सुदूरपश्चिममा धमाधम विद्युत् विस्तार

1494

पुष १०, २०७६

धनगढी-नेपाल सरकारले उज्यालो नेपाल अभियानघोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशमा विद्युत् विस्तारले तिब्रता पाएको छ । नेपाल विद्युत् प्रधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले यसैवर्ष चारवटा विद्युत् सबस्टेसन सञ्चालनमा ल्याएको छ भने तीनवटा सबस्टेसन सञ्चालनको तयारी गरेको छ । त्यैगरी तीन वटा सबस्टेसनको शिलान्यास गर्ने तयारी गरेको प्रादेशिक कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए ।प्रादेशिक कार्यालयले यसवर्ष गोकुलेश्वर, वागथला, बलाच र बझाङमा सबस्टेसन सञ्चालन गरेको छ भने साँफेबगर, मौह्वा र बगरकोटमा छिट्टै सञ्चालन गर्ने गरी निर्माण तिब्र पारेको छ ।

पाटन, मेलौली र पुनर्वासमा छिट्टै सबस्टेसन गृहको सिलान्यासको तयारी गरेको प्रमुख कर्णले बताए ।आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रमबाट नेपाल सरकारले उज्यालो नेपाल अभियान सञ्चालन गरी यसैवर्षदेशका ४० जिल्लामा पूर्णरूपमाविद्युतीकरणगरिसक्ने नीति लिएपछि सुदूरपश्चिम प्रादेशिक कार्यालयले यसैवर्ष प्रदेशका तीन जिल्ला कैलाली, कञ्चनपुर र डोटीलाई पूर्ण विद्युतीकरण गर्ने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

प्रमुख कर्णले बाँकी ६ जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बाजुरा र बझाङ जिल्ला आगामी दुई वर्षभित्रै पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्य लिइएको बताए ।उनले थप सबस्टेसन बनाउनु पर्ने स्थानको पहिचान गरी टेण्डर निकाल्ने तयारी समेत गरिएको बताए । उनले सोही अनुरूपप्रसारणलाइन विस्तार गर्ने कार्ययोजना तयार गरी काम गरिरहेको प्रमुख कर्णले बताए । उनले यसै वर्ष करिब एक सय किलोमिटर नयाँ प्रसारणलाइन विस्तार गर्ने गरी काम अगाडि बढिसकेको बताए । उनले सबस्टेसन र प्रसारणलाइनको क्षमता वृद्धि गर्ने काम पनि भएरहेको बताए ।प्रमुख कर्णले सुदूरपश्चिममा ६४ प्रतिशत विद्युतीकरण भइसकेको बताए ।

तथ्यांक अनुसार प्राधिरणको ग्राहक संख्या २ लाख ४१ हजार छ । सुदूरपश्चिममा २६ लाख जनसंख्या छ ।हाललाई माग अनुसार सुदूरपश्चिममा जलविद्युत् उत्पादन नभएपछि एक वर्षभित्रै माग भन्दा बढि उत्पादन हुने भएपछि खपत बढाउन र सबै नागरिकहरूलाई विद्युत् सेवाको पहुँचमा पु-याउनका लागि धमाधम विद्युत् विस्तार गरिरहेको छ । कार्यालय प्रमुख कर्णका अनुसार सुदूरपश्चिममाप्राधिकरणको प्रणालीमार्फत ६५.६५ प्रतिशत विद्युतीकरण भएको छ ।

प्राधिकरणले आगामी दुई वर्षमा सुदूरपश्चिमका शतप्रतिशत भूभागमा आफ्नै प्रणाली मार्फत् विद्युतीकरण गर्ने लक्ष्य लिएको छ ।नेपाल विद्युत् प्रधिकरणको प्रसारणलाइनमा आगामा डेढवर्षभित्रै सुदूरपश्चिमबाट उत्पादन १११ मेगावाट विद्युत् जोडिने भएको छ । सुदूरपश्चिममानीजि क्षेत्रबाट निर्माण र अध्ययनका चरणमा रहेका जलविद्युत् आयोजना प्रबद्र्धनसंग प्राधिकरणले एक सय ४३ मेगावाट जलविद्युत् खरिद सम्झौता गरेको छ ।यसैसाता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णलेविद्युत् विस्तार, चुहावट न्युनिकरण, खर्च घटाउने, सेवाको गुणस्तर बढाउने, राजस्व बढाउने लगायतका विषयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।धनगढी-नेपाल सरकारले उज्यालो नेपाल अभियानघोषणा गरेसँगै सुदूरपश्चिम प्रदेशमा विद्युत् विस्तारले तिब्रता पाएको छ । नेपाल विद्युत् प्रधिकरणको सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाले यसैवर्ष चारवटा विद्युत् सबस्टेसन सञ्चालनमा ल्याएको छ भने तीनवटा सबस्टेसन सञ्चालनको तयारी गरेको छ । त्यैगरी तीन वटा सबस्टेसनको शिलान्यास गर्ने तयारी गरेको प्रादेशिक कार्यालयका प्रमुख सतिशकुमार कर्णले बताए ।प्रादेशिक कार्यालयले यसवर्ष गोकुलेश्वर, वागथला, बलाच र बझाङमा सबस्टेसन सञ्चालन गरेको छ भने साँफेबगर, मौह्वा र बगरकोटमा छिट्टै सञ्चालन गर्ने गरी निर्माण तिब्र पारेको छ ।

