बिदाई वक्तव्य

1672

बिदाई वक्तव्य

नेपाल सरकारले २०७३ सालभदौ २९ गते मलाई ४ वर्षका लागि नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो । मन्त्रिपरिषद्को निर्णयका आधारमा ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्रालय र मबीचप्राधिकरण सुधारका विभिन्न सूचकांकहरु तयार गरी कार्यसम्पादन सम्झौताभएको थियो ।

ऊर्जा मन्त्रालयले गरेको कार्यसम्पादन सम्झौताको मूल्याङ्कनमाआर्थिक वर्ष (आव) २०७३÷७४मा ८८.१९, आव०७४÷७५मा ८७.९८, आव ०७५÷७६मा ८६.८२ र आव२०७६÷७७ मा ८७.५५ प्रतिशतप्राप्तभएको छ ।

मैले जिम्मेवारी सम्हाल्दालोडसेडिङको अन्धकारलेमुलुकअक्रान्तथियो । वर्षात्को समयमा समेत ६ देखि ८ घण्टाको लोडसेडिङ व्यहोरिरहनु परेको र हिउँदमा दैनिक १४ घण्टासम्म लोडसेडिङ गर्नु पर्ने प्रक्षेपण थियो ।

प्राधिकरणको वित्तीयअवस्थाअत्यन्तनाजुकथियो ।प्राधिकरणको आव२०७२÷७३सम्ममा संचित घाटा रु.३४ अर्ब ६१ करोड पुगेको थियो भने सोहीवर्ष ८ अर्ब ८९ करोड खुद नोक्सानीथियो । एकातर्फ कहालिलाग्दो अँध्यारोले मुलुकअक्रान्तथियो भने अर्कोतर्फ प्राधिकरणको घाटाको ग्राफ बढ्दो क्रममाथियो । प्रणालीमा वार्षिक विद्युत् चुहावट २५.७८ प्रतिशतथियो, करिब ६३प्रतिशतजनतामात्रै ग्रीडको विद्युतपहुँचमाथिए । सरकारले मलाई दिएको मुख्यजिम्मेवारी पनिलोडसेडिङको अत्य गरी अँध्यारो युगलाई उज्यालो बनाउने र प्राधिकरणको सुधार गर्ने नै थियो ।

वर्षभरीमा सबैभन्दा बढी विद्युतमागहुने तिहारको लक्ष्मीपूजाकादिनकुशलव्यवस्थापनएवं प्रभावकारी प्रणाली संचालनमार्फत परीक्षणको रुपमामुलकभरी निरन्तर विद्युतआपूर्ति गर्न सफलभयौंं । २०७३को लक्ष्मीपूजाको दिनलोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने प्रस्थानविन्दु थियो । लक्ष्मीपूजाकादिनहासिलभएको सफलताले हामीलाई थपहौसलाप्रदान गर्यो । त्यसपछि पहिलो चरणमा राजधानीसहितमुलुककाप्रमुखशहरमा लोडसेडिङ अन्त्य गर्नतर्फ हामी केन्द्रीतभयौं । अन्ततःमुलुकलाई उज्यालोतर्फ अगाडि बढाउन सफलभयौं । वैशाख २०७५ देखि औद्योगिकग्राहककालागिपनिलोडसेडिङ अन्त्य गरी मुलुकबाट लोडसेडिङलाई इतिहासमाबिलय गराइदिएका छौं ।

सम्माननीयप्रधानमन्त्री, माननीयऊर्जा मन्त्री, ऊर्जा सचिव, प्राधिकरण संचालक समितिका सदस्यहरु, राजनीतिकतथाप्रशासनिक नेतृत्व, कर्मचारी र आमउपभोक्ताको साथ र सहयोगमा नै सम्झदै कहालीलाग्ने त्यो अँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफलभएकाछौैंं ।

विद्युत् माग र आपूर्तिबीचको सन्तुलित, वैज्ञानिक व्यवस्थापन र इमान्दार प्रयासबाट मुलुकलाई लोडसेडिङमुक्त बनाउन सफलभयौं । तर, लोडसेडिङ अन्त्य गर्नु मात्रहाम्रो अन्तिम अभिष्ट थिएन । हाम्रो योजनाप्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथाअलपत्रअवस्थामा रहेका उत्पादन, प्रसारण तथावितरणतर्फका आयोजना सम्पन्नगर्नु तथानयाँ सुरु गर्नु थियो । जीर्ण बनेका अधिकांशआयोजनाहरु निरन्तरको प्रयासबाटनिर्माण सम्पन्नभएका छन् भने केही सम्पन्नहुने चरणमा पुगेका छन् ।
हामीले सञ्चालन गरेको ‘उज्यालो नेपालअभियान’बाट जनताले नियमितविद्युतआपूर्ति मात्रै पाएका छैनन् प्राधिकरणको प्रशासनिकतथावित्तीय सुधार पनिभएको छ । ऋणात्मक रहेकाप्राधिकरणका वित्तीय सूचकांकहरुधनात्मक बनेका छन् ।

मैले जिम्मेबारी सम्हालेको पहिलो आर्थिक वर्षमा प्राधिकरण १ अर्ब ४७ करोड खुदनाफाकमाउन सफलभयो, त्यसपछिका वर्षहरुमानाफाको ग्राफउकालो लाग्दै गयो । दोश्रो वर्ष २ अर्व ८५ करोड, तेश्रो वर्ष ९ अर्ब ८१ करोड २५ लाख रुपैयाँखुदनाफाकमायो, चौथो वषमानाफा बढेर ११अर्व ५ करोड रुपैयाँपुगेको छ । कुनै वेलाकर्मचारीलाई तलबखुवाउनपनि सरकारको मुखताक्नु पर्ने अवस्थामापुगेको प्राधिकरण संचालनमा रहेका सार्वजनिक संस्थानहरुमध्ये दुई वर्षदेखि सबैभन्दा बढी खुदनाफाकमाउने संस्था बनेर गौरबपूर्ण इतिहास बनाउन सफलभएको छ । चालु आवको वजेटमाप्राधिकरणको नाफारु. ११ अर्वभन्दा बढी रहने प्रक्षेपन गरिएको छ ।

ऋणात्मक रहेको संचितकोष धनात्मकतर्फ अघि बढिरहेको छ । चार वर्षअघि ३४ अर्ब ६१ करोड रुपैयाँसंचित नोक्सानीरहेकोमाआव०७६÷७७माप्राधिकरणले सम्पूर्ण संचित नोक्सानीलाई शून्यमा झारीकरिब ५ अर्ब रुपैयाँनाफामा लैजान सफलभएको छ ।

