जल उपभोग गुरुयोजना तयार पार्दै

    1111

    कालिकोट: जिल्लाको खाँडाचक्र नगरपालिकाले जल गुरुयोजना तयार पार्न लागेको छ । वाटर एड र किर्डाक नेपालको सहयोगमा जल गुरुयोजना तयार पार्न लागेको हो ।

    नगरपालिकाभित्रका ११ वटा वडामा रहेका जलहरूको खोजी गरी उनीहरूको कसरी उपभोग गर्ने भन्ने विषयमा विश्लेषण गरेर जल उपभोग नीति ल्याउन लागिएको हो ।

    नगरपालिकाभित्र रहेका ५ हजार ८९ घरधुरीमध्ये केही घरधुरीमा खानेपानीको पहुँच अझै पुगेको छैन । कतिपय घरधुरीमा सिँचाइ नभएकाले समस्या रहेको नगरपालिका जलउपभोग समितिका सर्भे अधिकृत रेशमबहादुर शाहीले बताए । “नगरपालिकामा पानीका स्रोत धेरै छन् ।” उनले भने, “त्यसको उपभोग नहुँदा कयौं घरधुरी पानीको पहुँच बाहिर छन् ।”

    जल उपभोगका लागि नगरापालिकाभित्र खानेपानी सरसफाइ, सिँचाइ वातावरण÷पर्यावरण र जल ऊर्जाशक्ति विश्लेषण गरे जलउपभोग नीति ल्याउने तयारी भएको नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष तुलाराम पाण्डेले बताए । “नगरपालिकाले ४ वटा क्षेत्र निर्धारण गरेर जल उपभोग नीति ल्याउन लागेको छ ।” उनले भने, “यो स्थानीय तहले गरेको सबैभन्दा राम्रो काम हो ।”

    नगरपालिकाभरि पानीका १९३ मूल छन् त्यसमध्ये ५ वटा मूल प्रयोगमा नआएको, १२५ मूल खानेपानी सिँचाइ, ९ वटा मूल विद्युतीकरणका लागि राम्रो रहेको र ३ वटा मूल प्रयोग नै गर्न नसकिने अवस्थामा रहेको जलउपभोग समितिका सर्भे अधिकृत शाहीले बताए । “पानीको अझै राम्रो प्रयोग भएको छैन ।” उनले भने, “पानीको मूल प्रयोगले मात्र मानिसको जीवनस्तर माथि उठ्छ ।”

    नगरपालिकामा रहेका जललाई उपभोग गरेर यहाँका स्थानीयवासीलाई सहजता पु¥याउने उद्देश्यले जलउपभोग नीति ल्याउने तयारी अन्तिम रूपमा पुगेकाले त्यसको कडाइपूर्वक लागू गरिने खाँडाचक्र नगरपालिकाका प्रमुख जसीप्रसाद पाण्डेले बताए । “नगरवासीको जीवनस्तर उकास्न पनि जलउपभोग नीति ल्याउन लागेका छौं ।” उनले भने, “उपभोग नीतिलाई भरपुर प्रयोग गरिनेछ ।”

    स्रोत:कारोबार