Foreign investment In Energy

    1415

    Foreign investment in energy sector on Current Financial Year (In 11 months) : NRs 11,18,66,00,000/- ( Proposed)

    India : NRs 5,94,45,00,000 /-
    China : NRs 4,23,60,00,000/-
    USA : NRs 21,69,00,000 /-
    Japan : NRs 12,25,00,000/-

    Total FDI Till date from 19 Country on Energy Sector: NRs 31,45,81,00,000 /-

    FDI_Fly2० असार, काठमाडौं । नेपाको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताको आकर्षण देखिएको छ । चालु आर्थिक वर्षको एघार महिनामा ११ अर्ब १८ करोड ६६ लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ ।

    यस अवधिमा कृषि तथा बन, उर्जा, निर्माण, खनिज, सेवा र टुरिजम क्षेत्रमा गरेर कुल १९ अर्ब ४० करोड ५१ लाख रुपैयाँ लगानीको प्रस्ताव आएको छ ।

    सबैभन्दा बढी छिमेकी मुलुक भारतबाट ५ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ लगानी उर्जा क्षेत्रमा गर्ने गरि उद्योग विभागमा प्रस्ताव आएको छ । अर्को छिमेकी मुलुक चीनबाट ४ अर्ब २३ करोड ६० लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आएको छ ।

    त्यसैगरि, कुक इजल्यान्डबाट ६६ करोड ६६ लाख रुपैयाँ, यूएसएबाट २१ करोड ६९ लाख रुपैयाँ र जापानबाट १२ करोड २५ लाख रुपैयाँको लगानी प्रस्ताव आएको विभागले जनाएको छ ।

    अहिलेसम्म ३१ अर्ब बढीको प्रस्ताव

    उद्योग विभागका अनुसार सुरुवातदेखि अहिलेसम्म १९ मुलुकबाट ३१ अर्ब ४५ करोड ८१ लाख रुपैयाँ उर्जा क्षेत्रमा लगानी गर्ने प्रस्ताव आइसकेको छ । ६७ परियोजनामार्फत उक्त लगानी गर्दा ९ हजार ८ सय ८४ जनालाई रोजगारीको अवसर प्रदान गर्ने प्रतिवद्धता जनाइएको छ ।

    Source : Online Khabar