जलविद्युत्को हब बन्दै दार्चुला

    2059

    दार्चुला-अपिहिमाल गाउँपालिकामा हालसम्म स—साना जलविद्युत् निर्माण भए पनि चालू आवदेखि अपिहिमाल गाउँपालिकामा ४ वटा जलविद्युत् आयोजनाको निर्माणकार्य भइरहेको छ । अपिहिमाल गाउँपालिका–३ मा १०० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । झण्डै ५ करोड लगानीमा सम्पन्न हुने घट्टेखोला जलविद्युत् आयोजनामा गाउँपालिकाले १ करोड ७२ लाख रुपैयाँ र बाँकी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको लगानी छ ।
    उक्त जलविद्युत् यसै महिनादेखि निर्माणकार्य सुरु हुने र १८ महिनामा आयोजना सम्पन्न गर्ने लक्ष्य रहेको अपिहिमाल गाउँपालिकाका अध्यक्ष धर्मानन्द मन्यालले बताए । चालू आवमै अपिहिमाल गाउँपालिका–६ मज्जेमा सय किलोवाटकै दुईवटा जलविद्युत् आयोजना मज्जेखोला र बिर्कानो जलविद्युत् आयोजना पनि बन्दै छन् । उक्त जलविद्युत् आयोजना निर्माणका लागि अपिहिमाल गाउँपालिकाले १ करोड ७० लाख र दुवै योजनाका लागि भन्दै ३ करोड ४० लाख रुपैयाँको बजेट विनियोजन गरेको छ । यी दुवै जलविद्युत् आयोजनामा वैकल्पिक ऊर्जा केन्द्रले लगानी गर्नेछ ।

    यसका अतिरिक्त अपिहिमाल गाउँपालिकाको वाड नंं. ५, ४ र ३ को बीचमा पर्ने मकरीगाडमा १० मेगावाट क्षमताको मकरीगाड हाइड्रोपावर आयोजना पनि निर्माण हुने भएको छ । हाल सम्झौता भइसकेको र जग्गा अधिग्रहण गर्ने कार्य सुरु भएको छ ।
    अपिहिमाल गाउँपालिकालाई विद्युत् हबको रूपमा विकास गर्ने गरी जलविद्युत्मा लगानी भइ कार्य गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।
    दार्चुलामा योभन्दा पहिले ३० किलोवाटको चमेलिया जलविद्युत् आयोजना र ८ किलोवाटको अपिहाइड्रो पावर निर्माण सम्पन्न भइसकेको छ ।

    स्रोत : कारोबार