कुलमानले दिए पीपीएमा तिब्रता : हालसम्म ३३ सय ७४ मेगावाटको पीपीए

    1904
     नेपाल विद्युत प्राधिकरणले निजी क्षेत्रका जलविद्युत आयोजनासँग तीन हजार तीन सय ७४ मेगावाटको विद्युत खरिद बिक्री सम्झौता (पीपीए) गरेको छ ।
    पहिलो पल्ट नर्वेजियन लगानीमा निर्माण भएको ६० मेगावाटको खिम्ती आयोजनासँग पिपिए गरि निजी क्षेत्रलाई जलविद्युत आयोजनामा लगानी गर्न खुल्ला गरिएको थियो ।कुलमान घिसिङ प्राधिकरण कार्यकारी निर्देशक बनेपछि उनले पीपीएमा तिब्रता दिएका छन् ।
    प्राधिकरणको तथ्याङ अनुसार, अहिलेसम्म दुई सय ११ आयोजनासँग  तीन हजार तीन सय ७४ मेगावाटकोे पीपीए गरेको हो । पीपीए भएका आयोजनामध्ये ६० आयोजना निर्माण सम्पन्न भएर विद्युत उत्पादन गरिरहेका छन् ।
    त्यस्ता आयोजनाको जडित क्षमता चार सय ४१ मेगावाट रहेका प्राधिकरणले जनाएको छ । बाँकी एक सय ५१ आयोजना निर्माणको विभिन्न चरणमा छन् । सबै आयोजना सात वर्षभित्रमा निर्माण सम्पन्न हुने छन् । यस्ता आयोजनाको जडित क्षमता दुई हजार नौ सय ३३ मेगावाट रहेको प्राधिकरणले जनाएको छ ।
    यसमा प्राधिकरणले सहायक कम्पनीमार्फत निर्माण गरिएको ४५६ मेगावाटको माथिल्लो तामाकोसी र चिलिमे जलविद्युतले सहायक कम्पनीमार्फत निर्माण गरिरहेका चार आयोजना समेत समेटिएका छन् । चार आयोजनाको कूल जडित क्षमता २७० मेगावाट छ ।
    प्राधिकरणले अहिले पीपीएका लागि दुई वटा विकल्प दिएको छ । वार्षिक ऊर्जाको कम्तिमा १५ प्रतिशत र ३० प्रतिशत ऊर्जा हिउँदमा पुर्याउने आयोजनाका लागि दुई विकल्प दिइएको हो । हिउँदमा कम्तिमा १५ प्रतिशत पुर्याउने आयोजनाका लागि ड्राई सिजन ४ महिना र वेट सिजन ८ महिना कायम गरिएको छ । वार्षिक ऊर्जाको कम्तिमा ३० प्रतिशत हिउँदमा उत्पादन गर्न आयोजनाका लागि ड्राई र वेट सिजन ६÷६ महिना कायम गरिएको छ । मंसिर १६ देखि जेठ १५ सम्मलाई ड्राई र जेठ १६ देखि १५ मंसिरसम्मलाई वेट सिजन कायम गरिएको हो । आयोजनाले दुईमध्ये कुनै एक विकल्प छनोट गरी पीपीए गर्न सक्ने प्राधिकरणले जनाएको छ । तर, यस्तो विकल्प गत १४ वैशाखपछि पीपीए गरिएका आयोजनाले मात्रै पाइरहेका छन् ।
    पीपीए दर भने दुवै विकल्पमा एकै अर्थात ड्राई र वेट सिजनका लागि प्रतियुनिट क्रमश ः रु ८.४० र ४.८० कायम गरिएको छ । ८ वर्षसम्म ३ प्रतिशतको साधारण मूल्यबृद्धि दिने व्यवस्था छ । प्राधिकरणले अहिले ‘टेक अर पे’ सर्तमा पीपीए गरिरहेको छ । सरकारले तोकेको प्रस्तावित उत्पादन मिश्रणको परिधि पुगेको भन्दै प्राधिकरण अब ‘टेक एण्ड पे’को सर्त राखी पीपीए गर्ने पक्षमा छ ।
    सरकारले दस वर्षमा दस हजार मेगावाट विद्युत उत्पादनको लक्ष्य सहित ‘राष्ट्रिय ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक सम्बन्धित अवधारणपत्र तथा कार्ययोजना ०७२’ मार्फत ऊर्जा मिश्रण तोकेको थियो ।
    आर्थिक वर्ष ०८२÷८३ भित्र व्यापारिक उत्पादन शुरु गरिसक्ने  आयोजनाबाट आयोजनाबाट उत्पादित ऊर्जा प्रस्तावित उत्पादन मिश्रणको परिधिभित्र रही ‘टेक अर पे’आधारमा खरिद हुने व्यवस्था मिलाइने अवधारणमा  व्यवस्था छ । दीर्घकालिन रुपमा नेपालकै उत्पादनबाट लोडसेडिङ अन्त्य गर्ने उद्देश्यले जल्विद्युत् आयोजनाको प्रकार अनुसार आयोजनाको उत्पादन मिश्रण तय गरिने कार्ययोजनामा व्यवस्था  छ । उत्पादन मिश्रणमा  जलाशययुक्त तथा पम्प स्टोरेज ४०–५० प्रतिशत, पिकिंग रन अफ द रिभर १५–२० प्रतिशत,   रन अफ द रिभर २५–३० प्रतिशत  र अन्य वैकल्पिक स्रोतबाट ५–१० प्रतिशत रहने छ ।
    यस्तो व्यवस्था ‘टेक एण्ड पे’ प्रावधान राखी पिपिए भइसकेका भईसकेका वा हुने क्रममा रहेका आयोजनामा समेत लागु हुने व्यवस्था गरिएको छ । यसलाई कार्यान्वयन गर्न प्राधिकरणले अहिले  ‘टेक एण्ड पे’ सर्त राखी पीपीए गरिएका आयोजनास“ग ‘टेक अर पे’ सर्त राखी धमाधम पीपीए संसोधन गरिरहेको छ । यस्ता आयोजनाको संख्या ३९ छ ।
    – नेपाल इनर्जी फोरम