२४ वर्षमा पनि आयोजना अलपत्रै

    2589

    MoEnकाठमाडौं–२ बैशाख । नौमुरे जलविद्युत आयोजनाको सर्वे गरिएको २४ वर्ष पुगे पनि यसको निर्माणको काम अझै सुरु हुन सकेको छैन । तीन महिना लामो समय खर्चेर २०४५ सालमा सर्वे भएको अर्घाखाँचीमा पर्ने नेपालकै नमुना मानिएको नौ मुरे जलबिद्युत परियोजना हालसम्म पनि संचालनमा आउन नसक्दा परियोजना नै वेवारिसे बनेको छ ।
    नेताहरुले चुनावी समयमा नौमुरे जल विद्युत् परियोजना संचालन गरी जिल्लाभरी विद्युत् बिस्तार गर्ने दिए पनि त्यो आवश्वासन पुरा गर्ने तर्फ कुनै नेता नलागेको स्थानीयाबासिन्दाको गुनासो छ ।
    परियोजनामा ९० मिटरको बाँध बाँधेर २ सय ४५ मेगावाट विजुली उत्पादन गर्ने लक्ष्य रहेको थियो ।

    प्रस्तुति: कारोबार