कर्मचारीको तलबखुवाउन समेत सरकारको मुखताक्नुपर्ने अवस्थाबाट गुज्रिरहेको प्राधिकरणले पूर्वाधार विकासका योजनाबनाउँदाखुट्टाकमाउनुपर्ने अवस्थाथियो । तर अबकादिनमाउत्पादन, प्रसारण र वितरणको लागिआवश्यकवजेट प्राधिकरण आफैले पनिव्यवस्था गर्न सक्ने अवस्थामापुग्ने छ । प्राधिकरणको संस्थागतजमानीमाबहुपक्षीयवित्तीय संस्थाहरुबाट ऋण लिन सकिने अवस्थासिर्जना हुनथालेको छ ।हालप्राधिकरणको छविमा सुधार आएको छ । आमनागरिकको प्राधिकरणप्रतिको दृष्टिकोणमा परिवर्तन भएकोे छ। प्राधिकरणका कर्मचारीले गर्व अनुभव गर्ने दिनआएको छ ।

लोडसेडिङ अन्त्यभई नियमित रुपमाविद्युत् आपूर्ति र प्राविधिकतथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागिसंचालन गरिएको अभियानबाट प्रसारण तथावितरणतर्फको विद्युत् चुहावट उल्लेख्य रुपमा घटेको छ । ४ वर्षअघि प्रणालीमा रहेको २५.७८ प्रतिशतविद्युत चुहावटलाई घटाएर अहिले १५.२७प्रतिशतमाझारिएको छ ।
देशभरका करिव ८६ प्रतिशतजनताले ग्रीडको विद्युतमापहुँचपाएका छन् । अफ ग्रीडसहितकरिब ९०प्रतिशतजनताले विद्युतउर्जामा पहँुचप्राप्त गरेका छन् । चार वर्षअघि प्रतिव्यक्तिप्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको छ ।

चार वर्ष अगाडि १४ घन्टासम्मको लोडसेडिङ हुँदामुलुकभित्रको कूलविद्युतखपतको करिब ३५ प्रतिशतविद्युतभारतबाट आयातभइरहेको थियो । तर,विद्युतखपतकरिव ७५ प्रतिशतले बढेको अवस्थामा समेत आव २०७६÷७७मा कूलउपलब्धविद्युतकोे २२ प्रतिशतमात्रै आयातभएको छभने आयातको ६ प्रतिशतविद्युतनिर्यात गरिएको छ । अर्कोआवबाट हामीविद्युतमाआत्मनिर्भर हुनेछौं ।

सरकारको नीतितथाकार्यक्रमअनुसार प्राधिकरणले इतिहासमापहिलोपटक उपभोक्ताको महशुल घटाएको छ । १० युनिटसम्म खपत गर्ने ग्राहस्थउपभोक्तालाई ईनर्जी शुल्कनिःशुल्कर न्युनतमशुल्क रु. ३० मात्रतिर्नु पर्ने व्यवस्थागरिएको छ । समग्रमाग्राहस्थउपभोक्ताको महशुलकरिव ८—९ प्रतिशतले घटाइएको छ भने औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लाग्दै आएको डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको छ । सामुदायिकखानेपानी, सिंचाई तथाचार्जिङ स्टेसनको महशुलघटेको छ । यस्ले गर्दा विद्युतमाग बढ्ने अपेक्षा गरिएको छ । आगामीदिनमाअमेरिकी डलरमा विद्युतखरिद सम्झौता गरिएको खिम्ती–१ र स्वदेशीलगानीको माथिल्लो तामाकोशीको विद्युत सस्तोमा आउने हुँदाग्राहकको विद्युतमहशुलअझ सस्तो गर्न सकिने छ ।

एकातर्फ लोडसेडिङ इतिहासमाबिलयभई नियमितविद्युत् आपूर्ति हुनथालेपछि पछिल्ला वर्षहरुमामुलुकको आर्थिक बृद्धिदर उत्साहजनक छ भने अर्कोतर्फ प्राधिकरणले सम्पूर्ण क्षेत्रमा सुधार मात्रहोइन, उल्लेखनीय फड्को मारेको छ । संस्थाभित्रको आर्थिक पारदर्शीता,जवाफदेहिता र सुशासनलाई कठोरताका साथलागू गरिएको छ ।
भूमिगततार विछ्याई काठमाडौ उपत्यकालाई तार र पोलरहितवनाउन, स्मार्ट मिटर जडान गर्ने, ग्रीडलाई स्वचालितगर्ने आदिकार्यको थालनीभएको छ । डिजिटल एनईए बनाउने कार्यको लागिआवश्यकप्रकृया सुरु भैसकेको छ ।
आयोजनानिर्माणलाई तिब्रतादिनलामो समयदेखि अलपत्रअवस्थामा रहेका विद्युत प्रसारण र वितरणतर्फका केहीआयोजनाहरुको ठेक्का सम्झौता रद्द गरी नयाँ ठेक्कालगाइएको छ ।निर्माणाधीन आयोजनाहरु सम्पन्न गर्न अयोजनास्थलको नियमित निरीक्षण एवं अनुगमन गरिएको छ ।
लामो समयदेखि रुग्णभएर वसेका माथिल्लोत्रिशूली ३ ए, चमेलिया र कुलेखानी ३ आयोजनाहरु सम्पन्नभएका छन् । निजीक्षेत्रकासहित गरी जम्मा ४५७ मेगावाटका जलविद्युतआयोजना संचालनमाआएका छन् । प्रसारण र वितरण लाइनका रुग्न आयोजनाहरु सम्पन्नभएका छन् र केही ठूला आयोजनाहरु सम्पन्नहुने चरणमा छन् । विश्वव्यापीमहामारीको रुपमा फैलिएको कोभिड–१९का कारण प्राधिकरणको राजश्व संकलनप्रभावितहुनपुग्यो भने निर्माणाधीन केहीआयोजनाहरु लक्षितसमयमा पूरा हुन सकेनन् ।

नेपालको उर्जा क्षेत्रमा महत्वपूर्ण परिवर्तन ल्याउन सक्ने दूधकोशी (६३५ मेगावाट), माथिल्लो अरुण (१०६० मेगावाट) र तामाकोशी ५ (९९ मेगावाट) जस्ता जलविद्युत आयोजनाहरु निर्माणका लागिवित्तीयश्रोत जुटाउने चरणमा छन् । यीआयोजनाहरुको लगानी जुटाएर जाँडै निर्माण सुरु गर्ने चरणमा पुग्नेछन् ।

