माथिल्लो तामाकोसीको रोल्वालिङ डाइभर्सनबाट २२ मेगावाट

    1509
    काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर कम्पनीले रोल्वालिङ खोला डाइभर्सननबाट अर्को छुट्टै २२ मेगावाटको जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । रोल्वालिङ खोलाको पानी मिसाई माथिल्लो तामाकोसीबाट हिउ“दमा उर्जा उत्पादन बढाउने गरी मात्रै डाइभर्सन निर्माण प्रक्रिया अगाडी बढेको थियो । कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएपछि छुट्टै २२÷२५ मेगावाटको आयोजना समेत बनाउने गरी डाइभर्सनको काम अगाडी बढाउन निर्देशन दिएका थिए ।
    तामाकोशीको जलाशय रहेको उचाइ भन्दा करिब दुई सय मिटरमाथि उचाइबाट रोल्वालिङ डाइभर्सन सुरुङ आउ“छ । उक्त उचाइ (वाटर हेड) लाई प्रयोग गरि अर्को २२ मेगावाटको छुट्टै जलविद्युत आयोजना निर्माण गरिने कम्पनीका प्रमुख विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिए । ‘विद्युत विकास विभागबाट २२ मेगावाट आयोजनाको सर्वे लाइसेन्स पाएका छौं’ उनले भने,‘यसबाट हिउँदमा १६ करोड ९० लाख युनिट ऊर्जा थपिने छ ।’
    बा“ध, सुरुङ लगायतका संरचना खोला डाइभर्सन गर्दा नै बनाउनु पर्छ, त्यसमा  बालुवा थिग्रयाउने बेसिन र विद्युत गृह मात्रै थप बनाउने पर्ने हुँदा आयोजना ज्यादै सस्तो छ । सस्तोमा करिव ८० मेगावाटका विद्युत आयोजनाबाट उत्पादन हुने बराबरको ऊर्जा रोल्वालिङ डाइभर्सनबाट पाउन सकिने कम्पनीले जनाएको छ ।
    माथिल्लो तामाकोसीको दोस्रो चरणमा रोल्वालिङको पानी डाइभसर्नन गरी दोलखाको लामाबगरमा रहेको आयोजनाको बा“धमा  मिसाउन लागिएको हो । डाइभर्सनमा करिव ७ किलोमिटर सुरुङ बनाउनु पर्ने छ । यसकोे विस्तृत इञ्जिनियरिङ डिजाइन भइरहेको छ ।
    रोल्वालिङ डाइभर्सन जलविद्युत आयोजना अपर तामाकोशी हाइड्रोपावर कम्पनीले नै बनाउने भएको छ । लागत तय भएपछि माथिल्लो तामाकोसीमै ऋण लगानी गरिरहेका कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायतलाई लगानीका लागि आग्रह गरिने आयोजनाले जनाएको छ । सस्तो र आकर्षक आयोजना रहेका यसमा लगानी गर्न सबै तयार छन् ।
    रोल्पालिङ डाइभर्सनको बा“स्थल विकटमा रहेकाले त्यहा“ सम्म पुग्न भौगोलिक जटिलता छ । यसका लागि दोलखाको  छेतछेतदेखि गौरीशंकरको  रिखु गाउ“सम्म करिव २ किलोमिटर रोपवे बनाउने कम्पनी छनोटका लागि टेण्डर आहन भइसकेको छ । रोपवेबाटै निर्माण सामग्री लगायत ढुवानीको योजना बनाइएको छ ।