ऊर्जामा महिला

    2299

    जलविद्युत् आयोजनाको अध्ययनदेखि कार्यान्वयन तहसम्म महिला पुगेका छन् । त्यति मात्र होइन, नेपालको जलविद्युतको तथ्य–तथ्याङ्क बोकेर विश्वका विभिन्न देशमा आयोजना हुने ऊर्जासम्बन्धी सम्मेलनमा पनि महिलाको सहभागिता अधिक छ । खासगरी जलविद्युत् उत्पादन कम्पनीमा महिलाको सहभागिता बढ्न थालेको छ । त्यसमा पनि महिला इञ्जिनीयरको उपस्थिति बढेको छ ।

    शान्तिलक्ष्मी शाक्य
    उप–कार्यकारी निर्देशक, नेपाल विद्युत् प्राधिकरण
    छैटौं तहबाट ३० वर्षअघि नेपाल विद्युत् प्राधिकरणमा प्रवेश गरेकी शाक्य हालै १२औं तहमा पुगेकी छिन् । १० हजार कर्मचारी रहेको नेपाल विद्युत् प्राधिकरणको जनशक्ति योजना तथा व्यवस्थापनको जिम्मेवारी उनको काँधमा छ । सक्षम, लगनशील र आत्मविश्वासी भएर काम गरे महिला भएकै कारण हेपिनु नपर्ने उनको अनुभव छ ।

    मनदेवी श्रेष्ठ
    सहसचिव, विद्युत् विकास विभाग
    देशमा लोडशेडिङ भइरहेको बेला यसको समाधान खोज्न यो क्षेत्रको विषय पढेकी श्रेष्ठ हाल सहसचिवको रूपमा कार्यरत छिन् । विगत ९ वर्षदेखि यसै क्षेत्रमा आबद्ध उनी माथिल्लो तहमा आफू एक्लै महिला हुँदा छलफलमा कुरा राख्न केही असजिलो भएको बताउँछिन् । पढाइ तथा लोकसेवामा महिला कोटा अनिवार्य गरेका कारण ऊर्जाक्षेत्रमा महिला सहभागिता बढ्दै गएकोप्रति भने उनी उत्साहित छिन् ।

    पूजाचन्द ठाकुर
    स्वच्छ ऊर्जा उद्यमी
    कुलेखानी जलविद्युत् आयोजना रहेको क्षेत्रमा जन्मिएकी पूजाचन्द ठाकुरलाई सानैदेखि जलविद्युत् क्षेत्रले आकर्षित गर्‍यो । १४ वर्षअघिदेखि उनी स्वच्छ ऊर्र्जा उद्यमीका रूपमा यो क्षेत्रमा सक्रिय छिन् । हाल उनी मकरीगाड र चमेलिया चेत्तिगाड जलविद्युत् आयोजनाको क्रमशः प्रबन्ध निर्देशक र अध्यक्षको जिम्मेवारीमा रही उक्त परियोजना निर्माणको क्रममा छिन् । त्यसैगरी, फोहोरबाट ऊर्जा निकाल्ने परियोजनामा समेत उनी सक्रिय छिन् । निकट भविष्यमा ५ सय मेगावाटसम्मको आयोजना निर्माणको योजनामा उनी छिन् । त्यसैगरी सरकारले निजीक्षेत्रका लागि विद्युत् वितरणको अधिकार खुला गर्नेबित्तिकै वितरण कम्पनी खोलेर प्रभावकारी ढङ्गले काम गर्ने पनि उनको सपना छ ।

    मुना शर्मा
    कन्सल्ट्याण्ट, एमएस टेक प्रालि
    १३ वर्ष अघिदेखि कन्सल्ट्याण्टका रूपमा रहेकी इञ्जिनीयर शर्माले हालसम्म करीब १५ ओटा परियोजनाको काम गरिसकेकी छिन् । पढ्दा सजिलो भए पनि परिवारको साथ र कार्यक्षेत्रमा विश्वासको कमीले महिलालाई यो पेशा निकै चुनौतीपूर्ण रहेको उनी बताउँछिन् । महिला आफैले आफ्नो क्षमता प्रस्तुत गर्ने आँट गर्दै यो अवस्था तोड्नुपर्ने उनको धारणा छ ।

    मिस्सु भण्डारी
    इन्फर्मेशन म्यानेजमेण्ट अफिसर, इप्पान
    रोजगारीका लागि आवेदन दिँदै ऊर्जाक्षेत्र रोजेर आएकी भण्डारीले इप्पानमै ७ वर्ष बिताइसकेकी छिन् । निजीक्षेत्रका ऊर्जा उत्पादकहरूको संयोजनकारी निकायमा रहेर काम गरिरहेकी उनले यस क्षेत्रमा महिला उपस्थिति कम भए पनि आएकाहरू टिकिरहेको देखेकी छिन् । यो क्षेत्रका मानिस सहयोगी उत्प्रेरक पाएकाले आत्मविश्वास बढेको उनी बताउँछिन् ।

