कुलेखानी आयोजनाको जलासय भरिएन

    4009

    अझै १० मिटर भरिन बाँकी, लोडसेडिङ व्यवस्थापनमा समस्या आउने

    गत हिउँदमा कुलेखानीको जलासय घटेर १ हजार ५०३ मिटरमा झरेको थियो । अघिल्ला वर्षको तुलनामा यो वर्ष धेरै घटेकाले भरिने संभावना कम रहेको उनको भनाई छ ।अघिल्ला वर्षमा अन्तिम समयमा आएर जलासय भरिने गरेको छ । गत वर्ष भने भरिएको थिएन ।
    विद्युतभार कटौती (लोडसेडिङ) लाई नियन्त्रणमा राख्नका लागि कुलेखानीको ठूलो भुमिका रहदै आएको छ । कुलेखानीमा जलासय नभरिदा प्राधिकरणलाई माग व्यवस्थापन गर्न समस्या पर्ने गरेको छ । “जलासय भर्नका लागि कुलेखानी आयोजना बन्द छ” श्रेष्ठले भने “ठुलो माग भएमा मात्र कुलेखानी चलाउने गरेका छौ ।”
    कुलेखानीको जडित क्षमता ९२ मेगावाट छ । तेस्रो आयोजना पनि निर्माण भइरहेकाले जडित क्षमता बढेर १०६ मेगावाट पुग्ने छ । कुलेखानी पहिलो ६० दोस्रो ३२ र तेस्रो १४ मेगावाट क्षमता छ । तेस्रो आयोजना चालु आर्थिक वर्षमा सम्पन्न हुने लक्ष्य लिइएको छ ।
    स्रोत : १२ खरी