अन्तरदेशीय प्रसारणलाइनको क्षमताअभिबृद्धि भै करिव १५०० मेगावाट पुगेको छ । नेपाल–भारत दोश्रो अन्तदेशीय प्रसारण लाइन न्यू बुटवल–गोरखपुरको लागिलगानी ढाँचा ९क्ष्mउझिभलतबतष्यल ःयमबष्तिथ०तयार भएको छ । साथै नेपालचीनबीचको रातोमाटे रसुवागढी केरुङ ४०० केभी प्रसारण लाइननिर्माणको लागि समझदरीपत्रमा हस्ताक्षर भै कार्य अगाडि बढेको छ । नेपालले भारततथाबंगंलादेशको विद्युत् बजारमा पहँुचपाउने गरी कार्य अन्तिम चरणमा पुगेको छ ।
चार वर्षेकार्यकालमादेशकालागिआवश्यककेहीमहत्वपूर्ण योजनाहरु निरन्तरको प्रयासबाटपुरा हुनसकेनन्ः जसमध्ये माथिल्लो तामाकोशीसहितचिलिमे जलविद्युतकम्पनीअन्तर्गतकाआयोजनाहरु सम्पन्न गर्ने, ढल्केबरमा ४०० केभी सबस्टेसन चार्ज गर्ने, देशलाई विद्युत्मा आत्मनिर्भर वनाउदै निर्यात गर्ने, काठमाडौ उपत्यकालाई तार र पोल रहितवनाउने, स्मार्ट मिटर र ग्रीड स्वचालितप्रणाली देशभरी लागू गर्ने, देशभरका शतप्रतिशतजनतालाई विद्युत्मा पहँुच पुर्याउने, डिजिटल एनईए वनाउने आदिमुख्य रहेका छन् ।

आगामीदिनप्राधिकरणकालागिथपचुनौतिपूर्ण रहनेछ । आहिलेसम्मप्राप्तउपलव्धीलाई संस्थागत गर्नु पहिलो चुनौतीहो भने उत्पादितविद्युतको वजार व्यवस्थापन दोश्रोचुनौतीको रुपमा रहेको छ । विद्युत् आपूर्तिको नियमितता र गुणस्तर बृद्धि गर्नु तेश्रो चुनौती रहेको छ । संघीय संरचना र नयाँविद्युत ऐन अनुसार संस्थागतपुनर्संरचना गरी प्रभावकारी संचालनमाल्याउनू चौथोे चुनौतीरहकोछ । यी चार मुख्य चुनौतीबाहेक अन्यव्यवस्थापकीयचुनौतीहरु थपिंदैजानेछन् ।
आभार
मलाई विश्वास गरी कार्यकारी निर्देशकमानियुक्तगरी जिम्मेवारीपूर्वक काम गर्ने मौका दिनु हुने तत्कालीनप्रधानमन्त्रीपुष्पकमलदाहाल (प्रचण्ड), ऊर्जा मन्त्रीजनार्दन शर्मालगायततत्कालीनमन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुप्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।उहाँहरुकोे नेतृत्व छोटो रहेतापनि सर्वसाधारणले अनुभूतहुने गरी लोडसेडिङ अन्त्यगर्न एवं समग्र विद्युत क्षेत्रको सुधारको जग बसाल्न सफलभएको थियो ।
त्यसपछि तत्कालीनप्रधानमन्त्री शेर बहादुर देउवा, उर्जा मन्त्रीहरु कमलथापा र महेन्द्र शाहीको नेतृत्वमाअत्यन्तसौहार्दपूर्ण वातावरणमा प्राधिकरणको सुधार एवं विद्युतुआपूर्तिलाई व्यवस्थितबनाउने काममाथपसफलताप्राप्तभयो । उहाँहरुप्रति म आभार प्रकट गर्दछु ।

मेरो चार वर्षेकार्यकालको सवभन्दा बढी समय (करिव साढेदुई वर्ष) वर्तमानप्रधानमन्त्री केपीशर्मा ओली र उर्जा, जलश्रोत तथा सिंचाइमन्त्रीवर्षमानपुनको नेतृत्वमाव्यतितभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’बनाउने अभियानको सारथीवन्नपाउँदाअत्यन्तखुशीलागेको छ ।

यस अवधिमाऔद्योगिक क्षेत्रको वेलुकाको पिक डिमाण्ड हुने समयमा समेत निरन्तर विद्युतआपूर्ति गरी २०७५ वैशाख ३१ गतेबाट देशबाट लोडसेडिङ अन्त्यभएको औपचारिक घोषणा गरियो । प्राधिकरणलाई सार्वजनिक संस्थाहरुमध्ये सवभन्दा बढी नाफाकमाउने संस्थाको रुपमालगातार दुई वर्ष स्थापित गर्न सफलभर्यौ । बहुआयमिक,गतिशीलएवं अग्रसर नेतृत्वप्रदान गर्नु भएकोमा उहांहरुप्रतिहार्दिक कृतज्ञता ज्ञापन गर्दछु ।
प्राधिकरणलाई दिशानिर्देश गरी सक्षम संस्थाको रुपमाविकास गर्न नीतिगत निर्णय र कार्यक्रमहरुको कार्यन्वयनमा हरदम गतिशील नेतृत्वदिनु हुने तत्कालीनउर्जा सचिवअनुपकुमार उपाध्याय र वर्तमान सचिवदिनेश कुमार घिमिरेप्रतिहार्दिक आभार व्यक्तगर्दछु ।

संचालक समितिबाट गरिने हरेक निर्णयहरुमासकारात्मक सोचका साथप्रभावकारी भूमिकानिभाई व्यवस्थापनको हरेक कदममा सहयोग पुर्याउनु हुने वर्तमान र पूर्व संचालकहरुलाई हार्दिक धन्यवाददिन चाहन्छु ।
प्राधिकरणलाई सामूहिक नेतृत्वदिनअहोरात्र खटिएका उच्चपदस्थ मेरा सहकर्मी साथीहरुमाउच्चतहको व्यवस्थापकीयक्षमताप्रदर्शन गर्न सफलहुनु भएकोमा हार्दिक वधाई एवं धन्यवाददिन चाहन्छु ।
जुनसुकै कठिन परिस्थितिमापनिउच्चमनोबलका साथजिम्मेवारीपूर्वक कार्यसम्पादन गरी व्यस्थापनको हरेक क्रियाकलापमा सहयोग गर्नुहुने सम्पूर्ण कर्मचारीहरुप्रतिहार्दिक धन्यवाददिन चाहन्छु ।
मेरो कार्यकालमा ट्रेड यूनियनहरुको भूमिकाअत्यन्तै सकारात्मक र महत्वपूर्ण रह्यो । यसकालागिआधिकारिक तथाक्रियाशील ट्रेड यूनियनहरुलाईहार्दिक धन्यवाददिन चाहन्छु ।
राति,विहान र बिदाको समयनभनी हरपलमेरो हरेक पाईलामानिरन्तर सहयोग गर्नु हुने मेरा सचिवालयका सम्पूर्ण कर्मचारी साथीहरुलाई धन्यवाददिन चाहन्छु ।

