Upper Marsyandi will be completed in 25 Months

    1085

     upper-marsyangdiThe 50-MW Upper Marsyandi Hydropower Project will be completed in next 25 months. Two companies, China’s Sino Hydro and Sagarmatha Hydropower Company Pvt. Ltd of Nepal are involved in the infrastructure development work of the project for the past one year.

    Upper Marsyangdi A Hydropower Station, with total installed capacity of 50MW and annual average generation capacity of 317 million KWh, is developed by SHR on BOOT basis. The construction began in August, 1st, 2013. SHR holds 90% shares.

    माथिल्लो मस्र्याङ्दी– ‘ए’ बाट २५ महिनामा विद्युत्

    लमजुङ, २ पुस – ५० मेगावाट क्षमताको माथिल्लो मस्र्याङ्दी–ए जलविद्युत् आयोजनाले आगामी २५ महिनाभित्र निर्माण कार्य सक्ने गरी आयोजनाको काम तीव्र गतिमा अघि बढाएको छ । ३ वर्षको समयसीमा पाएको यस आयोजनाले झन्डै १ वर्षदेखि आयोजनाको पूर्वाधार निर्माणमा लागेको थियो भने बाँकी रहेको २५ महिनाभित्र सम्पूर्ण निर्माणकार्य सम्पन्न गरी विद्युत् उत्पादन गर्ने जनाएको छ ।

    आगामी २०१५ को जून ३१ तारिखमा विद्युत् उत्पादन थाल्ने योजनाअनुरूप आयोजनाको निर्माणकार्यलाई तीव्रता दिएको हो । अहिले आयोजनाको पूर्वाधारतर्फका कार्यहरू झन्डै सकिन लागेको र अब तत्काल मेकानिकल र हाइड्रोमेकानिकलतर्फको कार्य सुरुवात गरिने आयोजनाले जनाएको छ ।
    आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेलगत्तै आयोजनाले जलाशयको कार्य पनि थालेको छ । चिनियाँ दूतावासका सहायक प्रमुख चेङ जीले आयोजनामा रहेको बाँधस्थलको शिलान्याससमेत गरेका छन् । आयोजनाले बाँधस्थल निर्माणका लागि ङादीबजारनजिकैबाट झन्डै २ सय १४ मिटर लामो भूमिगत सुरुङमार्फत मस्र्याङ्दीको पानीलाई ड्राइभर्सन गरेको छ । आयोजनाको बाँध क्षेत्र ९ सय ५ मिटर उचाइमा हुने भएकाले आयोजनाबाट तोकिएको विद्युत् उत्पादन हुने बताइएको छ ।
    आयोजनको इन्टेक संरचना नदीको बायाँ किनारामा रहने आयोजनाले बताएको छ । ५० मेगावाट जडित क्षमताको आयोजनाको मुख्य पानीको सुरुङ ४९५२.७९ मिटर लम्बाइ र ५.६ मिटर गोलाकार रहने आयोजनाले जनाएको छ । आयोजनाले विद्युतगृहलाई बाँधभन्दा करिब ६.५ किलोमिटर तल बनाई विद्युत् उत्पादन थाल्ने आयोजना निर्माण कम्पनी सगरमाथा पावर कम्पनीका निर्देशक हर्षमान श्रेष्ठले बताए । २५÷२५ मेगावाट क्षमताका २ वटा टर्बाइन रहने यस आयोजनाको विद्युतगृह भूमिगत सुरुङभित्र रहने आयोजनाले जनाएको छ ।
    आयोजनाले ६ हजार रूख–बिरुवा रोप्ने, वृक्षारोपण गरेको स्थानमा ५ वर्षसम्म हेरालु राख्ने, मस्र्याङ्दीमा माछाका भुरा छोड्नेलगायतका कार्यक्रम गर्ने भएको छ । प्रतिवेदनमा विद्युत् आयोजना सञ्चालनबाट आंशिक रूपमा बोटबिरुवाको विनाश तथा विभिन्न पक्षको नकरात्मक असर पर्ने उल्लेख छ ।
    ०७३ असोजदेखि व्यापारिक रूपमा विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको सो आयोजना चाइनिज कम्पनी सिनो हाइड्रोको ९० र सगरमाथा हाइड्रोपावरको १० प्रतिशत लगानीमा निर्माण हुन लागेको हो । रन अफ रिभर प्रविधिमा बन्न लागेको सो आयोजना निर्माणका लागि करिब १२ अर्ब रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।

    @कारोबार संवाददाता