माउण्टेन इनर्जीले ३९ करोडको आईपिओ निष्काशन गर्ने

    1726

    माउण्टेन इनर्जी नेपाल लिमिटेड (MENL) ले ३९ करोड ३६ लाख पाँच हजार ४०० रुपैयाँको साधारण शेयर आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३९ लाख ३६ हजार ५४ कित्ता आईपिओ निष्काशन गर्ने भएको हो ।

    पछिल्ला दिनमा विभिन्न जलविद्युत आयोजनाले सर्वसाधारणमा साधारण शेयर बिक्री गरिरहेका छन् । यसै भीडमा माउण्टेन इनर्जी नेपाल पनि थपिएको हो ।

    आईपीओ निष्काशनका लागि कम्पनीले नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग र सीबीआईएल क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।

    सम्झौतापत्रमा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक श्यामसुन्दर खेतान तथा नबिल इन्भेष्टमेण्टका प्रमुख कार्यकारी अधिकृत सविरबादे श्रेष्ठ र सिबिआइएल क्यापिटलका प्रमुख कार्यकारी अधिकृत समिरप्रसाद दाहालले हस्ताक्षर गरेका थिए ।

    कम्पनीले निकट भविष्यमा आयोजना प्रभावित क्षेत्रका बासिन्दा र सर्वसाधारणमा आईपिओ निष्काशन गर्ने जनाएको छ ।