प्राधिकरणमार्फत नेपालकोउर्जा क्षेत्रमावित्तियसहयोग गर्नु हुने ध्यचमि द्यबलप, ब्म्द्य, भ्क्ष्द्य, भ्ह्क्ष्ः द्यबलपक, प्ँध्, व्क्ष्ऋब्, ल्इच्ब्म्, ब्क्ष्क्ष्द्यआदिविकास साझेदार निकायहरुतथा संचयकोष, नागरिक लगानीकोषलगायत स्वदेशीवित्तिय संस्थाहरुलाई हार्दिक धन्यवाददिन चाहन्छु ।

प्राधिकरणमार्फत उत्पादन, प्रसारण र वितरण आयोजनाहरुको लागिआवश्यकवजेट व्यवस्थापन गरी सहयोग गर्नु हुने अर्थ मन्त्रालय, चुहावट नियन्त्रण, जग्गाअधिकरण एवं सुरक्षाव्यवस्थासंवन्धीकार्यमा सहयोग गर्नु हुने गृह मन्त्रालय,वनतथावातावरण सम्बन्धीकार्यमा सहजीकरण गर्नु हुने वनतथावातावरण मन्त्रालय, अन्तर मन्त्रालय सहजीकरण र आयोजनाहरुको छनौट एवं अनुगमनमा सहयोग पुर्याउनु भएकोमा राष्ट्रिय योजनाआयोगलाई धन्यवाददिन चाहन्छु ।

कठिन परिस्थितीमासमेत प्राधिकरणका हरेक गतिविधिमानिरन्तररुपमा सहयोग एवम् समर्थन गरी हामीलाई हौसला र प्रेरणा प्रदान गर्नुहुने आमउपभोक्ता, नागरिक समाज, देश विदेशमा रहेका सम्पूर्ण नेपालीदिदीवहिनीतथादाजुभाइ राजनीतिकदलका नेताएवं कार्यकर्ताहरु, स्थानीयतहकाजनप्रतिनिधिहरुतथाविभिन्नव्यावसायिक संघ संस्थाहरुप्रतिविशेष आभार प्रकट गर्दछु ।

हाम्रा हरेककामकारवाहीहरुप्रतिनियमन, अनुगमनएवं निगरानी गर्नेे निकायहरुप्रतिहार्दिक आभारव्यक्तगर्दछु ।
प्राधिकरणका नियमितकाम कारबाहीहरुको यथार्थ सूचना संप्रेषण गरी सहयोग पुर्याउनु हुने सञ्चार गृह तथापत्रकार मित्रहरुमाविशेष धन्यवाददिन चाहन्छु ।

विगत चार वर्षमा हामीले गरेका प्रयासले प्राधिकरणको गरिमालाई उच्चवनाएको छ । अगामीदिनमायसको गरिमा अझउच्चहुंदै जाओस्, मेरो सधै नै साथ, सहयोग र समर्थन रहिरनेछ । नेतृत्वको निरन्तरतावापरिवर्तन नियमितएवं स्वाभाविकप्रकृया हो, यसलाई हामी सवैले आत्मसाथ गर्नु पर्छ ।म यसलाई बुझिदिनसबैलाई अनुरोध गर्दछु ।
अन्त्यमासम्पूर्ण नेपालीजनता मेरो प्रेरणाको श्रोत हुन् । आगामीदिनमा मेरा सम्पूर्ण प्रयासहरु नेपाल र नेपालीजनताको समृद्धिको चाहना पूरा गर्नेतर्फ केन्द्रित रहनेछन् ।
कुलमान घिसिङ
कार्यकारी निर्देशक
नेपालविद्युतप्राधिकरण
मिति ः २०७७भदौ ३०गते मंगलबार ।