    राज्मी अर्याल
    एड्मिन एण्ड सेल्स अफिसर, हाइड्रो केयर प्रालि
    विगत २ वर्षदेखि यस संस्थामा काम गरिरहेकी अर्याललाई महिला भएका कारण सम्बन्धित निकायका अधिकारीसँग ‘डील’ गर्न अप्ठ्यारो परेको छैन । नियमित ‘फलोअपमा’ गइरहे तथा प्राविधिक ज्ञान भएमा सरकारी कार्यालयमा समस्या नहुने उनको अनुभव छ । यस क्षेत्रसँग सम्बन्धित कार्यक्रम हुँदा महिलालाई आमन्त्रण गर्ने परिपाटी नभएकाले महिला बाहिर नदेखिएको उनको बुझाइ छ । त्यसैले, आफैले चासो दिएर, अवसर खोजेर अघि बढ्न यस क्षेत्रका महिलाका लागि उनको सुझाव छ ।

    कविता पोखरेल
    प्रवर्द्धक, रुबी भ्याली हाइड्रोपावर
    शिक्षण पेशाबाट करीअर शुरू गरेकी कविता पोखरेल २३ वर्षसम्म गरेको बैङ्किङ पेशा छोडेर ऊर्जा क्षेत्रमा आएकी हुन् । आफू पनि उद्यमी बनेर अरू धेरैका लागि रोजगारी सृजना गर्ने चाहनाले आफू यस क्षेत्रमा आएको उनी बताउँछिन् । विद्युत््को जति धेरै पर्याप्तता भयो, महिलाको समय त्यति नै धेरै बचत हुने र उक्त समय आफ्नो वृत्ति विकासदेखि अन्य पक्षमा लगाउन सकिने उनको धारणा छ ।

    पुनम गिरी
    कार्यालय व्यवस्थापक,
    नेपाल टनेलिङ एशोसिएशन
    खिम्ती जलविद्युत् आयोजनामा करीब ३ वर्ष अर्काइभिष्टको काम गरेकी गिरी साढे २ वर्षदेखि नेपाल टनेलिङ एशोसिएशनमा कार्यरत छिन् । अन्य क्षेत्रमा जस्तो यो क्षेत्रमा खुट्टा तान्ने प्रवृत्ति नपाएको, बरु सहयोगी मानिस नै धेरै पाएको उनी बताउँछिन् । जलविद्युत् आयोजनाले टनेलको काम गर्ने क्रम बढेकोले महिलाका लागि प्राविधिक÷अप्राविधिक दुवै क्षेत्रमा अवसर बढेको उनको भनाइ छ ।

    प्रतिमा शाह
    कार्यकारी सचिव, युनियन हाइड्रोपावर प्रालि
    ७ वर्ष अघिबाट यस कम्पनीमा आबद्ध भएर काम गर्दै आएकी शाहले आयोजनाको लाइसेन्स लिनेदेखि आयोजना सम्पन्न हुँदासम्मका विभिन्न प्रक्रियामा लागी परेर काम गरेकी छिन् । मिदिम (करापु) जलविद्युत्् आयोजनाको उनी पनि एक प्रवद्र्धक हुन् । महिला भएकै कारण काम गर्न केही गाह्रो नभएको उनको अनुभव छ । उनका अनुसार बरु महिला भएकैले प्रोत्साहन मिलिरहेकोले सजिलो भएको छ । अनेकौंपटक ‘फिल्ड’ गइरहनुपर्ने भए पनि गाह्रो महसूस नभएको र गाह्रो–सजिलो कामप्रतिको आफ्नो रुचिमा भर पर्ने तर्क उनको छ । महिलाहरू अरूको भर नपरी आफै लागिपर्नुपर्ने बताउने उनी नयाँ नयाँ आयोजनाको प्रवद्र्धन गर्दै जाने योजनामा छिन् ।

    प्रतिभा मानन्धर
    उपसचिव, जलस्रोत तथा ऊर्जा मन्त्रालय
    ८ वर्षदेखि यस क्षेत्रमा कार्यरत मानन्धर इलेक्ट्रिकल इञ्जिनीयर हुन् । ‘फिल्ड’ जानुपर्ने भएर यस क्षेत्रमा लाग्न परिवारले महिलालाई प्रोत्साहन नगर्ने गरेको उनी बताउँछिन् । तर, समयक्रमसँगै समाजको सोचमा परिवर्तन आएको र यसको सकारात्मक प्रभाव ऊर्जाजस्ता प्राविधिक क्षेत्रमा परेको उनको अनुभव छ ।

    उषा खतिवडा
    हाइड्रोमा विद्यावारिधिको विद्यार्थी
    करीब १४ वर्ष जलविद्युत् क्षेत्रमा काम गरेकी खतिवडा हाल ‘इकोनोमिक ट्रान्सफर्मेशन थ्रू बेनिफिट शेयरिङ इन हाइड्रोपावर’ विषयमा विद्यावारिधि गर्दै छिन् । उनले अमेरिका, श्रीलङ्का, नेदरल्याण्ड, नर्वे र फ्रान्समा नेपालको जलविद्युत् क्षेत्रका सम्बन्धमा ६ पटक कार्यपत्र प्रस्तुत गरिसकेकी छन् । छिट्टै उनी भियतनाम र अमेरिकामा हुने ऊर्जासम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनमा कार्यपत्र प्रस्तुत गर्न जाने तयारीमा छिन् । जलविद्युत् क्षेत्र आफ्नो पहिलो माया भने जस्तो भएको बताउने उनी परियोजना प्रवर्द्धक पनि हुन् ।

    दुर्गा लामिछाने

    स्रोत:अभियान