Locals protest against long power outage

    1652

    GULMI: Locals shut down Gulmi headquarters Tamghas bazaar today demanding uninterrupted electricity supply. They resorted to vandalising the Nepal Electricity Authority office and District Administration Office. Agitators also padlocked the office of NEA indefinitely.

    Terming the NEA ‘irresponsible’, locals said it has increased load-shedding more than 18-hour. After the Kaligandaki A Project started operating, Gulmi was declared load-shedding free district two years ago.

    Irate locals also burned tyres and shouted slogans

    on the premise of NEA. As many as 30 persons including six police personnel were injured in a clash between the locals and police. Police had fired five shells of tear gas to disperse the mob and baton-charged them. Agitators had pelted stones at the windowpanes of the NEA office.

    Source : The Himalayan Times

    ———————————————————————————————————————————————————————

    विद्युत् माग्दा अश्रुग्यास

    गुल्मी, फाल्गुन २ –
    तीन वर्षअघि लोडसेडिङमुक्त घोषित जिल्लामा महिना दिनयता छिनमै बिजुली जाने र घन्टौंसम्म नआउने भएपछि आन्दोलनमा उत्रिएका उपभोक्तालाई बुधबार सुरक्षाकर्मीले लाठी र अश्रुग्यास प्रहार गरेपछि सदरमुकाम तम्घास दिनभर तनावग्रस्त बनेको छ । घटनामा तीन सुरक्षाकर्मी र ११ जना आन्दोलनकारी घाइते भएका छन् । हस्तक्षेपपछि आक्रोशित आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालयमा समेत तोडफोड गरेका छन् । नियमित विद्युत् सुचारु गर्न माग गर्दै मंगलबारदेखि उपभोक्ता स्वस्फूर्त रूपमा आन्दोलनमा उत्रिएका थिए । बिजुली पटक-पटक जाने-आउने गर्दा विद्युतीय सामग्रीमा क्षति पुगेको, जनजीवन प्रभावित भएको भन्दै उनीहरूले प्राधिकरण कार्यालयमा ताला लगाई तम्घास बजार बन्द गराएका थिए ।

    तालाबन्दीपछि जिल्ला प्रशासन घेर्न पुगेका सर्वसाधारणले कार्यालय अगाडि बालेको टायर प्रहरीले हटाउन खोजेपछि स्थिति तनावग्रस्त बनेको हो ।

    हस्तक्षेपपछि सर्वसाधारणले ढुंगा प्रहार गरेका थिए । प्रशासनका सबै झ्याल फुटेका छन् । टिनको छाना र भित्तामा समेत क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन ६ सेल अश्रुग्यास प्रहार गरिएको थियो । ढुंगा लागेर इन्स्पेक्टर जितेन्द्र बस्नेतसहित ३ प्रहरी घाइते भएका छन् । बस्नेतको टाउकोमा तीन वटा टाँका लगाइएको छ । आन्दोलनकारीतर्फ राजु अधिकारी, नेत्र पाण्डेसहित ११ जना घाइते भएका छन् । उनीहरूको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । तीन वर्षअघि प्राधिकरण क्षेत्रीय कार्यालयसँग जिल्ला प्रशासनमा उद्योग वाणिज्य संघ र नेपाल पत्रकार महासंघले वार्ता गरेपछि गुल्मीलाई लोडसेडिङमुक्त घोषणा गरिएको थियो । अहिलेका कार्यालय प्रमुख नवलकिशोर गोइत आएदेखि नै विद्युत् आपूर्ति अनियमित भएको र गएपछि घन्टौं नआउने भएकाले आन्दोलित हुनुपरेको घाइते पाण्डेले बताए । शान्तिपूर्ण आन्दोलनमा एकाएक प्रहरीले लाठीचार्ज गरेपछि उग्र भएका आन्दोलनकारीका कारण प्रजिअ कवीन्द्र नेपाल र प्रहरी नायब उपरीक्षक गुरुविष्णु काफ्लेसहित १२ प्रहरी र प्रशासनका कर्मचारी झन्डै आधा घन्टा कार्यालयभित्रै थुनिएका थिए । डीएसपी आधा घन्टापछि बाहिर निस्के पनि प्रजिअ नेपाल दिनभर कार्यालय बाहिर निस्कन सकेनन् । प्रदर्शनकारीले प्राधिकरणका उच्च पदस्थ कर्मचारी तम्घासमै आएर वार्ता नगरेसम्म कार्यालयमा लगाएको ताला नखोल्ने र आन्दोलन नरोकिने जनाएका छन् ।

    प्रकाशित : कान्तिपुर