किन भएन माथिल्लो कर्णालीको पिपिए ?

    1361

    काठमाडौँमाथिल्लो कर्णाली जलविद्युत् आयोजनाको प्रवद्र्धक भारतीय कम्पनी जिएमआरले विद्युत् खरिद सम्झौता गर्न नसक्दा परियोजना एक पछि अर्को गर्दै पछाडि धकेलिएको छ ।

    कुल नौ सय मेगावाट क्षमताको सो आयोजनाको वित्तीय स्रोत जुटाउनका लागि समेत सम्झौता हुनु जरुरी छ । तर माथिल्लो कर्णालीको प्रवद्र्धक जिएमआरले हालसम्म कुनै पनि निकायसँग सम्झौता गर्न सकेको छैन ।

    आयोजनाबाट उत्पादित विद्युत् बंगलादेश सरकार र भारतको हरियाणा राज्यलाई बेच्ने भनेको जिएमआरले दुवै सरकारसँग सम्झौता गर्न नसकेको हो ।

    आफै आर्थिक रुपमा नराम्ररी समस्यामा परेको भारतीय कम्पनीले सम्झौताको प्रक्रिया अगाडि बढाएको दावी गरेपनि कुनै परिणाम प्राप्त हुन सकेको छैन ।

    पैसा अभावमा भारतीय कम्पनीले सुर्खेत र अछामका आयोजना प्रभावितलाई मुआब्जा समेत वितरण गरेको छैन । नेपाली प्रवद्र्धकलार्ई सौताको व्यवहार गर्दै विदेशी कम्पनीको हितमा निर्णय गर्दै आएको सरकारले गरेको सबै प्रयासका बाबजूद पनि भारतीय कम्पनीले आर्थिक स्रोत जुटाउन नसकेको हो ।

    बंगलादेश र हरियाणा राज्यलाई विद्युत् बेच्न नसकेपछि जिएमआरले नेपाल विद्युत् प्राधिकरणलाई समेत विद्युत् खरिदका लागि आग्रह गरेको बुझिएको छ ।

    स्रोत:अर्थसंसार