प्रसारण लाइन विस्तारका लागि रुख काट्ने निर्णय

    1219

    सरकारले ३ वटा विद्युत प्रसारणलाइन विस्तारका लागि वन क्षेत्रमा पर्ने रुख कटानी गर्ने र हटाउने सम्वन्धि बिशेष निर्णय गरेको छ ।

    सरकारले प्रसारणलाइन विस्तारका लागि साउन, भदौ र असोज महिनामा पनि राष्ट्रिय बनक्षेत्रका रुख काट्न सक्ने निर्णय गरेको हो । वन ऐन अनुसार कुनै पनि प्रयोजनका लागि साउनदेखि भदौसम्म महिनामा रुख काट्न निशेध गरेको थियो ।

    सरकारले ४ सय केभी क्षमताको हेटौडा-ढल्केबर-दुहवी प्रसारण लाइन आयोजना, २२० केभी क्षमताको हेटौंडा बर्दघाट प्रसारण आयोजना र १३२ के.भी. क्षमता भएको भुलभुले-मध्यमस्र्याङदी प्रसारणलाइन आयोजनाहरु निर्माण गर्न बनक्षेत्रको रुख हटाउने अधिकार दिएको हो ।

    विद्युत प्रसारणलाइन विस्तार गर्न वनक्षेत्रका रुख हटाउनु पर्ने र त्यसका लागि बन मन्त्रालयले अनुमति नदिदा ती आयोजनाहरु अगाडी बढ्न सकेको थिएन ।

    सरकारले उल्लेखित ३ वटा प्रसारणलाइन विस्तारका लागि मात्र आयोजना निर्माणमा परेका रुख हटाउन अधिकार दिएको हो ।