चार वर्षमा हासिलभएकामुख्यउपलब्धीहरुः

१.वित्तीयतथाप्रशासनिक सुधारतर्फ
● आव२०७२÷७३मा रु.८ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरणले आव०७३÷७४मा रु १ अर्ब ४७ करोड, आव ०७४÷७५मा रु २ अर्ब ८५ करोड, आव ०७५÷७६मा रु ७अर्ब २० करोड र आव ०७६÷७७मा रु ११ अर्ब ६ करोड खुदनाफाआर्जन ।
● सरकारले आव२०६७÷६८ सम्मको संचित घाटा करिब रु २७अर्व अपलेखन गरिदिएपछि पनि २०७२÷७३ सम्म रु ३४ अर्व ६१ करोड संचित घाटा पुगेको संचित नोक्सानीआव ०७३÷७४मा रु २८ अर्ब १७ करोड, आव ०७४÷७५मा रु २५ अर्ब ५९ करोड, आव ०७५÷७६मा रु १२ अर्ब २३ करोडमा झारिएको । आव०७६÷७७मा संचित घाटालाई सून्यमा झारी रु ४ अर्ब ८७ करोड नाफामा लैजान सफल ।
●आर्थिक वर्ष २०७२÷७३मा रु.३५ अर्ब ७ करोड आम्दानी रहेको प्राधिकरणको आव ०७३÷७४मा रु ५१ अर्ब७० करोड, आव ०७४÷७५मा रु ६२ अर्ब७ करोड, आव ०७५÷७६मा रु ७६ अर्ब २१ करोड र आव २०७६÷७७मा रु ७७अर्ब ८० करोड पुगेको ।
●एसियालीविकास बैंक, विश्व बैंक, युरोपियन ईन्भेष्टमेन्ट बैंक, के.एफ.डब्लु, नोर्याड, जाईका, ईन्डियन एक्जिम बैंक, एसियालीपूर्वाधार लगानी बैक, आदि बैंकहरुको करिव २ खर्व भन्दा बढीको लगानीमाकाम भैरहेकोमा प्राधिकरण आन्तरिक श्रोतबाट मात्रै प्रत्येक वर्ष करिव १० अर्व रुपैया पूंजिगतखर्च गर्ने र ३ अर्वको हाराहारीमाविभिन्न सहायककम्पनीहरुमा स्वपूँजीलगानी गर्न सक्ने अवस्थामापुगेको ।
●प्राधिकरणको सम्पत्तिको मूल्याङ्कन सुरु गरिएको ।
● ‘उपयुक्त स्थानमाउपयुक्तव्यक्ति’भन्ने अवधारणाका आधारमा जिम्मेवारी दिन सुरु गरिएको,प्राधिकरणले ग्राहकलाई दिने सेवामा सुधार गर्न,विद्युत चुहावट नियन्त्रण, विद्युत् महशुलवक्यौता असुली, विद्युतीकरणलगायतलाई मुख्यमानकमानीग्राहकतथावितरण केन्द्र प्रमुखसँगकार्यसम्पादन सम्झौता सुरु गरिएको, यसबाट चुहावट नियन्त्रण, विद्युतीकरण, सेवाप्रवाहलगायतमा सुधार भएको ।
● कर्मचारीको सरुवा, बढुवा, पदपूर्ति तथापदस्थापन गर्ने कार्यलाई नियमिततथाप्रभावकारी बनाएको ।
● प्राधिकरणमा क्रियाशील ट्रेड युनियनहरुबीचहुननसकेको आधिकारिक ट्रेड युनियनको चुनावप्रत्येक दुई÷ दुई वर्षमा सम्पन्न गरिएको । ट्रेड युनियनको पनि संचालक समितिको निर्णयहरुमाअपनत्वकायम गर्न आधिकारिक ट्रेड युनियनको प्रतिनिधित्व संचालक समितिमा रहने व्यवस्था गरिएको ।
● प्राधिकरणले दिने सेवालाई सुधार गर्न एवं संस्थालाई दीर्घकालीनदायित्वकम गर्न तल्लो तहकाकर्मचारीहरु, सेक्युरिटी गार्ड एवं मटर रिडरहरुलाई इगत क्यगचअष्लन गरिएको ।
● प्राधिकरणभित्र आर्थिक एवं प्रशासनिकपारदर्शिता, जवाफदेहिता र सुसासनलाई कडाइका साथलागू गरिएको ।
● प्राधिकरणको संस्थागत सुधार एवं पुनर्संरचना गर्न र क्षमताएवं दक्षताअभिबृद्धि गर्न संस्थागतविकास योजना९ऋयचउयचबतभ म्भखभयिऊभलत एबिल०लागू गरिएको ।

२. उत्पादन

● विभिन्न समस्याझेल्दै अलपत्रअवस्थामा रहेको ३० मेगावाटको चमेलिया र २०७२ वैशाखको विनाशकारी भूकम्पपछि निर्माण सुरु हुननसकेको ६० मेगावाटको माथिल्लो त्रिसुली ३ ए जलविद्युतआयोजनाको निर्माणको काम सुचारु गराई निर्माण सम्पन्न गरिएको,१४ मेगावाटको कुलेखानी तेस्रो निर्माण सम्पन्नभई संचालमाआएको ।
●जीर्ण भएका कारण तोकिएभन्दाकमविद्युत् उत्पादन गरिरहेका प्राधिकरणका स्वामित्वकाअधिकांशविद्युत गृहहरुको मर्मतसम्भार गरी पूर्ण क्षमतामाचल्न सक्ने बनाइएको । १४४ मेगावाट क्षमताको कालिगण्डकी विद्युतकेन्द्रमाःक्ष्ख् को मर्मत एवं नयाँ कम्युटरमा आधारित सुररिवेक्षणीय नियन्त्रण तथा डाटा पाप्ति९क्गउभचखष्कयचथ ऋयलतचय िबलम म्बतब ब्अत्रगष्कष्तष्यल (क्ऋब्म्ब्० जडान गरिएको, ७० मेगावाटको मध्यमस्र्याङ्दीको बाँधस्थलको मर्मत, सुन्दरीजलविद्युत केन्द्रको क्षमता बृद्धि एवं विद्युतगृहहरुको नियमित मर्मतसम्भारको व्यवस्था गरिएको ।
● जीर्ण अवस्थामाचलिरहेको पुवाखोला,सेती, फेवा, त्रिशुलीआदिजलविद्युत केन्द्रहरुको पुनस्र्थापना९च्भजबदष्ष्तिबतष्यल०कार्य सुरु गरिएको ।
●१०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युतआयोजनाको सर्वेक्षण अनुमतिपत्रप्राप्त गरी विस्तृत इन्जिनियरिङ अध्ययनअन्तिम चरणमा पुगेको, नेपाल सरकारले कार्यान्वयनमाल्याएको जनताको जलविद्युतकार्यक्रमअन्तर्गत निर्माण गर्न अपर अरुण हाइड्रोइलेक्ट्रिक लिमिटेड स्थापना गरिएको,वित्तीयव्यवस्थापनकालागि नेपालकाविकास साझेदार निकायहरुसँग छलफल भइरहेको र आयोजनास्थलसम्मपुग्नपहुँचमार्गलगायतकानिर्माणपूर्वका पूर्वाधार निर्माणका कामभइरहेको ।
●६ सय ३५ मेगावाटको दूधकोसी जलाशययुक्तजलविद्युतआयोजनाको सर्वेक्षण अनुमतिपत्रप्राप्त गरी विस्तृत इन्जिनियरिङ अध्ययनअन्तिम चरणमा पुगेको, आयोजनालाई ४ अन्तराष्ट्रिय वित्तीय संस्थाको समिश्रित वित्तीयलगानी मोडलमा एवं प्राधिकरणले पहिलो पटक संस्थागतजमानीमाआयोजनामालागतको निश्चितअंशलगानी परिचालन गरी वित्तीयव्यवस्थापन गर्न गर्न छलफल भइरहेको । अन्तराष्ट्रिय वित्तीय संस्थाले करिब डेढ अर्ब अमेरिकी डलर आयोजनामालगानीकालागिप्रारम्भिक सहमतिजनाएको ।
●४२ मेगावाटको माथिल्लो मोदी ‘ए’,१८.२ मेगावाटको माथिल्लो मोदी,२१० मेगावाटको चैनपुर सेती, १५० मेगावाटको बेगनास रुपापम्प स्टोरेज, १८० मेगावाटको आँधीखोलाजलाशययुक्त, उत्तरगंगाजलाशययुक्तजलविद्युतआयोजनाहरु निर्माणका लागिअध्ययनको विभिन्न चरणमा रहेका ।
●ठेक्कापट्टाको विवादमाअल्झिएको २५ मेगावाटको ग्रिडमा आवद्ध सोलार आयोजनाको विवाद समाधान गरी निर्माण सुरु गराई १.२५ मेगावाट विद्युत् प्रणालीमा जोडिएको छ, बाँकी यसैवर्षभित्र ग्रिडमा जोडिने ।

