चिलिमेले साढे ९ सय मेगावाट बनाउँदै

    87

    रसुवा–स्वदेशी लगानीमा जलविद्युत् आयोजना निर्माण गर्ने प्रस्ताव गर्दा असम्भव भनेर आलोचना खेपेको चिलिमे जलविद्युत् कम्पनीले ९ सय ४९ मेगावाटको पाँच आयोजना बनाउन प्रक्रिया अघि बढाएको छ ।

    २२ वर्षअघि २२ मेगावाटको चिलिमे जलविद्युत् आयोजना स्वदेशी लगानीमा निर्माण गर्ने प्रक्रिया अघि बढाउँदा विदेशी लगानी र परामर्शदाताबिना असम्भव भन्दै आलोचना गरिएको थियो । तर, त्यही चिलिमे कम्पनीले एकैपटक यति धेरै क्षमताका जलविद्युत् आयोजना निर्माणको लागि विद्युत् विकास विभागमा आवेदन दिएको छ ।

    हाल २ सय ७० मेगावाटको तीन आयोजना निर्माण गरिरहेको चिमिलेले फेरि पाँच आयोजना निर्माणको प्रयास गर्नुलाई स्वदेशी लगानीमा चिलिमेको चमत्कारको रूपमा हेरिएको छ । चिलिमे जलविद्युत् कम्पनीले २ सय ७० मेगावाटको बुढीगण्डकी स्यार, ४ सय २० मेगावाटको बुढीगण्डकी प्रोक, १ सय ६५ मेगावाटको सेती नदी–३ तथा ४६ र ४८ मेगावाटका दुई दुधकोशी जलविद्युत् आयोजनाको सर्भे अनुमतिपत्र ९लाइसेन्स०का लागि आवेदन दिएको छ ।

    “चिलिमे अब ठूला आयोजना निर्माणका लागि अघि बढेको छ,” चिलिमे कम्पनीका अध्यक्ष एवं नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, “२२ मेगावाटबाट सुरु गरेको चिलिमेले ठूला आयोजना निर्माणका लागि अघि बढ्नुलाई जलविद्युत् क्षेत्रमा एउटा चमत्कारको रूपमा लिन सकिन्छ ।”

    कम्पनीका सचिव नारायण आचार्यका अनुसार, गत वैशाखदेखि डेढ महिना अघिसम्मको अवधिमा पाँचै आयोजनाको सर्भे लाइसेन्सका लागि चिलिमेले विद्युत् विभागमा आवेदन दिएको थियो । हालसम्म चिमिलेले सर्भे लाइसेन्स भने पाएको छैन ।

    विद्युत् विभागका सूचना अधिकारी बाबुराज अधिकारीले चिलिमेले पाँच जलविद्युत् आयोजना लाइसेन्सका लागि आवेदन दिएको र लाइसेन्स दिने प्रक्रियामा रहेको बताए । “बुढीगण्डकी प्रोकको सर्भे लाइसेन्स दिन ऊर्जा मन्त्रालयमा फाइल गइसकेको छ, अन्य आयोजनाहरू लाइसेन्स दिने प्रक्रियामा छौं,” उनले भने । प्रोकले गत वैशाखमा विभागमा आवेदन दिएको थियो । विभाग स्रोतका अनुसार, दूधकोसीका दुवै आयोजनाको अध्ययन विभागले गरिरहेको भन्दै चिलिमे कम्पनीलाई नदिने भएको छ ।

    स्वदेशी लगानीमा जलविद्युत् आयोजना असम्भव बताइरहेका बेला पहिलोपटक २२ मेगावाटको आयोजना बनाएर सफलता पाएको चिलिमेले निर्माणाधीन तीन आयोजना ५० अर्बभन्दा बढीको लगानीमा निर्माण हुन लागेकोमा स्वँपुजी ९इक्वीटी० मात्र साढे १६ अर्ब बराबर छ ।

