मैलुङखोला जलविद्युत कम्पनीले साधारण सेयर निष्कासन गर्दै

    1481

    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित मैलुङखोला जलविद्युत कम्पनी लिमिटेडले आयोजना प्रभावितलाई साधारण सेयर निष्कासन गर्न लागेको छ ।

    कम्पनीले आयोजना प्रभावित रसुवा जिल्लाका स्थानिवासिन्दालाई प्रतिकित्ता १ सय रुपैयाँ दर अंकित ३ करोड ६८ लाख १४ हजार ४ सय रुपैयाँ बराबरको ३ लाख ६८ हजार  १४४ कित्ता सेयर निष्कासन गर्न लागेको हो । स्थानियवासिन्दालाई सेयर दिनुपर्ने वाध्यकारी व्यवस्था भएपछि कम्पनीले सेयर निष्कासन गर्न लागेको हो ।

    सेयर निष्कासन आउँदो जेठ १७ गतेदेखि जेठ ३१ गते बन्द गर्ने कम्पनीले जनाएका छ । न्युनतम ५० देखि बढीमा १ हजार ८४० कित्तासम्म खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको सेयर निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ ।

    स्थानिय वासिन्दा र सर्वसाधारणलाई सेयर निष्कासनपछि कम्पनीको चुक्तापुँजी ३६ करोड ८१ लाख ४३ हजार रुपैयाँ पुग्नेछ । यस्तै आयोजना प्रभावित स्थानियलाई बाँडफाँट गरेपछि कम्पनीले सर्वसाधारणलाई ७ करोड ३६ लाख २८ हजार रुपैयाँ बराबरको सेयर निष्कासन गर्दैछ । कम्पनीले रसुवामा ५ मेगावाट क्षमताका मैलुङखोला जलविद्युत आयोजना सम्पन्न गरी सञ्चालन गरिरहेको छ ।

    कम्पनीले आयोजना प्रभावितलाई १० र सर्वसाधारणलाई २० प्रतिशत साधारण सेयर निष्कासन गर्दैछ ।

    स्रोत: बाह्रखरी