३. सहायककम्पनीहरु

●२०७२ सालको भूकम्पपछि बन्दअवस्थामा रहेको स्वदेशीलगानीमानिर्माणाधीन राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनाको निर्माण सुचारु गरिएको, नियमितअनुगमनएवं स्थलगत निरीक्षणबाट चालु आवभित्रनिर्माण सम्पन्नहुने अवस्थामापुगेको । साथै माथिल्लो तामाकोसीको क्यासकेट आयोजनाको रुपमानिर्माण हुने ९९.६ मेगावाटको तामाकोशी ५ को विस्तृत अध्ययन पूरा गरी निर्माण प्रकृया अगाडी बढाईएको । माथिल्लो तामाकोसीको दोस्रो चरणमा रोलवालिङ खोला डाइभर्सनबाट प्राप्तहुने ऊर्जालाई खेर जाननदिन २० मेगावाटका छुट्टै विद्युतगृह निर्माणका लागि २० मेगावाटको सर्वेक्षण अनुमतिपत्रलिएर विस्तृत इन्जिनियरिङ अध्ययन र आयोजनास्थलसम्मपुग्नपूर्वाधार निर्माणका कामहरु भइरहेको ।
●१४० मेगावाटको तनहुँजलाशययुक्तजलविद्युतआयोजनाको विद्युतगृह, बाँध (प्याकेज–२) र दर्माली–भरतपुर २२० केभी प्रसारण लाइन (प्याकेज–३) को निर्माण सुरु भएको, बाँधनिर्माण(प्याकेज–३)को निर्माणका लागि ठेक्काप्रक्रियाअन्तिम चरणमा रहेको । आयोजनाबाट प्राप्तहुने नियन्त्रित र मादीनदीको पानीलाई उपयोग गरी १०४ मेगावाटको तल्लो सेती (तनहुँ) जलविद्युतआयोजनानिर्माणका लागि सर्वेक्षण अनुमतिपत्रलिई विस्तृत अध्ययनभइरहेको ।
● ३७मेगावाटको माथिल्लो त्रिशूली ३ बीजलविद्युतआयोजनाको वित्तीयव्यवस्थापन गरी निर्माण सुरु गरिएको, आयोजनालाई जनताको जलविद्युतकार्यक्रमको पहिलो आयोजनाको रुपमा अगाडि बढाइएको ।
●भूकम्पपछि प्रायःबन्दअवस्थामा रहेको प्राधिकरणको सहायककम्पनीचिलिमे जलविद्युतकम्पनीअन्तर्गतका १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्यभोटेकोसी, ४२.५ मेगावाटको सान्जेन र १४.८ मेगावाटको माथिल्लो सान्जेन आयोजनाको निर्माण सुचारु गराई छिट्टै निर्माण सम्पन्नहुने अवस्थामा पुर्याइएको । परामर्श सेवाउपलब्ध गराउनचिलिमेको सहायककम्पनीको रुपमाइन्जिनियरिङ कम्पनी स्थापन गरी संचालनमाल्याइएको ।
●जलविद्युततथापूर्वाधार क्षेत्रमा बढ्दो परामर्श सेवाको मागलाई पूरा गर्न साथै इन्जिनियरिङ सेवामाआत्मनिर्भर हुनप्राधिकरण र अन्य सरकारी कम्पनीहरुको स्वामित्वमाएनइएइन्जिनियरिङ कम्पनी लि. स्थापना गरी संचालनमाल्याइएको, कम्पनीले अहिले जलविद्युत, प्रसारण र सडकका विभिन्नआयोजनाको सम्भाव्यत्ताअध्ययन, विस्तृत इन्जिनियरिङ, परामर्श सेवाउपलब्ध गराइरहेको ।

४. प्रसारण लाईन

●४ वर्षअघिसम्म ६६ के.भी. र सोभन्दामाथिका प्रसारण लाईन लम्वाई २९११ सर्किट किलोमिटर(किमी) रहेकोमा अहिले ४७प्रतिशतले बढेर ४२७५.२ सर्किट किमीपुगेको ।
● कोशीकरिडोर २२० केभी,.खिम्ती–बाह्रविसे– लप्सीफेदी ४०० केभी,.चिलिमे–त्रिशूली२२० केभी,मस्र्याङ्दीकरिडोर २२० केभी, कालिगण्डकी करिडोर २२० केभी,दोर्दी करिडोर १३२ केभी,मोदी–लेखनाथ १३२ केभी, लेखनाथ–दमौली २२० केभी, सोलु करिडोर १३२ केभी, सिंगटी–लामोसाँघु १३२ केभी, डाँडाखेत–राहुघाट १३२ केभी, चिलिमे–त्रिशूली २२० केभी, कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी,बलेफै–बाह्रबिसे करिडोर १३२ केभी, चमेलिया–स्याउले–अत्तेरिया १३२ केभी दोस्रो सर्किट, कुशहा–विराटनगर १३२ केभी, हेटौंडा–ढल्केबर–इनरुवा ४०० केभी, हेटौडा– भरतपुर–बर्दघाट २२० केभी,वर्दघाट– न्यू बुटवल २२० केभी,मस्र्याङ्दी काठमाडौ २२० केभी, खिम्ती–गज्र्याङ १३२ केभी, समुद्रटार–त्रिशूली १३२ केभी,मैनहिया–सम्पतिया १३२ केभी,बुटवल–मैनहिया १३२ केभी,बर्दघाट–सार्दी ह्वाङ्सी १३२ केभी,कोहलपुर– नेपालगन्ज १३२ केभी, मेतिपुर–गुल्मी–अर्घाखाँची १३२ केभी, इनरुवा–विराटनगर १३२ केभी, ढल्केवार–बाँणगंगा १३२ केभी, भेरी करिडोर ४०० केभी प्रसारण लाइनलगायतकाआयोजनाहरु निर्माणको विभिन्न चरणमा रहेका ।
● न्यु बुटवल–लम्की–कोहलपुर–न्यू अत्तरिया ४४० केभी, तिंलाहब–लिखु हब–न्यू खिम्ती–सुनकोशीहब–ढल्केबर ४०० केभी,बुढीगण्डकी करिडोर ४०० केभी, दमौली–कुश्मा–बुर्तिबाङ–बाफिकोट ४०० केभी, तुम्लिङटार–सित्तलपाटी २२० केभी, बोराङ–रातमाटे त्रिशूली ३बी हब–रातमाटे २२० केभी, दैलेख–कालिकोटकोट–जुम्ला १३२ केभी प्रसारण लाइनअध्ययनकाविभिन्न चरणमा रहेका ।
●चार वर्षअघि ग्रीड सवस्टेसनहरुको क्षमताकरिव २२२३ एमभीए रहेकोमा अहिले ८७प्रतिशतले बढेर ४१६०.७एमभीएपुगेको ।
●२०७२ वैशाखको विनाशकारी भूकम्पबाट क्षतिपुगेको स्यूचाटारमा रहेको भार प्रेषण केन्द्रको पुनस्र्थापनातथा स्तरोन्नती गरी अत्याधुनिकबनाइएको, हेटौडामा आपत्कालीन नियन्त्रण केन्द्र ९भ्mभचनभलअथ र द्यबअपगउ ऋयलतचय िऋभलतचभ (भ्ऋऋ० स्थापना गरिएको र ब्याक–अप भार प्रेषण केन्द्र निर्माण गरिएको ।

