Siuri Hydro to sell 4 Lac units share

    1640

    IPO signing ceremony of Siuri Hydropower Project Developed by Nyadi Group Limited.

    सिउरीको साढे चार लाख कित्ता शेयर विक्री प्रबन्धक नियुक्त  

    न्यादी ग्रूप लिमिटेडले ५ मेगावाट क्षमताको सिउरीखोला जलविद्युत् आयोजनाबाट प्रभावित लमजुङवासीका लागि ४ करोड ६५ लाख ४८ हजार ७ रुपैयाँको कुल ४ लाख ६५ हजार ४ सय ८७ कित्ता शेयर वितरण गर्ने भएको छ । त्यसका लागि सिभिल क्यापिटल मार्केट लिमिटेडलाई विक्री प्रबन्धक नियुक्त गर्ने सम्झौता बिहीवार सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा न्यादी ग्रूपका तर्पmबाट कम्पनीका अध्यक्ष भोगेन्द्रकुमार गुरागाईं र सिभिल क्यापिटलका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले हस्ताक्षर गरेका छन् । 

    Nyadi
    IPO signing ceremony of Siuri Hydropower Project Developed by Nyadi Group Limited.



    २०६७ असोज ३० गतेबाट कम्पनीले व्यावसायिक उत्पादन शुरू गरेको हो । कम्पनीको जारी पूँजी ४६ करोड ५४ लाख ८७ हजारको ३० प्रतिशतले हुन आउने रू. १३ करोड ९६ लाख ४६ हजार १ सय मध्येबाट उक्त शेयर प्रभावित जिल्लावासीलाई जारी गर्न लागेको हो । उक्त आयोजनामा क्लीन इनर्जी डेभलपमेण्ट बैङ्क, बैङ्क अफ काठमाण्डू, माछापुच्छ«े बैङ्क र सिद्धार्थ बैङ्क लिमिटेडले ऋण लगानी गरेका छन् ।

    Source : Abhyan / Nyadi FB