मैलुङ खोला जलविद्युतको आईपिओ आउँदै

    2109

    मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेड (Mailung Khola Jal Vidhyut Company) ले यहि चालु आर्थिक वर्षमा ३ करोड ६८ लाख १४ हजार ३०० रुपैंया बराबरको साधारण शेयर (IPO) निष्काशन  गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा ३ लाख ६८ हजार १४३ कित्ता शेयर निष्काशन गर्न लागेको हो ।

    यो शेयरमा स्थानीय बासिन्दाले मात्रै आवेदन दिन पाउने छन् । यसको धितोपत्र निष्काशन तथा विक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

    कम्पनीले शेयर निश्कासनको लागि यही असोज ७ गते नेपाल धितोपत्र बोर्डमा अनुमति मागेको छ । ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको यो आयोजना रसुवा जिल्लाको डाँडागाउँमा रहेको छ ।

    स्रोत : आर्थिक