    कम्पनीले अहिले १ सय ११ मेगावाटको रसुवागढीको ६ अर्ब ८४ करोड इक्वीटीमध्ये ३३ प्रतिशत तथा १ सय २ मेगावाटको मध्यभोटेकोसीको ६ अर्ब र साढे ४२ मेगावाटको सान्जेन र १४।८ मेगावाटको माथिल्लो सान्जेनको ३ अर्ब ६५ करोड इक्वीटीमध्ये ३८ प्रतिशत लगानी गर्न लागेको छ ।

    विभागमा आवेदन दिएका ९ सय ४९ आयोजनाको लागत करिब १ खर्ब ४२ अर्ब अनुमान गरिएको छ । त्योमध्ये ८४ अर्ब इक्वेटी लगानी हुनेछ । कुल २ अर्ब ५२ करोडको लागतमा बनेको चिलिमे आयोजनामा रहेको ७७ अर्ब इक्वीटीमध्ये साढे ३८ अर्ब विद्युत् प्राधिकरणले सहायक कम्पनीको रूपमा चिलिमे गठन गर्दा लगानी गरेको थियो ।

    चिलिमे कम्पनी स्थापनामा सक्रिय भएर २०५२ सालदेखि २०६४ सालसम्म प्रमुखको भुमिका खेलका डा। डम्बरबहादुर नेपाली चिलिमेले अहिलेको ठूलो आयोजना निर्माण गर्न सक्नुलाई ठूलो उपलब्धिको रूपमा लिन्छन् । “चिलिमे जलविद्युत् आयोजना बनाउँछु भन्दा धेरैले मलाई विदेशी परामर्शदाता र लगानीबिना पनि आयोजना बन्छ भनेर मलाई बारम्बार गिज्याइरहेका थिए, कसैले पत्याएकै थिएनन्,” डा। नेपालीले भने, “कतिले त हेपेर मलाई चिलिमे चिलिमे भनेर पनि बोलाउँथे, बौलायो पनि भन्थे तर, यसले स्वदेशी लगानी, स्वदेशी परामर्शदाता र इन्जिनियरको सहभागितामा बनाउँछु भन्ने इगो बढ्यो ।”

    उनी सुरुमा त लगानी जुट्न गाह्रो हुन्छ भन्ने भएपनि सम्पन्नै गरेर छोडेको र त्यसले नेपालमा पनि स्वदेशी लगानीमा जलविद्युत् उत्पादन गर्न सकिन्छ भनेर ठूलो पाठ सिकाएको बताउँछन् । “स्वदेशी लगानीमा जलविद्युत् बनाउन सकिन्छ भनेर चिलिमेले नेपालमा चमत्कारै गरेर देखायो, अहिले ठूलाठूला आयोजना निर्माण गर्न हिम्मत गरेको छ,” उनी भन्छन्, “चिलिमेलपछि जलविद्युत्मा स्वदेशी निजी प्रवद्र्धकहरूलाई समेत लगानीका लागि उचित वातावरण बन्यो ।”

    ऋणबाहेक प्राधिकरणको ५१ प्रतिशत, प्राधिकरणका कर्मचारीको २५ प्रतिशत र २४ प्रतिशत स्थानीयबासीको सेयर रहनेगरी प्रस्ताव गरिएको थियो । एक पटक उद्योगपति विनोद चौैधरीले आफूले मोदी बनाउन लागेको भन्दै त्यसमा ४० प्रतिशत सेयर हाल्न विद्युत् प्राधिकरणलाई प्रस्ताव गरेपछि र नेपाल इन्जिनियर्स एसोसियनले गरेको एउटा कार्यक्रममा सार्वजनिक निजी साझेदारी ९पीपीपी० मोडेलमा जलविद्युत् आयोजना बनाउन सकिनेबारे छलफल भएपछि प्राधिकरणले कम्पनीमार्फत जलविद्युत् बनाउन सक्ने निष्कर्षमा त्यतिबेला डा। नेपालीको समूह पुगेको थियो । कारोबार