दिनेशकुमार घिमिरे सचिवमा बढुवा, ऊर्जा मन्त्रालयमा पदस्थापन

    1797

    काठमाडाैं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सचिवमा दिनेशकुमार घिमिरे नियुक्त भएका छन् । मन्त्रालयमा सहसचिव तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका घिमिरलेलाई सरकारले सचिवमा बढुवा गरेकोे मन्त्रालयले जनाएकाे छ ।

    यसअघि सचिवमा अनुपकुमार उपाध्याय जिम्मेवारी सम्हाले पनि उनी विद्युत् नियम आयोगको अध्यक्षमा उम्मेद्वारी दिन सचिव पदबाट राजीनामा दिएका थिए । त्यसपछि मन्त्रालयमा सचिव पद रिक्त थियो ।