फूकोट कर्णालीमा एक अर्ब बढी लगानी गर्दै एचआइडिसिएल

    1419

     काठमाडौँ– सरकारी स्वामित्वको जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडले फूकोट कर्णाली जलविद्युत् आयोजनामा रु एक अर्ब २६ करोड लगानी गर्ने भएको छ ।

    कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले सो परिमाणको रकम सेयरका रपमा लगानी गर्ने निर्णय गरेको हो ।
    आयोजनामा नेपाली सेना, प्रहरी, शिक्षक तथा निजामति कर्मचारीको समेत सेयर लगानी हुने छ । सरकारले चालु आवको बजेट वक्तव्यमा नै फूकोट कर्णाली जलविद्युत् आयोजना अगाडि बढाउने उल्लेख गरेको छ ।

    कुल ४२६ मेगावाट क्षमता को  आयोजनाका लागि कम्पनीले १० प्रतिशत सेयर लगानी गर्ने निर्णय गरेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत छबिराज पोखरेलले बताउनुभयो ।

    कालीकोटमा आयोजना स्थल रहेको सो परियोजना निर्माणका लागि ऊर्जा मन्त्रालयले गत जेठ ८ गते निर्णय गरेको थियो ।

    ऊर्जाले गत साउन २ गते विद्युत उत्पादन कम्पनीलाई आयोजनाको सर्वेक्षण अनुमतिपत्र दिएको थियो ।
    कम्पनीले आगामी ५ वर्षमा निजी क्षेत्रले निर्माण गर्ने विभिन्न् आयोजनामा रु ५ अर्ब ९ करोड सेयर लगानी गर्ने लक्ष्य राखेको छ ।

    यस्तै नेपाल विद्युत् प्राधिकरणलगायतका निकायबाट निर्माण गरिने एक हजार ६४० मेगावाट क्षमताका विभिन्न पाँच आयोजनामा रु १६ अर्ब २१ करोड लगानी गर्ने तयारी गरेको छ ।

     

    • अर्थ संसार