पाटन, मेलौली र पुनर्वासमा छिट्टै सबस्टेसन गृहको सिलान्यासको तयारी गरेको प्रमुख कर्णले बताए ।आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रमबाट नेपाल सरकारले उज्यालो नेपाल अभियान सञ्चालन गरी यसैवर्षदेशका ४० जिल्लामा पूर्णरूपमाविद्युतीकरणगरिसक्ने नीति लिएपछि सुदूरपश्चिम प्रादेशिक कार्यालयले यसैवर्ष प्रदेशका तीन जिल्ला कैलाली, कञ्चनपुर र डोटीलाई पूर्ण विद्युतीकरण गर्ने कार्ययोजना बनाएर काम गरिरहेको छ ।

प्रमुख कर्णले बाँकी ६ जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, अछाम, बाजुरा र बझाङ जिल्ला आगामी दुई वर्षभित्रै पूर्ण रूपमा विद्युतीकरण गर्ने लक्ष्य लिइएको बताए ।उनले थप सबस्टेसन बनाउनु पर्ने स्थानको पहिचान गरी टेण्डर निकाल्ने तयारी समेत गरिएको बताए । उनले सोही अनुरूपप्रसारणलाइन विस्तार गर्ने कार्ययोजना तयार गरी काम गरिरहेको प्रमुख कर्णले बताए । उनले यसै वर्ष करिब एक सय किलोमिटर नयाँ प्रसारणलाइन विस्तार गर्ने गरी काम अगाडि बढिसकेको बताए । उनले सबस्टेसन र प्रसारणलाइनको क्षमता वृद्धि गर्ने काम पनि भएरहेको बताए ।प्रमुख कर्णले सुदूरपश्चिममा ६४ प्रतिशत विद्युतीकरण भइसकेको बताए ।

तथ्यांक अनुसार प्राधिरणको ग्राहक संख्या २ लाख ४१ हजार छ । सुदूरपश्चिममा २६ लाख जनसंख्या छ ।हाललाई माग अनुसार सुदूरपश्चिममा जलविद्युत् उत्पादन नभएपछि एक वर्षभित्रै माग भन्दा बढि उत्पादन हुने भएपछि खपत बढाउन र सबै नागरिकहरूलाई विद्युत् सेवाको पहुँचमा पु-याउनका लागि धमाधम विद्युत् विस्तार गरिरहेको छ । कार्यालय प्रमुख कर्णका अनुसार सुदूरपश्चिममाप्राधिकरणको प्रणालीमार्फत ६५.६५ प्रतिशत विद्युतीकरण भएको छ ।

प्राधिकरणले आगामी दुई वर्षमा सुदूरपश्चिमका शतप्रतिशत भूभागमा आफ्नै प्रणाली मार्फत् विद्युतीकरण गर्ने लक्ष्य लिएको छ ।नेपाल विद्युत् प्रधिकरणको प्रसारणलाइनमा आगामा डेढवर्षभित्रै सुदूरपश्चिमबाट उत्पादन १११ मेगावाट विद्युत् जोडिने भएको छ । सुदूरपश्चिममानीजि क्षेत्रबाट निर्माण र अध्ययनका चरणमा रहेका जलविद्युत् आयोजना प्रबद्र्धनसंग प्राधिकरणले एक सय ४३ मेगावाट जलविद्युत् खरिद सम्झौता गरेको छ ।यसैसाता नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रादेशिक कार्यालय अत्तरियाका प्रमुख कर्णलेविद्युत् विस्तार, चुहावट न्युनिकरण, खर्च घटाउने, सेवाको गुणस्तर बढाउने, राजस्व बढाउने लगायतका विषयमा कार्यसम्पादन सम्झौता गरेका छन् ।

 

स्रोत:कारोबार दैनिक