लमजुङमा दुई दिन विद्युत आपूर्ति बन्द हुने

    1606

    लमजुङमा दुई दिन विद्युत् आपूर्ति बन्द हुने भएको छ । उदीपुरदेखि दमौली जोड्ने ३३ केभी प्रशारण लाइन फागुन १३ र १५ गते पूर्णरुपमा बन्द हुने भएको हो ।

    मध्यमस्र्याङ्दीदेखि तल्लो मस्र्याङ्दीसम्मको १३२ केभी प्रशारण लाइनको दोस्रो सर्किटको टावर नं २ देखि टावर नं १ सम्मको तार तन्काउने कामका लागि विद्युत् आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरण लमजुङ शाखाका प्रमुख दीपक दाहालले बताए । दुई दिनका लागि बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

    विद्युत् बन्द हुँदा लमजुङको सम्पूर्ण भू–भाग र तनहुँको बाइसजाँगर, मानेचौका, रुपाकोटल गायतका उपभोक्ता प्रभावित हुन लमजुङ विद्युत प्राधिकरणका प्रमुख दाहालले बताए ।

    स्रोत:नयाँपत्रीका