीलकुमार ढुंगेल र क्षेत्रीय कार्यालय विराटनगरका प्रमुख बज्रभुषण चौधरीले पनि क्षेत्रीय कार्यालय अन्तर्गतका १७ वितरण केन्द्रका प्रमुखसँग कार्य सम्पादन सम्झौता हुन्छ । त्यसपछि कर्मचारीहरुलाई उर्जा सचिवसँगै कुलमानले पनि सेवा प्रभावकारी बनाउन र चुहावट नियन्त्रण गर्ने कार्यमा लागि पर्न निर्देशन दिन्छन् । भन्छन, ‘ हामी स्रोत साधनको कमी हुन दिने छैनौं तपाईंहरू बक्यौता असुली, चुहावट नियन्त्रण , ग्रामिण विद्युतीकरण, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति लगायतका पक्षमा समेत केन्द्रित भएर सेवा प्रभाव गर्नुहोस् । त्यसपछि एक नम्बर प्रदेशका सशस्त्र प्रहरीका डिआईजी र मोरङका एसपी र मोरङका सीडीओसँग विद्युत चुहावटबारे पनि छलफल गर्छन् । यति सक्दा साँझ साढे ६ बज्छ । साँझको खानापछि होटल जेनियलमै कुलमान र उनको टोली बास बस्छन्

    ९ पुस बिहान ६ बजेदेखी ७ बजेसम्म

    कुलमान घिसिङ, उर्जा सचिव उपाध्यायसहितको टोली चिसो हुस्सुको बेवास्ता गर्दै विराटनगर मलाया रोडमा रहेको क्षेत्रीय कार्यालयको निरीक्षणमा पुग्छन । त्यहाँ रहेको भवन र विद्युत वितरण केन्द्रको निरीक्षण गर्छन् र मिटर रिडिङ, बक्यौता असुली र चुहावट बारे जनचेनामुलक कार्यक्रम संचालन गर्न आवश्यक निर्देशन दिन्छन र उत्तरतर्फ हुइँकिन्छन् ।

    ९ पुस बिहान ७ देखि साढे सात बजेसम्म

    विराटनगरको भृकुटी चौकस्थित शाखा वितरण केन्द्रमा कुलमान र उर्जा सचिवको टोली पुग्छन । त्यहाँको अवस्था निरीक्षण गर्छन् । अझ सुधार गरेर बिल तिर्न आउने सेवाग्राहीलाई झन सजिलो बनाउन शाखा प्रमुख र कर्मचारीलाई निर्देशन दिन्छन् र उत्तरतर्फ हुइँकिन्छन् ।

    ९ पुस बिहान ८ बजेदेखि ९ बजेसम्म

    कुलमानको टोली सुनसरीको दुहवी नगरपालिकास्थित दुहवी ग्रिड र वितरण केन्द्रको निरीक्षणमा व्यस्त हुन्छन् । ग्रिडका प्रमुख अफताब आलमले बर्षायाममा ग्रिड डुबानमा पर्ने गरेकाले लाइन काटनुपर्ने बाध्यता रहेको सुनाउँछन । त्यहाँ नगरपालिकासँग समन्वय गरेर बाढीको समस्या हल गर्न र नियमित बिजुली आपूर्ति गर्न कुलमान निर्देशन दिन्छन् र उत्तर हिँड्छन, दश मिनेट पनि बाटोमा पर्ने खनार वितरण केन्द्रको निर्माणधिन अवस्थाको निरीक्षण गरेर आवश्यक जानकारी लिन्छन् ।

