दैलेखमा जलविद्युत् विकाससम्बन्धी कार्यशाला सम्पन्न

    1311

    चैत १७, वीरेन्द्रनगर । मध्यपश्चिममै जलविद्युत् क्षेत्रको हब दैलेखमा जलविद्युत् विकासमा सहमति तथा रिपोर्टिङका लागि क्षमता अभिवृद्धिसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न  भएको छ । राजनीतिक दल, पत्रकार तथा स्थानीय सरोकारवालाको उपस्थितिमा स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ (इप्पान)को आयोजनामा हालै कार्यशाला भएको हो । कार्यशालामा नेपालमा जलविद्युत्को सम्भावना, सञ्चालनमा देखिएका समस्या, प्राविधिक तथा आर्थिक पक्ष र पत्रकारका लागि जलविद्युत् रिपोर्टिङसम्बन्धी ज्ञानलगायत विषयमा छलफल भएको थियो । कार्यशालामा इप्पानका अध्यक्ष खड्कबहादुर विष्टले मुलुक लामो समयदेखि राजनीतिक सङ्क्रमणमै गुज्रिरहेकाले जलविद्युत् क्षेत्रको विकास ओझेलमा परेको बताए ।

    dailekh_hydro_workshop

     जलविद्युत्को अपार सम्भावना भए पनि सरकार र राजनीतिक नेतृत्वले यस क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेको विचार व्यक्त गरे । दैलेखमा साना तीन जलविद्युत् आयोजना निर्माणको क्रममा छन् भने ९ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माण पूर्वको तयारीमा जुटेको छ । यहा“का अन्य नदीबाट आयोजना निर्माण गर्न सकिने सम्भावना भएकाले मध्यपश्चिम क्षेत्रकै हाइड्रो हबका रूपमा दैलेखलाई लिन सकिन्छ । कार्यशालामा ऊर्जा मन्त्रालयका उपसचिव प्रवीण अर्याल, लगानी बोर्डका उपसचिव खगेन्द्रप्रसाद रिजाल, पत्रकार सचेन गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त एवम् पूर्व जलस्रोत सचिव सूर्यनाथ उपाध्याय, अपार न्यौपाने, भरतमणि शर्मालगायतले स्रोत व्यक्तिका रूपमा सहजीकरण गरेका थिए ।

    स्रोत: अभियान