असोज २४ सम्म प्राधिकरणको कार्यकारी निर्देशक मै हुँ : काफ्ले

    3598
    mukesh-jpg
    नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले असोज २४ गतेसम्म आफू नै सो पदमा रहिरहने बताएका छन् । ऊर्जामन्त्री जनार्दन शर्माले तत्काल हटाउन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने भएपछि उनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् । “मन्त्रीले मलाई तत्काल हटाउन फेरि मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने कुरा सुनेको छु ।
    मैले प्रधानमन्त्रीसँग छलफल गरेरै असोज २४ गतेदेखि लागु हुने गरी राजीनामा दिएको हुँ । त्यतिबेलासम्म मलाई कसैले हटाउन सक्दैन,” बाह्रखरीसँग काफ्लेले भने ।
    प्रधानमन्त्रीसँग सहमति गरेर नै आफूले एक महिनापछिको मिति राखेर राजीनामा गरेको उनले प्रष्ट पारेका छन् । मन्त्रीको चर्को दबाब झेल्न नसकेपछि गत शुक्रबार काफ्लेले प्रधानमन्त्री प्रचण्डलाई राजीनामापत्र बुझाएका थिए । काफ्लेले राजीनामा गरेपछि प्राधिकरणमा कार्यरत ४ जना उपकार्यकारी निर्देशक पनि बिदा बस्ने भएका छन् ।
    स्रोत : १२ खरी