    ९ पुस बिहान साढे ९ बजेदेखि १० बजेसम्म

    कुलमानको टोली सुनसरीको इटहरी वितरण केन्द्रमा पुग्छन । सेवा प्रवाहको अवस्थाबारे बुझ्छन र आवश्यक निरीक्षण र निर्देशन दिन्छन् । वितरण केन्द्र प्रमुखसँगको सम्झौतामा विद्युत चुहावट घटाउने, प्रशासनिक खर्च घटाउने, बाँकी बक्यौता असुल गर्ने, स्तरीय, भरपर्दो तथा सुरक्षित विद्युत सेवा प्रदान गर्ने, ग्राहक सेवाको स्तरवृद्धि गर्ने लगायतका लागि कार्य सम्पादन सुचांक निर्धारण गरिएकाले र सम्झौता पनि भैसकेको जानकारी गराउँदै जिम्मेवार भएर सेवा प्रवाह गर्न कर्मचारीहरुलाई निर्देशन गर्छन ।

    ९ पुस बिहान साढे १० देखि ११ सम्म

    कुलमानको टोली पूर्वपश्चिम राजमार्गमा रहेको बेलबारी नगरपालिकास्थित बेलबारी बजारको वितरण केन्द्रको निरीक्षणमा पुग्छन । त्यहाँ विद्युत महशुल तिर्ने ग्राहकहरुको भीड देखिन्छ । त्यसबारे कुलमान वितरण केन्द्रका कर्मचारीसँग किन भीड भएको भनेर सोधपुछ गर्छन । त्यसपछि सेवा प्रभावलाई सजिलो बनाउन बिहान आठ बजेदेखि नै टोकन खोल्न र ९ बजेदेखि नै कार्यालयको सेवा दिन निर्देशन दिन्छन् । घिसिङले मिटर माग्न तथा विद्युत लोड स्वीकृतिका लागि आउने ग्राहकलाई दुःख नदिन, रिडरका गतल क्रियाकलाप नियन्त्रण गर्न र विद्युतीय असुरक्षाको अवस्थालाई न्युनीकरण गर्न पनि कर्मचारीलाई निर्देशन गर्छन ।

    ९ पुस बिहान साढे ११ बजेदेखि पौने १२ बजेसम्म

    बेलबारीपछि कुलमानको टोली मोरङको उर्लाबारी नगरपालिका स्थित उर्लाबारी बजारमा रहेको वितरण केन्द्रको निरीक्षण र निर्देशन गर्छन् । त्यहाँ पनि कार्यसम्पादन मुल्यांकन सम्झौता भैसकेकोले सोही अनुसार प्रभावकारी सेवा दिनेबारे कुलमान कर्मचारीहरुलाई जानकारी गराउँछन । सम्झौता अनुसार हरेक वितरण केन्द्रलाई चुहावट नियन्त्रण र बक्यौता असुलीमा दिइएको टार्गेटको कम्तिमा ५० प्रतिशत प्रगति हासिल गरेमा प्रमुखलाई निश्चित रकम नगद प्रोत्साहन भत्तास्वरुप उपलब्ध गराउने व्यवस्था गरिएको र पाएको नम्बर बढुवामा जोड्ने, विदेशमा आयोजना तालिम, सेमिनारमा जाँदा प्राथमिकतामा पर्ने कुरा सुनाउँदै सेवा प्रभावमा जिम्मेवार हुन आग्रह गर्छन ।

    ९ पुस बिहान १२ देखी १ बजेसम्म

    झापाको दमक नगरपालिका स्थित तारावारीमा रहेको वितरण केन्द्रको निरिक्षण गर्छन । त्यहाँ उपभोक्त्ताहरुबाट भोल्टेजको समस्या रहेको जानकारी पाउँछन र कमृचारीहरुलाई समस्या समाधान गर्न सेवा दुरुस्त बनाउन निर्देशन गर्छन । त्यहाँपनि उनले प्राधिकरणले कर्मचारीकालागि कार्यसम्पादन मुल्यांकन पत्रमा हस्ताक्षर गराइसकेकोले , ५० प्रतिशतभन्दा कम लक्ष्य हासिल गरेमा त्यसलाई कमजोर कार्यसम्पादन मानी बढुवामा सोही अनुसारको नम्बर दिइने जानकारी दिदै जिम्मेवार भएर सेवा दिन कर्मचारीहरुलाई निर्देशन गर्छन ।

