तिहारमा काठमाडौं उपत्यकामा लोडसेडिङ नहुने

    2479
    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले तिहार अवधिभर काठमाडौं उपत्यकामा लोडसेडिङ नगर्ने जनाएको छ ।  उद्योग, कलकारखाना बन्द रहेको, हेटौंडामा रहेको डिजेल प्लान्ट र कुलेखानी पनि सञ्चालनमा ल्याइएकाले लोडसेडिङ नहुने प्राधिकरणले जनाएको छ ।
    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोली त्यसका लागि अनुगमनमा निस्किएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका विद्युत व्यापार विभागका प्रमुख प्रवल अधिकारीका अनुसार सकेसम्म उपत्यकामा लोडसेडिङ नहुने गरी काम भएको छ ।  अहिले सबै विद्युतगृहबाट ९ सय मेगावाट विद्युत आपुर्ति भएको उनले जानकारी दिए ।