माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट मंगलबार गरिदैं

    1007

    काठमाडौं । आगामी मंगलबार माथिल्लो तामाकोशीको आइपीओ बाँडफाँट हुने भएको छ । ६ हजार जनाले दोहो¥याएर आवेदन दिएपछि आइपिओ बाँडफाँटमा ढिलाई भएको हो ।

    माथिल्लो तामाकोशी जलविद्युत आयोजनको आइपीओ आगामी मंगलबार बाँडफाँट हुने भएको छ । तामाकोशीको आइपीओमा थुप्रैले दोहो¥याएर आवेदन दिएका कारण बाँडफाँटमा केही विलम्ब हुन गएको हो ।

    अहिलेसम्मको तथ्यांक अनुसार करिब ६ हजार जनाले दोहो¥याएर आवेदन दिएको भेटिएको बिक्री प्रबन्धक नागरिक लगानी कोषले जनाएको छ । यसअघि सुरुवाती छानबिनमा करिब १२ हजारले दोहो¥याएर आवेदन दिएको आशंका गरिएको थियो । यसमा न्यूनतम ४० कित्ता सबैले सेयर पाउने प्रारम्भिक अनुमान गरिएको छ ।

    कर्मचारी र स्थानीयबासीका लागि तामाकोशीले यसअघि नै सेयर निष्कासन गरी बाँडफाँटसमेत गरिसकेको छ । यसरी सेयर पाइसकेकामध्ये केहीले पुनः दोहो¥याएर भरेपछि छानबिन गर्नुपरेको हो । माथिल्लो तामाकोशीले गत कात्तिक १५ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरमा १ करोड ५८ लाख ८५ हजार कित्ता आइपीओ खुला गरेको थियो ।

    सर्वसाधारणका लागि १ करोड ५० लाख ९० हजार ७ सय ५० कित्ता आइपीओ बिक्री खुला गरिएको हो । यसमा ६ अर्ब ७० करोड ५८ लाख २८ रुपैयाँ बराबरको आवेदन परेको छ ।

     

    Source: The News24tv