५. अन्तरदेशीय प्रसारण लाइन

●ढल्केबर २२० केभी सवस्टेसन निर्माण सम्पन्न गरी नेपालभारतवीचको अन्तरदेशीय प्रसारण लाईन मुजफरपुर ढल्केवारलाई २२० के.भी. मा चालु गरिएको । कटैया कुशाहा १३२ के.भी. दोश्रो सर्किट र रक्सौल परवानिपुर १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण सम्पन्न गरी नेपाल र विहारवीचविद्युत् आदानप्रदानको क्षमताविस्तार गरिएको, ढल्केबरमा ४०० केभी सबस्टेसन निर्माण सम्पन्नभएसँगै ढल्केबर–मुजफुफरपुरप्रसारण लाइन ४०० केभीमाचार्च हुने अवस्थामापुगेको ।
●चार वर्षअघिसम्म नेपालभारतबीच कटैया–कुशाहा, गण्डक–रामनगर, लालपुर–टनकपुर र ढल्केवर–मुजफफ्पुर प्रसारण लाईनबाट करिव ३ सय ५० मेगावाट विद्युतप्रवाहहुन सक्ने अवस्था रहेकोमा अहिले क्षमता बृद्धि गरी १ हजार ५ सय पुर्याइएको ।
●न्यूबुटवल–गोरखपुर ४०० केभीअन्तरदेशीय प्रसारण लाईन कार्यान्वयनको चरणमा पुगेको, रुपन्देहीको मैनहियादेखि उत्तर प्रदेशको सम्पतिया जोड्ने १३२ केभी प्रसारण लाइननिर्माण सुरु भएको, इनरुवा–पूर्णिया र लम्की–बरेली ४०० के.भी प्रसारण लाइनतथा कोहलपुरदेखि उत्तरप्रदेशको नानपारा जोड्ने १३२ के.भी प्रसारण लाईनको संभाव्यताअध्ययन पूरा भएको, यीपूर्वाधार बनेपछि नेपालमाखपत भै बांकीविद्युतभारतीयवजारमा बिक्री गर्न सकिने ।
●नेपाल र चीनवीचपनि रातोमाटे रसुवागडी केरुङ ४०० केभी. प्रसारण लाइननिर्माणको लागिप्राधिकरण र स्टेट ग्रीड चाईनावीच समझदारी पत्रमा हस्ताक्षर भएको, नेपालतिरको लाइनको सम्भाव्यताअध्ययन पूरा भएको, रातोमाटे– रसुवागडी– केरुङ ४०० केभी प्रसारण लाइनकार्यान्वयन गर्न लगानीको ढांचामा छलफल भइरहेको ।

६. वितरण तथाग्राहक सेवा

● प्राधिकरणले हरेकवर्ष विद्युतमहशुल बृद्धिको प्रस्ताव गरी घाटा कम गर्न खोज्थ्यो, महशुल बृद्धि पश्चातपनि घाटा भने बढ्दै जाने ट्रेण्ड थियो तर प्राधिकरणको प्रस्तावमाइतिहासमापहिलो पटक उपभोक्ताको महशुल घटाएको, १० युनिटसम्म खपत गर्ने घरायसीउपभोक्तालाई इनर्जी शुल्कनिशुल्क गरी न्युनतमशुल्क रु. ३० मात्रतिर्नु पर्ने व्यवस्था गरिएको, समग्रमा घरायसीउपभोक्ताको महशुलकरिव ८–९प्रतिशतले घटेको, औद्योगिक, व्यापारिक, गैरव्यापारिक उपभोक्ताहरुलाई लगाउंदै आएकोे डेडिकेटेड र ट्रंक लाईनको महंगो महशुल हटाइएको, सामुदायिकखानेपानी, सिंचाइतथाचार्जिङ स्टेसनको महशुल घटाइएको ।
●चार वर्षअघि ग्राहक संख्या २९ लाख ६९ हजार ५ सय ७५ र राष्ट्रिय प्रसारण प्रणालीमार्फत करिब ६३.१९ प्रतिशत घरधुरीमाविद्युत्को पहुँचपुगेकोमा अहिले ग्राहक संख्याकरिव ४२लाख र विद्युतको पुहँच ८६.४७प्रतिशतपुगेको, यो विगत ४ वर्ष अगाडिको तुलनामाक्रमश ः ४२ प्रतिशत र २३.२८ प्रतिशतले बढि हो । सामुदायिक र बुटवल पावर कम्पनीको ग्राहकसमेत गर्दा कूलग्राहक संख्या ४८लाखपुगेको, १५ जिल्लालाई पूर्ण विद्युतीकरण गरिएको ।
●चार वर्षअघि प्रतिव्यक्तिप्रतिवर्ष विद्युत् खपत १३०.७८ युनिट मात्रै रहेकोमा अहिले बढेर २६० युनिट पुगेको ।
●आव २०७२÷३३सम्ममा ३३ के.भी. वितरण लाईन ४,२५९.३९ सर्किट किमी र ११ के.भी.÷४०० भोल्ट वितरण लाईन १,२४,११५ सर्किट किमी रहेकोमा अहिले करिब २७प्रतिशतले बृद्धि भई क्रमश ः ५,३९७ र१,५७,३११ सर्किट किमीपुगेको ।
● वितरण सवस्टेसनहरु (३३÷११ केभी) को जडित क्षमता७५० एमभिएमात्रै रहेकोमा अहिले १८२ प्रतिशतले बृद्धि भई २११२.५ एमभिएपुगेको ।
● वितरण ट्रान्स्फर्मरहरु करिव २६,००० वटा जडान भएकाथिए, यसको जडित क्षमताकरिव २६०० एमभीए रहेकोमा अहिले ३५,४०० वटा जडान भई ३५४० एमभिएपुगेको ।
● ग्रीड सबस्टेसनहरुमाभोल्टेज सुधारको लागि स्वचालित क्यापासिटर बैंक जडानलाई प्राथमिकताका साथ अगाडि बढाइएको, हाल सम्ममाकरिव ७२.५ एमभिआर क्षमता बरावरको क्यापासिटर बैक प्रणालीमा जडान गरिएको। करिव १०० एमभिआर जडानको चरणमा रहेको, वितरण ट्रान्सफरर्मरको लो भोल्टेजमासमेत स्वचालित क्यापासिटर बैक जडान गर्न नमुना परियोजनाको रुपमा देशकाविभिन्न ठाउमा अगाडि बढाइएको, यसबाट विद्युत् आपूर्तिको गुणस्तर बढ्ने र प्राविधिक चुहावट कमहुने ।
● ग्राहकले विद्युतमहशुलबुझाउनकार्यालयमै जानु पर्नेअवस्थालाई अन्त्य गर्न अनलाइन पेमेन्ट सुरु गरिएको ।
● घरायसीग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न काठमाडौ उपत्यकाबाट सुरु गरिएको, देशभरका ८ हजार २ सय २२ टाइम अफ डे (टिओडी) मिटरहरुलाई स्मार्ट बनाइसकिएको, करिब १ लाख २५ हजार थ्रि फेज होल करेन्ट मीटरहरुलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने कामभइरहेको ।
● काठमाडौं उपत्यकमाजथाभावीरुपमा राखिएको वितरण तारलाई पहिलो चरणमा महाराजगंज र रत्नपार्क वितरण केन्द्र अन्तर्गतका क्षेत्रमाभूमिगत गरी व्यवस्थापन गर्न सुरु गरिएको, काठमाडौ, ललितपुर र भक्तपुर, भरतपुरलगायतका सहरहरुमाभूमिगतवितरण लाईन वनाउने गरी कार्य अगाडि बढाइएको ।

