काठमाडौं– कर्मचारी सञ्चय कोषले एक पछि अर्को गर्दै नेपालको जलविद्युत् क्षेत्रमा आक्रामक लगानी गर्दै आएको छ ।
कोषले हालसम्म ऊर्जा क्षेत्रमा रु ३४ अर्ब लगानी गरेको छ । कोषले ऋण र सेयर गरी उक्त परिमाणमा लगानी गरेको जानकारी दिएको हो ।
बैंक तथा वित्तीय क्षेत्रले जलविद्युत्मा करिब रु ६२ अर्ब लगानी गरेको तथ्यांक सार्वजनिक भइरहँदा कोष एक्लैको ३४ अर्ब लागत पुगेको हो ।
कोषले ८ जलविद्युत् आयोजनामा रु २८ अर्ब १५ करोड रकम ऋण लगानी गरेको छ । यस्तै सेयरका रुपमा ६ र्अ रकम लगानी गरेको छ ।
कोषले माथिल्लो तामाकोशी, सान्जेन, रसुवागढी, भोटेकोशी जस्ता आयोजनामा लगानी गरेको छ ।
उसले जलविद्युत् लगानी तथा विकास कम्पनी, विद्युत् उत्पादन कम्पनी र बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनीमा सेयर लगानी गरेको छ । कोष्मा हाल रु २ खर्ब ५३ अर्ब रकम रहेको छ ।