    ९ पुस सवा १ बजेदेखि साढे एक बजेसम्म

    झापाको दमक बजारमा रहेको फाइन होटलमा कुलमान र उर्जा सचिव सहितको टोली खाना खान्छन् ।

    ९ पुस साढे २ बजेदेखि ३ बजेसम्म

    झापाको बिर्तामोड स्थित अनारमनी वितरण केन्द्रको अनुगमन गर्छन । त्यहा सडक निर्माण गर्दा पोल सार्ने समस्याले गर्दा सडक र नगरपालिकाले दिएको दवावबारे जानकारी पाउँछन । सबै कुरा सुनेपछि पोल सार्ने कामा ढिला गर्दा बिकासको काम रोकिने भएकोले ढिलाई नगर्न र आफनो तर्फबाट समयमै काम सम्पनन गर्न निर्दैशन गर्छन । साथै कर्मचारीहरुलाई कार्य सम्पादन मुल्या कर्मचारीहरुलाई कार्य सम्पादन मुल्यांकन सम्झौताबारे जानकारी गराउदै सो अनुसा नम्बर नपाए नगद तथा गैर नगद प्रोत्साहन नपाउने र बढुवा र बिदेश जान पनि पछि पर्ने भएकोले सक्रृय भएर काम गर्न आग्रह गर्छन ।

    ९ पुस दिउँसो साढे ३ बजेदेखि साढे ४ बजेसम्म

    अनारमनीपछि कुलमानको टोली विराटनगरतर्फ फर्कन्छ । फर्कदा बिद्युत्तका उच्च अधिकारीहरु आएको जानकारी पाएकोले कमलामाई नगरपालिकाका जनप्रतिनिधिहरु टोलीलाई सुरुंगामै बाटो छेकेर मेयर राजेन्द्रकुमार पोखरेल टोलीलाई स्वागत गर्दै आफनो समस्या र योजना बताउँछन । उनले सुरुङ्गालाई अन्डरग्राउण्ड तरिकाले बिद्युत बिस्तार गर्ने योजना बनाएकोले आवश्यक सहयोग गरिदिन कुलमान समक्ष आग्रह ग उनले सुरुगंगालाई अन्डरग्राउण्ड तरिकाले बिद्युत बिस्तार गर्ने योजना बनाएकोले आवश्यक सहयोग गरिदिन कुलमान समक्ष आग्रह गर्छन । कुलमानले पनि नमुना काम गर्न लागेकोमा मेयरलाई धन्यवाद दिँदै आफनो तर्फबाट सहज रुपमा समयमै ट्रान्सफर लगायतका भौतिक सामग्री उपलव्ध गराइदिने आश्वासन दिन्छन । उर्जा सचिव उपाध्यायले पनि उज्यालो अभियानलाई सघाउन कन्काई नगरपालिका लागिपरेकोमा धन्यबाद दिन्छन ।

    ९ पुस साँझ ६ बजे- विराटनगर बिमानस्थलमा

    सुरुङ्गाको भेटघाटपछि कुलामानको टोली काठमाण्डौ फर्कन विराटनगर बिमानस्थलतर्फ हिँडछ । करिब डेढ घण्टाको यात्रापछि टोली विराटनगर बिमानस्थल आइपुग्छ । त्यहाँ काठमाण्डौ जान लागेका मोरंग ४ नम्बर क्षेत्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदी र २नम्बर क्षेत्रका डा मिनेन्द्र रिजालसँग भेटघाट हुन्छ । दुवै माननियहरुले कुलमानसँग सामान्य भलाकुसारी आदानप्रदान पछि तमोर हाईड्रोबारे आवश्यक जानकारी लिन्छन । र, उज्यालो नेपाल अभियानबारे चर्चा गर्छन । साढे ६ बजेति डिले भएको बुद्ध एयरको जहाज उज्यालो नेपालका अभियन्ता तथा नेपाल बिद्युत्त प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सहितको टोलीलाई लिएर काठमाडौंतर्फ उडछ ।

    स्रोत:पहिलो किताब