७. चुहावट नियन्त्रण

●चार वर्ष अगाडी कूल २५.७८ प्रतिशत रहेको विद्युतचुहावटलाई आव२०७३÷०७४मा २२.९, २०७४÷७५ मा २०.४५, २०७५÷७६ मा १५.३२ प्रतिशत र २०७६÷७७ मा १५.२७प्रतिशतमासिमित गरिएको, यस मध्ये वितरण चुहावट करिव १० प्रतिशत रहेको, यसरी चार वर्षमा करिव ११ प्रतिशतको चुहावट कमहुँदाप्राधिकरणलाई वित्तिय रुपमाकरिव ८ अर्व रुपैया फाइदाभएको ।

८. विद्युत् व्यापार

●निजीक्षेत्रका १८७आयोजनाहरुसँग ३६२२ मेगावाटको विद्युतखरिद संझौता (पीपीए) भएको । आव २०७२÷७३मा २७आयोजनासँग ४७४ मेगावाटको पीपीएभएकोमा आव ०७३÷७४मा २८ आयोजनासँग ५५६ मेगाबाट, आव ०७४÷७५मा ४५ आयोजनासँग११०३ मेगाबाट, ०७५÷७६मा ८५ आयोजनासँग १४८० र आव ०७६÷७७मा २ आयोजनासँग ९ मेगावाटको पीपीए गरिएको ।
●नेपाल सरकारको निर्णयअनुसार, एक सय मेगावाटभन्दा ठूला जलविद्युतआयोजनाकालागिमात्रै विदेशीमुद्रामापीपीए गर्ने नीतिअवलम्बन गरी खरिद दर,जोखिमव्यहोर्ने ढाँचालगायत कार्यान्वयनमाल्याइएको, जलाशययुक्त, अर्धजलाशययुक्तजलविद्युत र सोलार आयोजनाको विद्युतखरिद दर तय गरी कार्यान्वयनमाल्याइएको ।

९. अन्तरदेशीयविद्युत् व्यापार

●१४ घन्टासम्मको लोडसेडिङ हुँदामुलुकभित्रको कूलविद्युतखपतको करिव ३५ प्रतिशतविद्युतभारतबाट आयात गरिएको, तर विद्युतखपतकरिव ८० प्रतिशतले बढेको अवस्थामा समेत आयातको प्रतिशतकरिव ३५ देखि ३७प्रतिशतकै हाराहारीमासिमितआव २०७६÷७७मा कूलउपलब्धविद्युतकोे २२ प्रतिशतमात्रै आयातभएको ।
●आव २०७२÷७३मा साढे ३१ लाख, २०७३÷७४मा २६ लाख ९० हजार, २०७४÷७५मा २९ लाख ४० हजार, २०७५÷७४मा ३ करोड ४७लाख र २०७६÷७७मा १० करोड७० लाख युनिट ऊर्जा निर्यात गरिएको ।
●नेपाल र भारतको नेपालसँंगसिमा जोडिएका राज्यहरु (बिहार, उत्तरप्रदेश र उत्तराखण्ड) बीचविद्युतआयातनिर्यात गर्न दुई देशको प्रतिनिधिहरु रहेको विद्युतआदानप्रदान समितिको बैठक प्रत्येक वर्ष वस्नु पर्नेमा सन् २०११ देखि ६ वर्षसम्मबस्ननसकी हरेक वर्ष ५ प्रतिशतका दरले विद्युतमहशुलमा बृद्धि हुँदाआयातहुने विद्युतको महशुलमहंगो भएको थियो, समितिको बैठक सन् २०१७ राखीविद्युतमहशुल बृद्धिलाई रोक्न सफल, त्यसपछि हरेक वर्ष बैठक बसेर महशुल दर कायम, यसबाट प्राधिकरण ठूलो रकम बचत गर्न सफल, साथै भारतको केन्द्रीय प्रसारणबाट सस्तोमा आयात गर्न सक्ने विद्युतको परिमाण बढेको र महंगोको आयात घटेको कारणले प्राधिकरणको वित्तीयअवस्थामापनि सकारात्मकप्रभाव परेको ।

धन्यवाद