शनिबारदेखि पेट्रोल, डिजल, मट्टितेलमा १ रुपैयाँ ५० पैसा घट्ने

    1452

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य समायोजन गरेको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १ रुपैया ५० पैसा घटाएको हो ।

    निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी गराए अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ घटेको कारणले निगमले पनि घटाएको हो । “नेपाली बजारमा अटोप्राइज अनुसार घटेको हो,” उनले भने । उनले घटेको मुल्य अनुसार प्रतिलिटर पट्रोल सय रुपैयाँमा भने डिजेल र मट्टितेल ७६ रुपैयाँमा बजारमा उपलब्ध हुने जानकारी दिए । यसअघि क्रमशः ती पेट्रोलियम पदार्थहरुको मूल्य १०१ रुपैयाँ ५० पैसा र ७७ रुपैयाँ ५०/७७ रुपैयाँ ५० पैसामा बिक्री हुँदै थियो ।

    प्रवत्ता पोखरेलले घटेको मूल्य १५ दिनसम्म रहने जनाए । “त्यसपछि नयाँ मूल्य रेट कस्तो कायम रहन्छ, त्यहि अनुसार कम्पनीले आगामी मूल्य तय गर्छ,” उनले भने “घटेको मूल्य कायम हुन्छ, हुन्न तत्काल भन्न सकिन्न ।”

    स्रोत:बाह्रखरी