अन्तर्देशीय प्रसारण लाइनकाे प्रि–फिजिबिलिटी अध्ययन सकियो

1285

२५ असार २०७६

रसुवा – चीनसँगको अन्तर्देशीय प्रसारण लाइनको प्रि–फिजिबिलिटी अध्ययन सकिएको छ। चीनको केरुङदेखि नेपालको रातमाटेसम्म निर्माण हुने आयोजनाको प्रि–फिजिबिलिटी अध्ययन सम्पन्न भएको हो।

यो अध्ययन सकिएसँगै आयोजनाले सम्भाव्यता अध्ययनको प्रक्रिया अघि बढाएको छ। यसका लागि लाङटाङ राष्ट्रिय निकुञ्जले ‘फिजिबिलिटी स्टडी रिपोर्ट’ विभागमा पठाएको छ।

प्रसारण लाइन निर्माण गर्दा वन, वनस्पति, वन्यजन्तु तथा जैविक विविधतामा पर्ने असरबारे प्रतिवेदन आइतबार नै विभागमा पठाइएको निकुञ्जकी प्रमुख संरक्षण अधिकृत सुस्मा रानाले बताइन्। ‘सम्भाव्यता अध्ययनका लागि विभागमा प्रतिवेदन पठाइसकेका छौं,’ उनले भनिन्, ‘सम्भाव्यवता अध्ययन सकिएपछि वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रक्रिया अघि बढ्छ।’

सम्भाव्यता अध्ययन सकिएपछि इआइए प्रक्रिया अघि बढाइने रातमाटे–रसुवागढी–केरुङ चार सय केभी प्रसारण लाइन आयोजनाले जनाएको छ। प्रसारण लाइन लाइन पाँच हजार मेगावाट क्षमताको हुने छ।

यो प्रसारण लाइनमा दुई सय १४ टावर रहनेछन्। सम्भाव्यता अध्ययन तथा वातावरणीय अध्ययनको काम दुई वर्षभित्र सक्नुपर्ने आयोजना प्रमुख कोमलनाथ आत्रेयले बताए।  सम्भाव्यता अध्ययनको ड्राफ्ट रिपोर्ट चैत ३ गते पेस भएको थियो।

अध्ययन प्रतिवेदनमा टावर संख्या, टावर राखिने स्थान, खोला क्षेत्र, निकुञ्ज क्षेत्र, आवश्यक पर्ने जग्गा, घुमाउन पर्ने ठाउँलगायतको जानकारी समेटिएको छ। नेपालतर्फ रातमाटेमा सबस्टेसन रहने छ। रसुवागढी नाकादेखि रातमाटेसम्मको प्रसारणलाइनको दूरी ७० किलोमिटर रहेको छ। अन्तर्देशीय प्रसारण लाइन ६ वर्षभित्र सक्ने लक्ष्य राखिएको छ।

चीनतर्फ तिब्बतस्थित जिलोङ काउन्टीमा सबस्टेसन राखिने छ। नेपाल विद्युत् प्राधिकरणअन्तर्गत रहेको आयोजना विकास विभागले काम गरिरहेको छ। अध्ययन सकिएपछि चीनको स्टेट ग्रिड अफ चाइना र नेपालको नेपाल विद्युत् प्राधिकरणले  संयुक्त रूपमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्ने सहमति भएको उनले जानकारी दिए।

यो चीनसँगको पहिलो अन्तर्देशीय प्रसारण लाइन हो। भारतसँग भने ११ स्थानमा प्रसारण लाइन जोडिसकिएको छ। चीन सरकारले बेल्ट एन्ड रोड इनिसियटिभअन्तर्गत सन् २०३० सम्म सातवटै महादेशमा प्रसारण लाइन विस्तार गर्ने नीति लिएको छ। चीन र नेपालबीच प्रसारण लाइन जोडिएपछि यसले भारत तथा मध्य एसियाली मुलुकलाई समेत जोड्छ।

विद्युतीय रेल आएमा प्रसारण लाइनको दूरी पनि बढ्ने छ। ७० किलोमिटर दूरी रहेको लाइन काठमाडौं लैजाँदा एक सय पाँच किलोमिटर हुन्छ।

स्रोत: नागरिक