यूएईको ऊर्जा सम्मेलनमा नेपाललाई निम्तो

    1009

    यूएईले सन् २०१९ को जनवरीमा आयोजना गर्न लागेको ऊर्जा सम्मेलनमा सहभागिताका निम्तो दिएको छ । १७० राष्ट्रको सहभागिता रहने सम्मेलनका लागि मंगलबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटेर नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का राजदूत सइद हमदान अल नक्वीले निम्तो दिएका थिए । भेटमा नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । भेटमा मन्त्री पुनले नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न आग्रह गरेका थिए । मन्त्री पुनले सरकारले १० वर्षमा १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य राखेको भन्दै त्यसमा सहकार्यका लागि प्रस्ताव गरेका थिए । उनले लगानी सुरक्षाका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने भन्दै ढुक्क भएर लगानी गर्न यूएईका लगानीकर्तालाई सन्देश पुराइदिन आग्रह गरेका थिए । ऊर्जामा यूएईको लगानी आवश्यक परे सरकारसँग औपचारिक आग्रह गरेपछि लगानी प्रक्रिया अघि बढाउन सक्ने बताएका थिए ।

    स्रोत: कारोबार