२ महिनामा ५१२ मेगावाटको लाइसेन्स जारी

    1214

    चालु आर्थिक वर्ष सुरु भएको दुई महिनामा सरकारले ९ आयोजनाबाट ५१२ मेगावाट विद्युत उत्पादन गर्न निजी लगानीकर्तालाई अनुमतिपत्र (लाइसेन्स) दिएको ।

    सबै आयोजना निजी लगानीमा निर्माण हुन लागेका हुन् । नदीका वहावमा आधारित सबै आयोजना आन्तरिक खपतका लागि निजी लगानीबाट निर्माण हुन लागेका हुन् । सरकारले लाइसेन्स दिएका आयोजनामा ४०० मेगावाटको कालिगण्डकी कोवान, १४.७ मेगाावतको फलाँखुखोला, ३६ मेगावाटको अपर बलेफी ए, १६ मेगावाटको लिपिङखोला,  ५.५ मेगावाको तल्लोखोरङाखोला, ४.५ मेगावाटको बिजयपुर खोला २, ७.५ मेगावाको माथिल्लो खोरङाखोला, १८ मेगावाटको माथिल्लो सोलुखोला र १० मेगावाटको मकरीगाड खोला रहेका छन् । यी मध्ये केही आयोजनाको नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिदविक्रि सम्झौता (पीपीए) गर्न र अधिकाँशले लगानी जुटाउन  बाँकी छ । 

    हालसम्म सरकारले ११५ आयोजनाबाट ३ हजार २२० मेगावाट बिजुली उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रलाई लाइसेन्स दिएको छ । यी मध्ये धेरै आयोजना निर्माणधिन अवस्थामा छन भने केही सम्पन्न हुदैछन् । 

    सरकारले हालसम्म लाइसेन्स दिएको सबैभन्दा ठुलो आयोजनामा ४५६ मेगावाटको माथिल्लो तामाकोसी हो । यसपछि ४०० मेगावाटको कालिगण्डकी कोवान रहेको छ । १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ५८ मेगावाटको सान्जेन, ५० मेगावाटको माथिल्लो मस्र्याङदी २, ७८ मेगावाटको माथिल्लो सान्जेन खोला लगायत छन् । 

    स्रोत : १२ खरी